अटल आस्थाको महान् छठ पर्व बिहीबारबाट शुरु भएको छ । छठको लागि चाहिने बाँसको ढाकी र सुपुली बुन्न स्थानीय हरिपना मलिकलाई अहिले भ्याई न भ्याई भएको छ , विहान बेलुका उनलाइ ग्राहकले अर्डर गरेको ढकिया कोनिया पु¥याउन हतारो देखिन्थ्यो । प्रत्येक वर्ष जस्तै यो साल पनि छठ पूजा गर्न दमककी शोभा श्रेष्ठ माइती घर सूर्यचोक आएकी छिन् ।

अर्का छिमेकी विजय पौडेल व्रतको आवश्यक सरसामान जोहो गर्दै छन् भने विदा लिएर चतरा घर आएका सुरेश मरिक छठ घाटमा काहाँ पूजा गर्ने भनी स्थानको चाँजोपाँजो मिलाउँदै छन् । सप्तकोशी नदी किनारको घाट सिँगारिएको छ । वराहक्षेत्रका महिला व्रतालुलाई तिहारको रमझम न सकिँदै छठले छपक्कै छोपेको छ । बिहीबारका दिन व्रतालुहरू स्नान गरी शुद्ध चोखो खाएर ‘नहाय खाय’ विधि गरेर व्रतको शुरुवात गर्दछन् । यस दिन उनीहरू लौका र चनाको दालसँग भात खान्छन् । उनीहरूले शुक्रबार दिनभर व्रत बसी खरनाको साँझ घरमा छठी माताको विशेष पूजा अर्चना गरी खीर पुरी र स्याउ रोटी चढाएर त्यसको प्रसाद घरका सदस्य र इष्टमित्र, छरछिमेकमा दिनुका साथै आफूले पनि ग्रहण गरेपछि कठोर व्रत शुरु गर्छन् । आज शनिबार साँझ व्रतालुले घर नजिकको नदी पोखरी वा जलाशयका घाटहरूमा बाँसको सुपुलीमा शुद्ध गहुको पिठोको मुख्य पवित्र प्रसाद ठेकुवा, कसार, नरिवल, जरासहितको हर्दी र अदुवाको बोट, केराको घरी, स्याउ, सुन्तला, भोगटे, उखु, नास्पती, पानी सिंघडा, सुठुनीलगायतका फलफूल र कन्दमूलले पूजा अर्चना गर्नेछन् ।

सूर्य अस्ताउनुभन्दा दुई घण्टा अघि नै छठ घाट गएका व्रतालुहरू, कम्मर सम्म पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि त्यस दिनको पूजा सकिन्छ । कोही घर आउँछन् भने कोही छठ घाटमा रातभर जाग्राम बसी भजन किर्तन गर्ने गरिएको वराहक्षेत्र ओबीसी नगर सचिव वृजनन्दन साह बताउँछन् । कसै कसैले घरमा आएर पात सहितको सिङ्गो १२ वटा लाँक्रा उखुले, कोशी भने विधि गर्ने गरेको व्रतालु उर्मिला देवी गुप्ताले बताइन् । व्रतालुहरू शुक्रबार राती नै घरघरमा छठ मातालाई चढाउने ठेकुवा कसार आदि पकाउने गर्दछन् ।

कोही कोहीले शनिबार पूजाघाट जानु अघि पकाउने गर्दछन् । अति नै पवित्र प्रसाद मानिने ठेकुवा बनाउँदा शुद्धता र पवित्रताको विशेष ख्याल गर्ने गरिन्छ । प्रसाद बनाउनेहरूले नुहाएर चोखोनितो भएर मात्र बनाउनु पर्ने हुन्छ । प्रसादको लागि गहुँ सुकाउँदा विशेष ख्याल गर्नुपर्ने हुन्छ, चराले जुठो हाले, अपशुकन हुने तथा र गहुँ काम नलाग्ने हुने गरेको व्रतालु बताउँछन् । विभिन्न मनोकाङ्क्षा, पारिवारिक सुख, शान्ति, समृद्धि तथा चराचर विश्वको कल्याणको लागि गहन श्रद्धा र विश्वासका साथ गर्ने गरिएको छठ पर्वलाई सूर्य षष्ठी, छैठ, स्कन्ध षष्ठी आदि विभिन्न नामले चिनिने गरिएको छ । जातजाति, भाषा धर्म संस्कार संस्कृतिको कुनै बन्धन नभएको छठ, आस्था र विश्वास हुने जसले पनि मनाउँदा पनि हुन्छ । विशेष यसमा चोखोनितो ख्याल गरे पुग्छ । पहिले मधेशी हिन्दू महिलाले मान्ने यो पर्व अहिले नेपाली आदिवासी, दलित, ब्राह्मण आदि गैर मधेशी मात्र होइन, मुस्लिम धर्मालम्बीले पनि मनाउन थालेका छन् । अटल श्रद्धाको छठ पर्व आर्थिक रूपले असर्मथहरूले चन्दा मागेर पनि व्रत गर्ने गर्दछन् । सन्तान प्राप्ति यसैगरी गरिएको विभिन्न भाकल आदि पूरा गर्न समेत गर्ने गरिएको छठ पूजा कुनै समय विशेषगरी भारतको विहार, उत्तरप्रदेश र मधेशी समुदायले मनाउने गर्दथे । सूर्य उपासनाको पर्व पछिल्लो केही वर्षदेखि नेपाली सबैको साझा पर्व भएको छ ।

सानो–ठूलो, धनी–गरिब कुनै भेदभाव नगरीकन सबैले मनाउन सक्ने, कुनै छेकवार नभएकोले यसलाई सबैले आफ्नो पर्व मानेर मनाउन थालेका छन् । जसरी विश्वलाई ऊर्जा र जीवन दिने सूर्य सबैको साझा हुन्त्यसरी नै छठ पनि सबैको साझा पर्व हो । यसमा सबै जाति र वर्गको उत्तिकै विशेष महŒव हुन्छ । यसको सबैभन्दा ठूलो उदाहरण छठमा डोम समुदायले बनाएको बाँसको ढकिया र सुपुलीको प्रयोग गरिनु हो । यसले एकातिर जातीय, समाजिक सद्भाव र एकता को भावना बढाएको छ भने अर्कोतिर पर्वले सबैलाई अटाएको छ । अहिले वराहक्षेत्र नगरपालिका छठमय बनेको छ । नगरपालिकाको वडा नम्बर १ र २ को नदी किनार, यसैगरी कालाबन्जर, धनपुरी, मानपुर, चक्रघट्टी, झुम्का नहर, सिङ्गीयालगायतका स्थानका छठ घाटमा भीड लागेको छ । छठ पर्वलाई भक्तको अटुट श्रद्धा र आस्थाको पर्व पनि भनिन्छ । शुद्ध हृदयले छठको व्रत पूजा गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको छ । साँझ अस्ताउँदो र विहान उदाउँदो सूर्यको किरणलाई अघ्र्य चढएर मनाइने महान् छठ पर्वको धार्मिक आस्था, विश्वास र लोकप्रियता बढ्दै गएको छ । पानीसमेत नखाएर ४ दिनसम्म मनाइने सूर्य उपासनाको महान् छठ पर्व भोलि आइतबारको उदाउँदो सूर्यलाई अघ्र्य चढाउँदै सकिनेछ ।