यो कुरा हो चैत्र महिनाको त्यो एक रातको जून रात खूब हावा हुरी चली रहेको थियो । रुखका हाँगाहरु सऱ्यांग सऱ्यांग आवाज गर्दै यता उता हावा कै बेगमा हल्लिदै थिए । बाहिरबाट छिमेकी घरको बेगसँग हल्लिएको टिनको छानाको आवाजले हावाको गतिको संकेत गरिरहेको थियो । बाहिर एक्कासी बिजुली चमके पछी चट्यांग गरेर परमाणु बम पड़के जस्तो आवाज आयो ।
मेरो मन त्रसित भयो । बिस्तारै सानो सानो पानीको थोपा तप तप गर्दै झरी बर्षन थाल्यो । सायद पानीको थोपाको दौढ थियो होला, त्यसैले झरीको गति बिस्तारै बिस्तारै बढ्दै गयो बढ्दै गयो । म घरको सानो कोठामा सूती रहेकी थिए । अघिको चट्यांगले घरको बिजुली गएको हुनाले कोठा पूरै आन्धकारमय भयो । समयले कति फड्को मारेछ भनेर जान्ने जिज्ञासा भएर घडी हेरे, रातको ९ बजेको रहेछ । आज मलाई मौसम अरु बेलाको भन्दा निकै फरक लागि रहेको थियो । सायद चैतको पहिलो हप्ता भएर होला मौसमले पानी चैतलाई भब्य स्वागत गारी रहेको थियो । मौसमसँगै आज म आफुले आफुलार्इ बेग्लै मान्छे जस्तो अनुभव गरीरहेको थिए । म भित्र रहेको ऊर्जा हाम फालेर निस्कन खोजीरहदा खै किन हो मन को भारी ढुङ्गाले सबै ऊर्जाहरुलाई दबाइ रहेको थियो । बाहिर चलेको हावा हुरिसँगै उढेर बादल छूऔ छुऔ लाग्दा खै कताबाट हो मेरो मनका पखेटाहरु भाचिन्छ जस्तो लागिरहेको थियो । पानीको थोपासँग दौढ गरु गरू लाग्दा खै किन हो कसैले मेरो मनको खुट्टा भाची दिए जस्तो लागी रहेको थियो । बिजुली चम्के पछीको आवाज निस्केको ध्वनी भन्दा ठूलो आवाज निकालू भन्दा मेरो मनको आवाज घाटीसम्म पुग्न नपाउदै खै कता कता बिलिन भएर हराएको जस्तो लागि रहेको थियो । यस्तै यस्तै कुराले मन खेलाउदै जादा जादै मलाई मेरा बिगतका दृश्यहरु मेरा आँखा अगाडी मानौ कुनै सिनेमा हलमा फिल्म हेरे सरह मेरो जीवनको रील चल्न थाल्यो । जती झरीको गति बढ्दै गयो त्यति नै मेरा बिगतका धमिला पलहरु स्पस्ट देखिदै गयो । जती रात छिपिदै गयो उनका यादहरु त्यति गाढा गाढा हुदै गयो । हो उनका याद हरु । उनीले मलाई छोडेर गएको पनि ३ वर्ष विति सकेछ । साचै आजभोली उ कहाँ होलिन । यति बेला के गर्दै होलिन । अबत उसले मलाई बिर्सि पनि सकिन् होला ।
कति रमाइलो थियो उसँगको साथ । कति चञ्चल थियो उनको उमेरको स्वभाव । सबै याद छ मलाई उनीसँगको याद र मलाई अझै याद उनको र मेरो त्यो एक रात ।
हो त्यो एक रात जून रात चैतको त्यो हावा हुरिमा म घर फर्कदा हावा कै बेगमा आएको कारले ठोक्कर दिएर मलाई जीवन भरको लागि प्यारालाइसिस बनायो । ।त्यो रात मेरा दुई खुट्टाले मात्र होइन उनी यानिकी म भित्र को म दुबै त्यो दिन देखि अस्तित्व बिहिन भयौ । म भित्र को म ले नै मलाई त्यो दिन देखि छोढेर गइन । त्यो एक रातले म र मेरो बिचको सम्बन्धलाई लामो अन्तरालको लागि टुक्यायो । मलाई म बाट टाढा लग्यो र मलाई भने प्यारालाइसिस बनाएर समाजको एउटा सानो कुनामा एक्लै जीवन जीउनकालाई बाध्य बनायो ।
हो त्यो दिन देखि हरेक दिनको हरेक रात म आफूलाई खोजी रहन्छु । म आफुलाई सोधि रहन्छु । याद गरीरहन्छु र म भित्रको म फर्की आउने आसमा हरेक रात मलाई नै पर्खि रहन्छु ।