श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत १० गते मङ्गलबार, २४ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र शुक्लपक्षको षष्ठी तिथि ०४ः२४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र रोहिणी ०७ः१८ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०६ः०३ बजे र सूर्यास्त ०६ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।काम गर्दै दाम कमाउने बेला छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले राम्रो साथ दिनेछन् । काम गर्न हौसला बढ्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। काममा बाधा र चुनौती झेल्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगानी बढाउनुपर्ने परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । सहयोग गर्नेहरू कमै भेटिनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्। विदेश ताक्नेहरूलाई भने यात्राको सम्भावना देखिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम बने पनि उठ्नुपर्ने रकम रोकिन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। कामकाजबाट कम प्रतिफल प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुनसक्छ। पछिका लागि लगानी गर्न सकिनेछ।
































