श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन १३ गते बुधबार, २५ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर । फाल्गुण शुक्लपक्षको अष्टमी तिथि ९ः१९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र रोहिणी १३ः३१ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०६ः३२ बजे र सूर्यास्त ०६ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशेष योजनामा स्वयम् जुट्नुहोला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।बेलामा होस नपु¥याउँदा केही चुनौती आउलान्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि केही असमझदारी बढ्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। सहयोग गर्नेहरू कमै हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनग्य रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ। सरसापटमा केही धन बाहिरिने देखिन्छ।
































