योगेन याक्खाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अ रेभुलेसनलाई ट्याग गर्दै समर्थकहरूले छातीमा पार्टीको चुनाव चिह्‌न अङ्कित ट्याटु हानेको विषय पोस्ट गरे । समर्थकहरू भन्दै तल र माथि फोटो राखेर दुई जना बडिबिल्डिरको छातीमा श्रम संस्कृति पार्टीको चुनाव चिह्‌नको ट्याटु हानेको फोटो पोस्ट गरे ।

तर, हामीले ती दुई फोटोहरूको तथ्य जाँच गर्दा सम्पादन गरी छातीमा टाँसेको तथ्य फेला पार्यौँ ।

के हो दाबी ? 

९४ हजार फेसबुक फलोअर रहेका योगेन याक्खाले शनिबार (फेब्रुअरी २१) दिनको १९ः४५ बजे फोटो राखेका छन् । फोटोको क्याप्सनमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईको फेसबुक पेज हर्क साम्पाङ अ रोभुलेसनलाई ट्याग गर्दै समर्थकहरू लेखेका छन् । 

हामीले यो तथ्य जाँच गर्दै गर्दा योगेनको उक्त फोटोमा चार हजार ६ सयले रियाक्सन, १९७ पटक कमेन्ट र ५१ जनाले शेयर गरेका छन् । 

योगेनले हालेको तस्बिरको स्क्रिन सट

harka 1

उक्त सामाजिक सञ्जालमा हालिएको योगेन याक्खाको लिङ्कअर्काइभ लिङ्क ।

के हो तथ्य

हामीले तथ्य जाँच गर्ने क्रममा उक्त तस्बिरलाई गुगल इमेज रिभर्स सर्चमा राखेर खोज्यौँ । खोज्दा त्यहाँ योगेन याक्खाको फेसबुक पेजको लिङ्क प्रोफाइल भेट्यौँ । उक्त फोटोलाई फोटो फोरेन्सिक टुल्समा लगेर त्रुटि स्तर विश्लेषण (ELA) जाँच गर्यौँ ।

हेर्नुहोस् स्क्रिन सट :

Screenshot 2026-02-22 at 15.25.11

ELA जाँच गर्दा श्रम संस्कृति पार्टीको चुनाव चिह्‌न मात्रै लगेर छातीमा टाँस गरेको पायौँ । 

वास्तविक फोटो र उक्त चुनाव चिह्‌नको कम्प्रेसन स्तर असमान देखिएको छ । शरीरका अन्य भागको त्रुटि स्तर अपेक्षाकृत समान र सन्तुलित देखिए पनि उक्त चुनाव चिह्‌नमा बढी चहकिलो र उच्च कन्ट्रास्ट देखिएको छ । 

यस्तो भिन्नता सामान्यतः फोटोको केही अंश डिजिटल रूपमा थपिएको वा सम्पादन गरिएको अवस्थामा मात्रै देखिन्छ । ट्याटु हानेका अन्य तस्बिरहरूलाई पनि ईएलए गरेर जाँच गर्दा यस्तो फरक पाएनौँ ।

माथिको फोटो र मुनिको ELA गरको यो फोटोमा प्रष्टसँग फरक देख्नुहुन्छ । ट्याटु हानेको यो फोटो यस फ्याक्ट चेकसँग असान्दर्भिक रुपमा प्रयोग गरिएकोले हामी माफी चाहन्छौँ  (सम्पादक)। खालि फरक देखाउनका लागि मात्रै यो फोटो गुगलबाट ल्याई ELA चेक गरेका हौँ ।

हेर्नुहोस् स्क्रिन सट :

tatoo

उक्त फोटो कसको रहेछ भनेर जाँच गर्दा पोर्चुगल बस्दै आएका बलराम राईको रहेको पायौँ ।  

एक लाख दुई हजार फलोअर रहेको बलराम राई (Balaram Rai) ले सोही फोटो हाल्दै भोट के मा ? तस्बिर आफै बोल्छ भन्दै स्टाटस लेखेका रहेको पायौँ । उक्त स्टाटसमा पनि हामीले तथ्य जाँच गर्दा १ हजार पाँच सय रियाक्सन २५० वटा कमेन्ट र ८ पटक साझा गरिएको छ ।

योगेन याक्खाले पोस्ट गरेको अर्को व्यक्तिको फोटोलाई गुगल इमेज सर्च गर्यौँ । एउटै मात्र स्रोत देखायो । जसलाई खोलेर हेर्दा हर्क श्रम संस्कृति पार्टी भन्ने फेसबुक पेज खुल्यो । १६ हजार फलोअर रहेको उक्त पेजको फोटो खण्डमा उक्त व्यक्तिको तस्बिर अपलोड भएको पायौँ । सो फोटोलाई फोटो फरेन्सिकमा गई त्रुटि स्तर विश्लेषण (ईएलए) जाँच गर्यौँ । उक्त फोटोमा पनि छातीमा टाँसिएको चुनाव चिह्‌न सम्पादन गरेको पायौँ ।

यस व्यक्तिको फोटोमा पनि वास्तविक फोटो र उक्त चुनाव चिह्‌नको कम्प्रेसन स्तर असमान देखिएको छ । शरीरका अन्य भागको त्रुटि स्तर अपेक्षाकृत समान र सन्तुलित देखिए पनि उक्त चुनाव चिह्‌नमा बढी चहकिलो र उच्च कन्ट्रास्ट देखिएको छ । 

हेर्नुहोस् स्क्रिन सट :

Screenshot 2026-02-22 at 15.24.30

मेटाडाटामार्फत जाँच गर्दा एडोब फोटोसप २५.३ (मेसिन्तोस) बाट सम्पादन गरेको पायौँ । मेटाडेटामा मोडिफाइ गरेको समय र मिति पनि देखाइदिन्छ ।

हेर्नुहोस् मेडाडेटाको स्क्रिन सट : 

Screenshot 2026-02-22 at 15.24.11

यसलाई थप पुष्टि गर्नका लागि एआईको फोटो हो हैन भनेर जाँच गर्न इमेज विसपर डट ओआरजीमा हाल्यौँ । त्यहाँ फोटो जाँच गर्दा कम्पोजिट गरेको भनी देखायो ।  

हेर्नुहोस् स्क्रिन सट : 

Screenshot 2026-02-22 at 15.12.56

यस्तै हामीले अर्को एआईको जाँच गर्ने वाजएटएआईमा लगेर जाँच गर्दा पनि एआई निर्मित भनी देखायो ।  

हेर्नुहोस् स्क्रिन सट : 

Screenshot 2026-02-22 at 15.12.15

हामीले इनभिड एन्ड वीभेरीफाइ टुल्सको इमेजमा गई म्याग्निफायर गर्दा शरीरको अङ्ग र चुनाव चिह्‌न अङ्कित ट्याटु राखेको ठाउँमा केही फरक देखाएको छ ।

हेर्नुहोस् स्क्रिन सट :

Screenshot 2026-02-22 at 15.40.39

तथ्य जाँच

दाबी : श्रम संस्कृति पार्टीको समर्थकहरूले पार्टीको चुनाव चिह्‌न अङ्कित ट्याटु छातीमा खोपेको भनी योगेन याक्खा नामक फेसबुक प्रयोगकर्ताको दाबी गरेको ।

दाबीकर्ता : योगेन याक्खा फेसबुक प्रयोगकर्ता । 

तथ्य तथा निष्कर्ष : भ्रामक सूचना ।