विजयपुर । निर्वाचन विशेष ‘नेपाली कम्युनिष्ट पार्टी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
मंगलबार भिजन नेपाल नामक यूट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । गीतका शब्द रिकेश विश्वकर्माले लेखेका हुन् । स्वर अभय महत र अरुण लिम्बुले दिएका छन् । संगीत संयोजन तथा मिक्सिङ डिजे मेवाहाङ्गले गरेका छन् । बासुरीमा रत्न बिक, मादलमा पोसन घर्ती मगर र गितारमा सन्जिब सुब्बाले योगदान दिएका छन् । गीत माहोल स्टुडियो, काठमाडौं र म्युजिक मिडिया, धरानमा रेकर्ड गरिएको हो । प्राविधिक सहयोगमा रेकर्डिस्ट बिजय श्रेष्ठ, भिडियो क्यामेरा प्रेम शाह, तथा सम्पादन र कलर एडमले गरेका छन् । गीतले समसामयिक राजनीतिक भावनालाई संगीतमार्फत प्रस्तुत गरेको बताइएको छ।
































