आमा कुनामा बसेर रोइरहेकी छिन् ! बुवा आफ्नो टाउको समातेर झोक्राइरहेका देखिन्छन् ! छोरा छोरी चाहिँ गाली गर्दै ‘यो दिन हो कि रात हो ?’ भन्दै कराइरहेका देखिन्छन् ! उनीहरू आफै बर्बराइरहेका देखिन्छन्, एउटा अज्ञात छट्पट्टीले तड्पिरहेका देखिन्छन् ! यो कुनै फिल्मको दृश्य होइन ! यो त तपाइँ हाम्रै घर परिवार या छरछिमेक या आफन्तजनहरूको दुःखद नियति हो, तीतो यथार्थ हो ! आफ्नै छोरा छोरीलाई सम्झाई सक्नु छैन ! चाटेर हुर्काएको तन्नेरी छोराले काट्छ कि भन्ने डर अनि माया गरेर हुर्काएकी फूल जस्तै छोरीले आत्महत्या गर्छे कि भन्ने पीर !
हरे.... अब यस्तो तनाव झेलेर कसरी बाँच्ने ? यति सुन्दर मानिसको जीवनलाई नर्कतुल्य बनाउने वस्तु हो लागूपदार्थ दुव्र्यशन । लागूपदार्थ दुव्र्यशन आखिर के हो र यो कसरी फैलन्छ, यो महामारीलाई रोक्न के कस्ता कदमहरू चालिनुपर्दछ भन्ने बारे बुझ्नु आवश्यक छ ! ‘अस्वाभाविक ज्यादा नशा दिने नशालु रसायनिक यौगिक या वनस्पतिलाई लागू पदार्थ भनिन्छ ! गाँजा, चरेस, भाङ, धतुरो, अफिम भनेर नेपाली नामले चिनिने वनस्पतिजन्य पदार्थ लागूपदार्थ हुन् । या ब्राउन सुगर, कोकेन आदि अङ्ग्रेजी नामले चिनिने पदार्थ हुन् जसको सेवनले मानिसलाई अत्यधिक मात लाग्छ र ऊ प्राकृतिक स्वभावभन्दा फरक किसमले बोल्छ र व्यवहार गर्दछ भने ती सबै लागूपदार्थ हुन् ! हिजो आज डाक्टरको सल्लाह बिना किनेर प्रयोग गरिने अनेकौं औषधिहरू पनि लागूपदार्थको रूपमा प्रयोग गरिएको पाइन्छ !
यस पदार्थको एक दुई चोटिको सेवनले मात्रै पनि मानिसमा अतीव आशान्ति पैदा गर्दछ र अधिकाधिक सेवन नगरी मानिस बाँच्न सक्दैन । दुव्र्यशनीहरू लागूपदार्थका लागि जुन सुकै हद पार गर्न सक्ने अवस्थासम्म पुग्छन् । ठगी, चोरी, डकैती, अपहरण मात्रै होइन हत्यासम्म गर्न पछि पर्दैनन् दुव्र्यसनीहरू ! अन्ततः दुव्र्यसनीहरूको अकालमा मृत्यु हुने गर्दछ ! यो अवस्था मानव समाजको अत्यन्तै विकृत रूप हो । दुःखदायी नियति ! आखिर किन र कसरी फस्छन् मानिसहरू यो दलदलमा ? नशा गर्नका लागि कुनै उमेरको हदबन्दी नभए पनि विशेषत ः १३ वर्षदेखि २५ वर्षका उमेर समूहका किशोर किशोरी तथा युवा युवती दुव्र्यसनमा फसेका देखिन्छन् ! ती मध्ये ७०५ साथी सङ्गतले ‘एक चोटि चाख न ’ भनी साथीले पल्काएको र पछि आशान्ति बढेर गएको भन्ने तथ्य भेटिन्छ भने २०५ घर परिवारमा आफूले चाहे जस्तो वातावरण नभएर, आफुलाई हेवा होचो वा बेवास्ता गरेकोले आनन्द र शान्ति खोज्न त्यो बाटोमा लागेको भन्ने बुझिन्छ !
बाँकीको ५५ ले के कस्तो हुँदो रैछ भनेर आफैले अनुभवका लागि त्यता लागेको बताउँछन् भने बाँकीको अन्तिम ५५ ले चाहिं अरूले करकाप र डर धम्कीमा पारेर त्यसो गर्न वाध्य भएको र बातमा बानी परेको भन्ने तथ्य भेटिन्छ ! धरानको परिप्रेक्षमा हेर्दा दुव्र्यसनीहरूमा पनि राई, लिम्बू, तामाङ्ग, गुरुङलगायतका जनजाति समुदायहरुरू अधिक छन् र यसको कारोबार गर्नेहरू पनि प्रायः यिनै जाति समुदायका पर्ने गर्छन् । यस समस्यालाई नियाल्दा अभिभावकमा तथा आमा बाबाका कमजोरी पनि प्रसस्तै देखिन्छन् । बाऊ विदेशमा अनि आमाले जति भन्यो उति पैसा छोरा छोरीलाई दिने गरेको तर दिइएको पैसा कहाँ कसरी खर्च गर्छन्, सो नहेर्दा पनि यो समस्या उत्पन्न भएको देखिन्छ ।
बाबा आमाले छोरा छोरीको स्कूल, कलेज, हिंडडुल, यात्रा, साथी सङ्गतका क्रियाकलापलाई वास्ता नगर्दा ज्ञान अनुभवले कच्चा केटाकेटीहरू दुव्र्यसनमा फसेको पाइन्छ ! बाबा–आमा दुवै जना विदेशमा भएको वा बाबा–आमाको सम्बन्ध विच्छेद भएको वा घरमा पारिवारिक कलह भइरहने अवस्थामा मानसिक तनाव र अस्वस्थ पारिवारिक वातावरणमा हुर्केका केटाकेटीहरूमा पनि यो कुलतको समस्या देखिएको छ । सामाजिक विकृतिपूर्ण समाजमा अशिक्षा र गरिबीका कारण पनि यो समस्या दिनानुदिन बढिरहेको छ । लागूपदार्थ दुव्र्यसनको यो समस्यादेखि कसरी बच्न र बचाउन सकिन्छ ?
यो समस्याबाट बच्न माथि भनिएका कारणहरूलाई केलाएर निम्न लिखित उपायहरू अपनाउन सके यो समस्यालाई न्यूनीकरण तथा निराकरण गर्न सकिन्छ !
(१) अभिभावकले छोराछोरीलाई निरन्तर निगरानीमा राख्नुपर्दछ ।
(२) सकारात्मक क्रियाकलापतिर हौसला र उत्साह दिएर सहयोग गर्नु पर्दछ ।
(३) उनीहरूको व्यक्तित्व बिकासका कार्यहरुमा खर्च जुटाउनु पर्दछ ।
(४) असल बन्ने र असल कार्य गर्ने प्रेरणा दिनु पर्दछ । उनीहरूको गल्तीमा अनावश्यक धेरै गाली गर्नुहुँदैन ।
(५) उनीहरूलाई चाहिने भन्दा धेरै पैसा दिनुहुँदैन ।
(६) उनीहरूलाई एक्लो महसुस हुन दिनुहुँदैन ।
(७) उनीहरूको इच्छालाई बुझेर मागहरूलाई आफ्नो बर्कतले भ्याएसम्म पूरा गर्नुपर्दछ । आफ्नो ल्याकतले नभ्याउने मागहरू भए सम्झाएर बुझाउन सक्नुपर्दछ ।
(८) बा–आमा दुवैले सन्तानलाई उत्तिकै माया र स्नेह दिन सक्नुपर्दछ ।
(९) खराब साथीको सङ्गतदेखि टाढा राख्नुपर्दछ ।
(१०) बाहिर जाने र घर आउने समयलाई बुझाउन सक्नुपर्दछ । जतिबेला पायो उतिबेला निस्कने र आउने अनुमति दिनु हुँदैन । आफ्ना सन्तानलाई नैतिक र अनुशासित बनाउन सक्नुपर्दछ !
(११) आफ्ना सन्तानलाई मात्र सुध्रने उपदेश दिने तर आफू चाहिँ मादक पदार्थ तथा धुम्रपान गर्ने गर्नुहुँदैन !
(१२) विदेशमा भएको बेला पनि बेला बेला नियमित रूपमा छोराछोरीसँग वातचित गरिरहनु र निर्देशित गरिरहनु पर्दछ ।
(१३) छोराछोरीसँग मित्रवत व्यवहार गर्नुपर्दछ । बेला बेलासँगै बाहिर घुम्न जानुपर्छ !
(१४) छोरा छोरीको पढाइको बारे चासो दिनु पर्दछ, स्कुल कलेजमा बुझ्नु पर्दछ ।
(१५) आफन्तजनहरूसँगको भेटघाटमा छोराछोरीलाई सहभागी गराउनुपर्दछ !
(१६) लागूऔषधका नराम्रा असरहरूलाई बुझाएर सेवन नगर्ने चेतना दिनुपर्दछ । लागूपदार्थ प्रति घृणा जगाउने गर्नुपर्दछ !
(१८) कथं कदाचित् छोराछोरी दुव्र्यसनमा फस्न गएमा सुधार केन्द्रमा लगेर उचित वातावरणमा सुध्रने मौका दिनु पर्दछ ।
(१९) राति अबेलासम्म घरबाहिर आफू पनि बस्नुहुँदैन र छोराछोरीलाई पनि बस्न दिनुहुँदैन ।
(२०) लागूपदार्थ सेवनलाई निरुत्साहित पार्न सामाजिक जागरणका अभियानहरू चलाउनु पर्दछ !
(२१) लागू पदार्थ बेच बिखन गर्ने अपराधीहरूलाई समाजदेखि बहिष्कार गर्नुपर्दछ र कडा भन्दा कडा कानुनी कारवाही गरी जेल चलान गर्नुपर्दछ !
यो समाज हाम्रै हो ! यसलाई विकृति विसङ्गति मुक्त राख्ने काम पनि हामी सबैको साझा काम हो ! अरूको घरमा लागेको आगोले आफ्नो घर पनि सल्कन सक्छ । के थाहा छिमेकीको छोराछोरी दुव्र्यसनमा फस्छन् भने तपार्इं हाम्रा छोराछोरी पनि फस्न सक्छन् । यो रोग भाइरल जरो जस्तै फैलिन भन्दा पहिले नै यसलाई हाम्रो समाजबाट उन्मूलन गरौँ । धरानलाई दुव्र्यसनीहरुको शहर भनेर चिनिन्छ ।
यो अति लाजमर्दो र तीतो सत्य हो। अब हामी सबै मिलेर लागू पदार्थ दुव्र्यसन मुक्त शहरको रचना गरौँ। आफू बाँचौं र अरूलाई पनि बचाऔँ ! आफ्ना फूल जस्ता छोराछोरीहरूलाई यो घिन र डरलाग्दो रोगबाट बचाऔँ ! आउनुहोस् हामी सबै धरानबासीहरू मिलेर उठौँ, यो सामाजिक विकृतिको विरुद्धमा एक जुट होऔं र यो समस्यालाई जरैबाट उल्खेलेर उन्मूलन गरौँ ! जय धरान ! जय जनता !