सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यसस“गै सडक पहु“च, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे उर्लाबारी र पथरीका व्यवसायीहरू यसो भन्छन् :

विनोद अर्याल (कार्यकारी निर्देशक) मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने दायित्व हामी सबैको हो । मदन भण्डारी स्मृति प्रतिष्ठानले प्राविधिक तथा ईन्जिनीयरिङ शिक्षासँगै बायो ग्राफीकल सङ्ग्राहलय सञ्चालनमा ल्याएको छ । यसका साथै बालबालिकाहरूको लागि बाल उद्यान तथा अन्य सबै उमेर समूहको लागि वाटर पार्क समेत भएकोले प्रतिष्ठान सबैको उचित गन्तव्य हुने र नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रमको लागि कोसेढुङ्गा सावित हुन्छ ।

भीम राई (अध्यक्ष) बेतिनी सामुदायिक वन उपभोक्ता समूह उर्लाबारी
भ्रमण वर्षको कुरा गरिरहँदा उर्लाबारीको बेतिनी सामुदायिक वन पनि पर्यटकीय गन्तव्य हो । नेपालका वन क्षेत्रमा पाउने सवै प्रजातिका वनस्पतिसँगै जङ्गली जनावारलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । समूह पिकनिक स्थल तथा डुङ्गा सयरका लागि पनि व्यवस्था गरिएको छ । फरक रमणीय वातावरण भएकाले पनि नेपाल भ्रमण वर्ष २०२० को लागि उर्लाबारीको बेतिनी सबैको रोजाइमा पर्न सक्छ । त्यसका लागि स्थानीय सरकारले पनि केही योजनाहरू बनाउनुपर्छ ।

काबुलबहादुर मगर (अध्यक्ष) हरियाली सामुदायिक वन उपभोक्ता समूह
मोरङ पथरीशनिश्चरे नगरको हाम्रो हारियाली समुदायिक वन २०७५/०७६ मा नेपालकै उत्कृष्ट घोषणा भएपछि आन्तरिक पर्यटक आउने क्रम बढेको छ । मेचीदेखि महाकालीसम्मबाट अध्ययन अवलोकनको लागि आन्तरिक पर्यटक आउने गरेका छन् । सामुदायिक भित्र आकर्षक पोखरीहरू, ट्री भ्युटावर, स्वीमिङ पुल, होम स्टे, सिमसार, वनभोज स्थल निर्माण गर्दै छांै । सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग गर्दै सामुदायिक वनलाई प्रदेशकै धेरै पर्यटक आउने वतावरण निर्माण गर्दै छौँ।

मनोहरि दाहाल (अध्यक्ष) होटल तथा पेय पदार्थ व्यवसायी सङ्घ उर्लाबारी
नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिनु अत्यन्तै स्वागतयोग्य कदम हो । स्थानीय सरकारले यसको पूर्व तयारी नगरेकोमा दुख लागेको छ । भ्रमण वर्षलाई सफल पार्न र उर्लाबारीमा पर्यटकको सङ्ख्या वृद्धि गर्नसके आम्दानीमा पनि वृद्धि हुन्थ्यो । नगरको समृद्धि पनि हुन्थ्यो । उर्लाबारी आउने पर्यटकलाई स्वागत सम्मान कसरी गर्न सकिन्छ भनेर होटल व्यवसायीहरूको बृहत्् भेला गर्ने तयारी गरेको छ । भेलाबाट भ्रमण गर्न आएका पर्यटकलाई गन्तव्य सम्म कसरी पु¥याउन सकिन्छ , होटलको सरसफाइसँगै पर्यटकहरूलाई कति प्रतिशत सम्म छुट गर्न सकिन्छ भनेर निर्णय गर्ने तयारी गरेको बताएका छन् ।

युवराज बास्कोटा (पथरीशनिश्चरे–१०, मोरङ)
पर्यटनले राष्ट्रिय अर्थतन्त्रलाई बलियो पार्ने विषय मात्र होइन । राष्ट्रलाई अन्तर्राष्ट्रिय समुदायमाझ उभ्याउन र चिनाउन सक्ने उपयुक्त प्लेटफर्म पनि हो । हामीसँग विविधताले भरिएका र पौराणिक महŒवका दृष्टिकोणले समेत पुष्टि गरेको कैयौं प्राकृतिक, धार्मिक, सामाजिक, सांस्कृतिक आदि विषयवस्तुहरू छन् । यी सबै विषयवस्तुहरू नेपाल र नेपाली समाजको लागि गहना झैँ लाग्ने बहुआयमिक महŒवका ऐतिहासिक आकर्षणहरू हुन् । पथरी शनिश्चरे नगरपालिकाले धिमाल जातिलाई स्थानीय समुदायको पुरानो र विभिन्न हिसाबले पहिचानमा आएको पहिलो जाति भनेको छ । उसको आफ्नो संस्कार, संस्कृति, जीवनशैली, भाषा आदि छन् । पौराणिक महŒवमा रहेको भुल्के देवी मन्दिर छ । तमाम मठमन्दिर, चर्च, गुम्बा आदि छन् । औषधी विज्ञानका हिसाबले विभिन्न प्रजातिका जडीबुटीले भरिएको हराभरा वनजङ्गल छ । वन्यजन्तुहरू छन् । प्रशस्तै जलाधार क्षेत्रहरू छन् । जाति, भाषा, धर्म, संस्कृतिका हिसाबले विविधता छ । तथापि, यो विरासतले राष्ट्रिय पहिचान लिन सकेको छैन ।

अर्जुन जम्नेली राई (अध्यक्ष प्रदेश १) नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)
सरकारले भ्रमण वर्ष २०२० घोषणासँगै सङ्घीय सरकारले २० लाख र १ नम्बर प्रदेशले ५ लाख पर्यटक भिœयाउने घोषणा गरेको छ । घोषणा गरेर मात्र हुँदैन । सुरक्षा साथै त्यस सम्बन्धी आवश्यक वतावरण तयार गर्नुपर्दछ । प्रदेश १ मा विश्वकै उच्च सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमालहरू र नेपालकै होचो भूभाग पनि प्रदेश १ मै पर्दछ । यसको साथै काठमाडौंदेखि भोजपुरको ट्याम्के, स्याल्मे हुँदै सिलिचुङसम्म विदेशी पर्यटक भिœयाउने उद्देश्यले मुन्धुम ट्रेल शुरु भएको छ । यसलाई उचित प्रचार र वातावरण निर्माण गर्नु पर्दछ । हाम्रो पथरीशनिश्चरे नगरको कुरा गर्दा यहाँ हरियाली, शान्ति, मनकामना, पशुपति, चौतारी सामुदायिक वन भित्र रहेको विभिन्न पोखरीहरूलाई जोड्ने गर्नेगरी आकर्षक ट्रेल (पद मार्ग) निर्माण गरी पर्यटकलाई आकर्षित गर्न सकिन्छ । नगरको १० नम्बर वडामा प्रदेशकै गौरवको योजनाको रूपमा अघि बढेको आदिवासी सङ्ग्रहालय अर्को आकर्षण हो । आदिवासी जनजातिको अध्ययन गर्न चाहने विदेशी पहुनाको लागि समेत स्रोत बन्ने गरी सङ्ग्रहालय निर्माण गर्नुपर्दछ ।