रङ्गेली / ‘हाम्रा तिर कुकुर यति धेरै छ,राति मान्छे हिडेको भेटे मारुला जत्तिकै झम्टन्छन् ।’ अर्काले भने ‘हाम्रो टोलमा साझ नपर्दै कुकुर बाइक पछाडी झम्टेर पछारुला जत्तिकै गर्छन् ।’ तेस्रोले भने ‘म त राति काम सकेर घर फर्कदा गोजिभरी ढुङ्गा बोक्छु,झम्टेर आउने कुकुरलाई तन्कार दिने हो ।’ विराटनगरका संचारकर्मीले गरेको माथिका संवादले यहाँ कुकुरको समस्या कस्तो छ भन्ने प्रष्ट पार्छ ।
विराटनगर महानगरपालीकाले समयमा कुकुरको व्यवस्थापनमा चासो नदिदा अहिल विराटनगरका सडकहरुमा सझा, विहान हिडदा सोचनु पर्ने अवस्था भएको छ । विराटनगर-६ का दिनेश खड्का कुकुरसँग औधि डरलाग्ने बताउ छन् ।
‘हाम्रो टोलमा यति कुकुर छन कि विहानै र रातमा हिडनै मुस्किल हुन्छ ।’उनले भने ‘विहान छ्याङ्ग उज्यालो भए पछि मात्र हिड छु, रात त घरबाटै निस्कदिन ।’ रातको समयमा विराटनगरका सडकमा कुकुरका कारण पैदल हिड्नै कठिन हुने गरेको बताउछन संचारकर्मी गोपाल पोखरेल ।
राति पत्रिकाको काम सकेर घरफर्कदा खल्तिमा ढुङ्गगा बोकेर हिडने गरेको अनुभव छ उनी सँग ।आजकल उनी मोटरसाइकल प्रयोग गर्छन । विराटनगर-४ निवासी अर्का संचारकर्मी विजय घिमीरेको टोलमा पनि कुकुरको विगविगी उस्तै छ । ‘बाइक पछिपछि लघारे लडाउला जत्तिकै पार्छन ।’ उनले भने ‘विचारा, कुकुर सँग धेरै डराउने कोहि कोहि त रोकेर विस्तारै डोर्याउदै जान्छन् ।’
कुकुरको विगविगी बढे पछि विराटनगरका टोलबासीले पनि राति हैरानी खेप्नु परेको छ ।
भएभरका कुकुर सडक जम्मा भएर सम्साझै झगडा गर्न,भुक्न थाले पछि कोलाहलको मच्चिने गरेको टोलबासि बताउ छन् । राती काम परेरको खण्डमा घरबाहिर निस्कन समेत मुस्किल हुनेगरको विराटनगरकी रोहिणी खतिवाडाले बताइन् । साझमा केटाकेटीलाई घरबाहिर निस्कदा टोकिदेला भन्ने तेतिकै डर हुने उनले गुनासो गरिन् ।
महानगरमा कुकुर जता सुकै झगडा गरिरहेको,विरामी र घाइते देखिन्छन् । कुकुरको बृद्धि नियन्त्रणमा महानगरले ध्यान नदिदा जतासुकै कुकुरै कुकुर भएका छन् ।सामुदायीक कुकुर व्यवस्थापन नहुदा नगरबासिले सास्ति खेप्नु परेको छ ।
सडक यात्रिहरु आतंकित छन् कति बले टोक्ला भन्ने डरले । साझ परेपछि त झन सडकमा हिडनै मुस्किल हुने गरेको यात्रिहरु गुनासो गर्छन । कुकुरको संख्या अत्याधिक भए पछि विराटनगरमा सवारी दुर्घटनाको सम्भावना बढाएको छ ।कुकुरको कारण मोटरसाइकल चालक सबैभन्दा बढी जोखिममा छन् ।
विराटनगर पोखरीयाका सिटी रिक्सा चालक कुमार आचार्य कुदारहेको बेला खुट्टामै झम्टने गरेको बताउ छन् । नगर क्षेत्रमा २५ हजारको संख्यामा कुकुर छन । कुकुरकै कारणले सवारी दुर्घटना बढयो भन्न नमिल्ने मोरङ टूाफिक प्रमुख शिव पोखरेलले बताए । विराटनगरमा कुकुरको संख्या निक्कै भए पनि सडकमा सवारी चाप भएको समयमा कुकुरहरु ननिस्कने उनले बताए ।
विराटनगरमा कुकुरका कारण समस्या झेल्ने टोलबासी,पैदलयात्री,बाइकचालक, सफारीचालकका आ-आफ्नै किस्सा सुन्न पाइन्छ ।अब भुसिया या सडक कुकुरको भनेर सम्बोधन गर्न नपाइने भएको छ । सडक कुकुर होइन समुदय कुकुर भनेर सम्बोधन गर्नु पर्ने विराटनगर महानगरपालीकाका भेटेनरी साखा प्रमुख हिरालाल यादवले बताए ।
सम्बोधन फेरीयो व्यवहार फेरीएन
भुस्याहा,सडक हुदै समुदाय कुकुर भनेर सम्बोधन भए पनि उनीहरुलाई गरिने व्यवहारमा भने परिवर्तन आउन सकेको छैन । विभिन्न रोगले आक्रान्त,खाना नपाएर कुपोषित हाडर छालामात्र बाकिरहेका कुकुर सडकमा कस्टपुर्ण जिवन बाचि रहेको देख्न सकिन्छ । आफु-आफु जुधेर रगपिछे भएका,घाउ भएका र दुर्घटनामा परेर डाडभाचिएर सडका घिस्रदै विद्रुप अवस्थामा बाचि रहेका कुकुर उत्तिकै छन् ।
समुदायीक कुकुरले खानाको लागी पनि उक्तिकै संघर्ष गर्नु पर्ने हुन्छ । खानाकालागी कुकुरले आफ्नै विराद्रिसँग लडनु पर्ने हुन्छ । त्यसका अलावा मानिस सँग पनि उसले संघर्ष गर्नु पर्छ । यस्तोमा कम्जोर कुकुरले खानै नपाउदैन । कतिपय कम्जोर कुकुर भोकभोकै मर्ने गरेका छन् ।
कुकुरले खानाकोलागी मानिसले फालेका फोहोरमा खानेकुरा खोजेर गुजार चालउनु पर्ने हुन्छ । यस्ता कुकुरको उपचार र हेरविचार गर्ने विराटनगरमा कुनै पनि निकाय छैनन् । तत्कालीन विराटनगर उपमहानगर र वर्तमान महानगरपालीका भेटेनरी साखा भए पनि यस तर्फ भने खासै चासो दिएको पाइदैन ।
हजारौ समुदाय कुकुर भएको विराटनगरमा एकदुई हजारलाई गरिने रेविज भ्याक्सीन र बन्ध्याकरण ‘हात्तिको मुखमा जिरा’ हुने गरेको छ ।
विराटनगर शहरमा २५ हजार कुकुर
२२ दशमलव ६ वर्गमिटर क्षेत्रफल रहेको महानगरमा मोरङको कुल जनसंख्याको १९ प्रतिशत मानिस बस्छन् भने २५ हजार कुकुर । विराटनगर महानगरपालीकामा २५ हजार कुकुर पुगेको भेटेनरी साखा प्रमुख हिरालाल यादवले जानकारी दिए ।
डब्लु एच ओ को सहयोगमा तत्कालीन उपमहानगरपालीका,भेटेनरी अस्पताल,जिल्ला जनस्वस्थ्य,पशुसेवा कार्यालय लागयतका कार्यालयले सयुक्त रुपमा सन २००६ मा विराटनगरका सामुदायीक कुकुरको गणना गरिएको प्रमुख यादवले बताए ।
त्यसबेला विराटनगरमा ८ हजार ५ सय कुकुर गणना गरिएको थियो । कुकुरको वार्षीक बृद्धिदर १७ दशमलव १ प्रतिसतले हुने प्रमुख यादवले बताए । विराटनगर महानगरपालीकामा १९ नम्बर वडा नयाँ थपिएको हो । योसँगै महानगरमा सामुदायीक कुकुरको संख्या अझै थपिएको छ ।
यसरी बृद्धि भइरहेको कुकुरको नियन्त्रणमा महानगरपालीकाले खासै चासो दिएको पाइदैन । तत्कालीन उपमहानगरले पनि झारो टार्ने तरिकाले रेविज भ्याक्सीन र बन्ध्याकरण गर्ने गरेको थियो । नयाँ महानगरले पनि काम गरेको छैन ।
गत आर्थिक वर्षमा महानगरपालीकाले भ्याक्सीनेसन र बन्ध्याकरणको काम नगरेको प्रमुख यादवले बताए । आर्थिक वर्ष २०७५/७६ कोलागी भने बजेटको व्यवस्था गरेको उनले जानकारी दिए ।
यसअघि कुकुरको नियन्त्रण हत्या गरेर गरिन्थ्यो ।
कुकुरको हत्यालार्य कानुनले बन्देज लागएको छ । वि.स. २०७० मा कुकुर हत्या गर्न नपाइ भन्दै जिल्ला पशुसेवा कार्यलय मोरङले परिपत्र गरेको प्रमुख यादवले बताए । नियन्त्रणकालागी बन्ध्याकरणमात्र विकल्प रहेको छ ।
खुल्ला दिसा मुक्त कसरी हुन्छ ?
विराटनगर महानगरपालीका अहिले खुल्ला दिसा मुक्त अभियानमा छ । नगर क्षेत्रका २५ हजार कुकुरले गरेको दिसा सँगै कसरी खुल्ला दिसा मुक्त हुन्छ ? त्यसमाथि नगर बासिले समेत आफुले पालेको कुकुर सडकमै ल्याएर दिसा पिासाब गराउ छन् ।
नगरवासिले खुल्ला दिशाम मुक्त अभियानको पालना गरे पनि सामुदायीक छाडा कुकुरलाई त्यसको पालना कसले गराउने ? महानगरको खुल्ला दिसा मुक्त अभियानकोलागी यो ठूलो चुनौति हो । स्वस्थ्यका दृष्टिले पनि कुकुरका दिसामा धेरै प्रकारकार जिवाणु र जुका हुनेगरेको जानकारहरु बताउ छन् । कुकुरको दिसा पनि स्वस्थ्यका दृष्टिले जोखिम पुर्ण छ ।
अहिले विराटनगरका सडकामा हिडने कुकुरमा रेविज विरुद्धको भ्याक्सिन लगाइएको छैन । कुन कुकुरलाई रेविज लागेको छ÷छैने छुट्याउन सकिदैन । सडकका कुकुरले टोकेमा रेविज संक्रमणको सम्भावना पनि उक्तिकै रहेको छ ।
रेविज रोगलागी भ्याक्सिन बाहेक अन्य विकल्प नभएको चिकित्सकहरु बताउ छन् । रेविज संक्रमण भएपछि उपचार असम्भव छ । कोशि अञ्चल अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन लागउन आनउनेको संख्या बाक्लै छ ।
विकास निमार्णले फेरिदै गएको महानगरको सुन्दरतालाई बढदो सामुदायीक कुकुरले चुनौति दिएको छ । सडक निमार्णले मात्र नगर सुन्दार हुदैन यस्ता छाडा कुकुर र चौपाया पनि नियन्त्रण हुन उक्तिकै आवश्यक छ ।
































