श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत ८ गते आइतबार, २२ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र शुक्लपक्षको चतुर्थी तिथि २४ः०७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र भरणी २५ः३२ बजेसम्म, उप्रान्त  कृतिका, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः०८ बजे र सूर्यास्त ०६ः१५ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

भैपरी आउने समस्याले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवारजनबाट टाढिनुपर्ला। लोभ देखाउनेहरूले फसाउन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। दिन सामान्य रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउन सक्छ।अनुभव देखाएर नयाँ काम हातपार्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ।    

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।