इटहरी । वैदेशिक रोजगारीबाट फर्किएका युवा कृषि क्षेत्रमा आकर्षित भएका छन् ।

विदेशको जस्तै स्वदेशमा पसिना बगाए प्रशस्त आम्दानी गर्न सकिने देखेपछि पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किएका युवाले कृषि क्षेत्रमा राम्रो आम्दानी गर्न थालेका हुन ।

फेमिली कृषि फर्म खोलेर सुगुरका पाठापाठी बिक्री गर्न कुनै समस्या नरहेको रामधुनी नगरपालीका ७ पन्चयानका युवा कुषक चक्र बाहादुर राईले बताए ।

वर्षको चार पटकसम्म सुगुरले एक पटकमा १२ देखि १६ वटासम्म बच्चा जन्माउने गरेको राइको भनाई छ । उनी भन्छन् कृषिमा भविष्य देखेर सुगुरको फर्म खोलेको बताउँछन ।

बैदेशिक रोजगारीका लागी सिगांपुर वसेका राई अहिले जिल्लाको सफल कुषकको रुपमा स्थापित भएका छन् । करिव ५० लाख रुपैयाको लागतमा बगुंर फर्म सुरु गरेको उनको फर्ममा अहिले दर्जन वढि ठुला र दुइ दर्जन पाठापाठि हुर्किरहेका छन् ।

पाठापाठी बेचेर वार्षिक १० लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म आम्दानी हुने कृषक राईको भनाई छ । मलाई अहिले यही आम्दानीको स्रोत्र भयो अब विदेश जान्न उनी भन्छन् ।

परम्परागत रुपमा एक दुई वटा सुगुर पाल्दै आएका सुनसरीका किसान अहिले व्यवसायिक बगुंरपालन तर्फ आकार्षित हुन थालेका छन् ।

विशेष गरी थारु आदिवासी वाहुल्य भएको जिल्लाका विभिन्न गाउँमा कृषकहरु निर्वाहमुखी वगुंर पाल्ने चलन थियो ।

तर अहिले निर्वाहमुखी शैलीलाई विस्थापित गर्दै युवाहरुले व्यवसायिक रुपमा गाउँमा समूह, सहकारीका साथै व्यक्तिगत लगानीमा सुगुरपालन पालन गरी राम्रो आम्दानी गर्न थालेका छन् ।

थोरै समयमा मनग्य आम्दानी हुने भएपछि युवा सुगुरपालन व्यवसायतर्फ आकर्षित भएको राईको भनाई छ । जिल्लामा अहिले झण्डै तीन दर्जन व्यवसायिक सुगुर फर्म रहेको जिल्ला पशु सेवा कार्यालयको तथ्याकंमा उल्लेख छ ।

विदेशबाट फर्केका र विदेश जाने सोच बनाएको थिए अब यही पेशामा कमाउँदै छु अझै मेहेनत गर्छु राई भन्छन् ।

पशुपालन र तरकारी खेती व्यवसायलाई थप व्यावसायिक बनाउन प्रविधि नहुँदा समस्या भने हुदै गएको छ । २१आंै शताब्दीको युग भएकाले धेरै परिवर्तनहरु आए पनि नेपालको कृषि क्षेत्रमा समस्या नै रहेको छ ।

व्यावसायिक कृषि र पशुपालन गरेका कृषकलाई आवश्यक प्रविधि, औजार र सिपको अभाव भईरहेको किसानहरु बताउँछन ।

सरकारले बढ्दो बेरोजगारी र युवा पलायन रोक्न व्यवसायिक कृषिमा लाग्ने युवाहरुलाई पाँच प्रतिशत ब्याजदरमै व्यावसायिक कृषि कर्जा दिने निर्णय भए पनि अहिले पनि बास्तवीक किसानले अझै पनि कर्जा नपाएको किसानहरु गुनासो गर्छन ।