विराटनगर / निराहार छठ पर्वको ब्रत बसेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडकमा घस्रेर गरिने ‘दण्डप्रणाम’ यात्रा सुरू गरेका छन् ।

bhim2
विराटनगर– ३ ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरमा पूजा गरेपछि शनिबार दिउँसो साढे १० बजे पराजुलीले दण्डप्रणाम यात्रा सुरु गरेका हुन् ।
२६ वर्षयता छठको ब्रत बसिरहेका पराजुलीले १६ औं पटक दण्डप्रणम यात्रा सुरु गरेका हुन् । शिव पाञ्चायन मन्दिरबाट सुरु गरेको दण्डप्रणाम विराटनगरस्थित सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म करिब साढ तीन किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा तय गर्नेछन् । पराजुलीसँगै श्रीमती रञ्जिता भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा सुरु गरेका छन् । पराजुलीसँगै उनकी श्रीमति रञ्जिताले पहिलो पटक दण्डप्रणाम गरेका हुन् । शनिबार साइत हेराएर साढे १० बजेबाट पराजुलीले मन्दीरबाट सिंघिया घाटसम्मका लागि दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । करिब तीन किलोमिटर दुरी पार गर्न चार घण्टा लाग्ने छ । पराजुलीले सुरु गरेको दण्डप्रणाम यात्रामा कलाकार दिपाश्री निरौला, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरलेलगायतको पनि उपस्थिती रहेको थियो ।

bhim
मेयरमा निर्वाचित भएपछि तीन वर्षयता नगरबासीको सुख, शान्तिको कामना गर्दै छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले बताए । हरेक बर्षको आफुले गर्दै आएको धार्मिक कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको उनको भनाई छ । शनिबार घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि घाटमा नै जाग्रामबसी आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर ब्रत समापन हुनेछ ।
bhim1 bhim3 bhim4