पोखरा निवासी २४ वर्षीया मीनालार्य एक्कासी रोगले छोप्छ । उनी रुने कराउने गर्न थाल्छिन् । कोलाहल मच्चाउन थाल्छिन् । रातारात गरेर उनलाई काठमाडौंस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा ल्याइन्छ । कुनै पनि किसिमको शारीरिक रोग नभेटिएपछि डाक्टरहरु उनलाई मानसिक विभागमा पठाउ“छन् र त्यहा“ उनको रोग लेखिन्छ, ‘कन्भर्जन डिसअर्डर’ ।

त्यही रोग काठमाडौंकै एक विद्यालयबाट एसएलसीको तयार गर्दै गरेकी टिङ्कुमा पनि भेटिन्छ । उनी जब अकस्मात मुर्छा पर्छिन् तब शिक्षण अस्पतालमा लगेर जचाउ“दा उनलाई ‘कन्भर्जन डिसअर्डर’ भएको थाहा हुन्छ । यो रोगको नाउ“ सुन्दा बुझ्ने कमै हुन्छन् । तर यही रोगलाई यसको पुरानो नाम ‘हिस्टेरिया’ भन्दा प्रायः सबैले बुझ्छन् । हिस्टेरिया भन्ने शब्द ग्रीक हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । यो रोग महिलामा प्रायः पाइएको हु“दा तत्कालीन मनोचिकित्सकहरुले यसलाई पाठेघरस“ग सम्बन्धित भन्ठान्थे । त्यसैकारण युरोपका नामुद मनोचिकित्सक सिग्मन्ड फ्राइडले यस रोगलाई हिस्टेरिया नामाकरण गरेका छन् ।

तर आजभोलि त्यो मान्यता छैन र यसलाई जनस्तरमा हिस्टेरिया भनिएतापनि विशेषज्ञहरुलाई सो शब्द प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । खासगरी महिलावादको दोस्रो लहर सुरु भएदेखि ‘हिस्टेरिया’ शब्दको प्रयोगले महिलाको अपमान भएको मानिन थाल्यो र आजभोलि डाक्टरहरु यसलाई यो नया“ नामले सम्बोधन गर्छन् । वास्तवमा हिस्टेरिया तनावहरुद्वारा ग्रस्त हुन्छ र त्यसको समाधान खोज्न नसकी चिन्ता दबाइरहन्छ तब उसमा यो रोग देखा पर्न सक्छ । यो रोग लाग्दा विरामी आप्mनो वशमा रह“दैन । रुने, कराउने, मुर्छा पर्ने, सास फेर्न गाहे हुने या हातखुट्टा चलाउन नसक्ने हुन जान्छ । जति मानिसहरु भेला भएर वास्ता देखायो बिरामी त्यति त्यति नै रोगले चापेको जस्तो गर्छ । गडेर रहेको तनावको कारण त्यस्तो हुने हुनाले तनाव महसुस गर्न छोडेपछि बिरामी आफैं ठीक हुन्छ । तर जबसम्म तनावले पिरोलिरहन्छ, तबसम्म समय–समयमा दबिएर रहेका र अनेकौं सामाजिक तनावहरुद्वारा ग्रस्त हुन्छ र त्यसको समाधान खोज्न नसकीचिन्ता दबाइरहन्छ तब उसमा यो रोग देखा पर्न सक्छ ।

यो रोग लाग्दा बिरामी आप्mनो बशमा रह“दैन । रुने, कराउने, मूर्छा पर्ने, सास फेर्न गाह्रो हुने या हातखुट्टा चलाउन नसक्ने हुन जान्छ । जति मानिसहरु भेला भएर वास्ता देखायो । बिरामी त्यति–त्यति नै रोगले च्यापेको जस्तो गर्छ । गडेर रहेको तनावको कारण त्यस्तो हुने हुनाले तनाव महसुस गर्न छोडेपछि बिरामी आफैं ठीक हुन्छ तर जबसम्म तनावले पिरोलिरहन्छ, तबसम्म समय–समयमा यो रोगले छोप्ने गर्छ ।

प्रायः महिलाहरु समाजमा दबिएर रहेका र अनेकौं सामाजिक,  हिस्टेरिया एउटा प्रमुख मानसिक रोगको रुपमा रहेको छ । तर मानसिक स्वास्थ्यको बारेमा जनतामा त्यति चेतना नभएको कारण यो रोग पनि अरु मानसिक रोगहरु जस्तै परिवारकै घेराभित्र अड्किएर रहेको छ । शिक्षण अस्पताल, मानसिक विभागका डा. सरोज ओझा भन्छन्, ‘यो रोग लाग्दा धेरैजसो मानिसहरु के भयो भन्ने थाहा नपाई झारफुक गराउन जान्छन् । त्यसैकारण हामीकहा“ यो रोग कतिलाई लाग्छ भन्ने कुनै भरपर्दो तथ्यांक छैन ।’

हिस्टेरिया कुनै डरलाग्दो सरापको फल नभई एउटा मानसिक रोग हो भन्ने कुरा बुझ्ने मानिस नेपाली समाजमा कमै छन् । त्यसैले समाजमा हिस्टेरियालाई नकारात्मक दृष्टिबाट हेरिन्छ । महिलाहरुमा दबेको यौन चाहनाका कारण यो रोग लाग्छ भन्ने अन्धविश्वास धेरैमा पाइन्छ । त्यसैकारण यो रोग लागेकी महिलालाई बिहे गरिदिएपछि रोग आफैं निको हुन्छ भन्ने धारणा रहेको छ । अझ गाउ“घरमा र सहरमै पनि यो रोग लाग्दा बोक्सी लागेको भनेर झारफुक गरिन्छ । यौन चाहनाका कारण हिस्टेरिया हुन्छ भन्ने धारणा हदसम्म मिथ्या हो भन्ने कुरा त विवाहित महिलामा पनि हिस्टेरिया प्रशस्त पाइएकोबाटै प्रमाणित हुन्छ ।

डा. ओझा भन्छन्, ‘यो रोग स्टे«स डिसोसेट (फैलिएर) भएर हुन्छ । यस रोगको मुखय उपचार नै काउन्सेलिङ हो । हिस्टेरिया लागेका बिरामीलाई पहिले–पहिले इथर सु“घाएर, हातमा करेन्ट लगाएर र तर्साएर ठीक गर्ने प्रयत्न गरिन्थ्यो तर आजभोलि काउन्सेलिङ अर्थात् बिरामीको समस्याका बारे छलफल गरी उसलाई त्यसको समाधान गर्न मद्दत गर्ने गरिन्छ । त्यसमा उसका परिवारको पनि सहयोग र सक्रियता हुनु आवश्यक छ । तर नेपालमा काउन्सेलिङ खास चलन चल्तीमा नभएको हु“दा अधिकांश बिरामीले यो सेवा पाएका छैनन् । यो हिस्टेरिया उत्ताउलो स्वभाले जन्माउने रोग नभई सामाजिक तनावको कारण हुने रोग हो भनी बुझन् जरुरी छ । जब मानिसमा तनाव थुप्रिन्छ तब जो कोही पनि यसको शिकार हुन सक्छ ।