इटहरी । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई शनिबार ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को अवसरमा सम्मान गरिएको छ ।
इटहरीमा आयोजित कार्यक्रममा तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा योगदान दिँदै आएका कोशी प्रदेशका अग्रज पत्रकार राजकुमार कार्कीसहित समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
राजकुमार कार्की निर्भीक र प्रतिबद्ध पत्रकारिताका लागि परिचित छन् । ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक रहेका कार्की पूर्वमा पत्रकारिता क्षेत्रका पथ प्रदर्शकका रूपमा परिचित छन् । सत्य र सामाजिक न्यायका पक्षमा निरन्तर कलम चलाउन मोफसलका पत्रकारहरूलाई उत्साह जगाउने एक मात्र निडर सम्पादकका रूपमा उनलाई लिइँदै आएको छ । उनको योगदानको उच्च कदर गर्दै विशेष सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनालाई पनि कृषि अनुसन्धान, बिउ प्रणाली र जलवायुमैत्री खेतीमा महŒवपूर्ण योगदान पु¥याए बापत सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाएका उनले नेपाली कृषिलाई आधुनिक र उत्पादनमुखी बनाउन भूमिका खेलेका छन् ।
यस्तै पर्यटन तथा होटल व्यवसायमा चार दशकभन्दा बढी समयदेखि सक्रिय राजन श्रेष्ठलाई पनि सम्मान गरिएको छ । होटल स्वागतम्का प्रबन्ध निर्देशक रहेका उनले पर्यटन प्रवद्र्धन, सेवाको गुणस्तर अभिवृद्धि र निजी क्षेत्रको सक्रियता बढाउन निरन्तर काम गरेका छन् । जलविद्युत् क्षेत्रका विज्ञ डा. कृष्ण दुलालले नेपाल विद्युत् प्राधिकरण तथा विभिन्न परियोजनामार्फत् ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान दिए बापत सम्मान गरिएको छ । नेपाल राष्ट्र बैङ्कका पूर्व निर्देशक तथा लक्ष्मी सनराइज बैङ्कका अध्यक्ष रमण नेपाललाई पनि सम्मान गरिएको छ । अनुशासन, इमान्दारिता र व्यवस्थापन क्षमतामार्फत् वित्तीय संस्थाहरूलाई सुदृढ बनाउन योगदान दिएका छन् ।
महिला स्वास्थ्य क्षेत्रमा सक्रिय डा. शारदा खड्का, नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरे, नागरिक उड्डयन क्षेत्रमा अनुभवी टेकनाथ सिटौला, साहित्यतर्फ अनिल पौडेल, पत्रकारितातर्फ अखण्ड भण्डारी, खेलकुद क्षेत्रबाट एञ्जिला सुब्बा, स्वास्थ्य क्षेत्रबाट क्यान्सर रोग विशेषज्ञ डा. शारदा खड्कालगायत १२ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरूलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
































