धरान । बुढासुब्बा गोल्डकपको २६ औं संस्करणमा पहिलोपटक सहभागिता जनाएको प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं च्याम्पियन बनेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा १-० गोल अन्तरले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै च्याम्पियन बनेको हो । 

च्याम्पियन टिम प्लानिङले १० लाख रुपैयाँसहित ट्रफी मेडल प्राप्त गरेको छ । प्लानिङको जितका लागि दोस्रो हापमा १८ अौ मिनेटमा कप्तान प्रतापसिंह राईले गोल गरे । लगातार दोस्रो पटक उपविजेता बनेको चर्च ब्वाइजले ५ लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 


पहिलो हापको २० औं  मिनेटसम्म दवावमा रहेको चर्च ब्वाइजले अठारौं, उन्तसौं तेत्तीसौं र सैत्तिसौं   मिनेटमा प्राप्त अवसरहरू गोलमा परिणत गर्न नसक्दा खेल गुमाउन पुग्यो । 

दोस्रो हापको पहिलो , दशौं, एक्चालिसौं र पैतालिसौं  मिनटमा प्राप्त  अवसरलाई पनि चर्च ब्वाइजले खेर फाल्यो । धराने दर्शनको हौसला पाएको चर्च ब्वाइजले अतिरिक्त समयमा पाएको डिबक्स भित्रका दुइ अवसरसमेत गुमायो ।

 प्रतियोगिताको उत्कृष्ट खेलाडी प्लानिङका प्रतापसंह राईले होण्डाको डियो स्कुटर प्राप्त गरे । 


प्रतियोगिताको बेस्ट डिफेण्डर प्लानिङका निङ्मा घिसिङ बने । बेस्ट मिडफिल्डर चर्च बोइजका रोहन कार्की घोषित भए । बेस्ट स्ट्राइकर चर्च बोइजकै अबोयमी फाकुन्ले बने । बेस्ट गोलकिपर प्लानिङका  योगेश धिमाल भए । बेस्ट कोच प्लानिङकै सन्जित सिंह घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।


हाइस्कोरर प्लानिङ बोइजका कप्तान प्रतापसिंह राई, झापा-११ का एरोन थापा मगर र राजेश दाहाल बने । उनीहरूले नगद ३५ हजार रुपैयाँ बाँडे ।


प्लेयर अफ द म्याच प्लानिङका पुजन थापाले नगद १० हजार रुपैयाँ प्राप्त गरे । पुरस्कार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्की हस्तान्तरण गरे । पत्रकारतर्फ कपुरी न्युजकी रश्मि प्रधान ११ हजार रूपैयाँसहित सम्मानित भइन्  ।