विजयपुर । रोटरी क्लब अफद्वारा आयोजित रक्तदानमा ३५ पिन्ट रगत संकलन भएको छ ।

सोमबार धरान भानुचौकमा रोटरी क्लबले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम भएको थियो । क्लबका अध्यक्ष फिरोज कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा प्रमुख अतिथि रहेका थिए । नेपाल रेडक्रस सोसाइटी सुनसरी ब्लड बैंकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । हाल ब्लड बैंकमा रगतको अभाव रहेको अवस्थामा कार्यक्रम आयोजना गरिएको हो । अस्पतालमा उपचाररत बिरामीहरूका लागि केही सहजता भएको आयोजकले जनाएको छ ।