धनकुटा/ चार दशकअघिको घटना सम्झदा शहिद पत्नी ८१ वर्षिया सुखमाया राईको अझै आँशु थामिदैन । आफ्ना पति रणध्वज पुमा राईको तत्कालीन शासकले गोली हानी हत्या गरेको घट्ना सम्झदा मात्र नभएर मुलुक संघियतामा आउँदा पनि र आफ्नो दुःखदायी परिवारीक अवस्थाबाट मुक्त हुन नसक्दा उनको मन नथामिएको हो । वामपन्थी विचार राख्दै तत्कालिन पञ्चायती शासकको विरोध गरेको आरोप तत्कालिन शासकले पतिको हत्या गरिएपछि आधा दर्जन बालवच्चासंगै दुःखदायी समय गुजारेको स्मरण गर्ने उनी पछिल्ला राजनितिक परिवर्तन पछि दुःखको दिन सकिएको महशुस अझै नभएको वताउँछिन् । वि.सं.२०४६ र ०६२/०६३ को जनआन्दोलन पछिको राजनितिक परिवर्तनमा कयौं ठूलो/ठूला सपना मनमा संगालेर सहिद गाउँघरमा खुशियाली मनाएको उनले वताईन । यी राजनितिक परिवर्तन पछि मुलुकको भाग्य कोरिने आशामा उत्तिकै खुशी र उत्साह जागेको थियो, तर आज त्यो आफुले महशुष गर्न नसेकको उनले वताइन । तर, देशमा अझै विकास भने जस्तो हुन नसेको खवर सुन्ने गरेको वताउने उनी अहिलेको स्थिति आफ्नो अत्यन्त्यै दुःखदायी भएको वताउँछिन् । सुखमाया मात्र होईन, नेपालको राजनितिक परिवर्तनको इतिहाँसमा चर्चित खोकु-छिन्ताङ हत्याकाण्डका अधिकांश शहिद परिवारको नियति उस्तै छ । राज्यले शहिदको सम्मान गर्न नसकेको तथा मुलुक राजनितिक अस्थिरतावाट स्थायित्व तर्फ अघि वढ्दा पनि भने जस्तो विकासको गतिमा अघि नवढेको प्रति आफुहरुको चिन्ता थपिएको ति परिवारजन वताउँछन् । सहिद गंगावहादुर तुप्रिहाङ्ग राईका ७६ वर्षिया सुकमाया राईको पनि उस्तै दुखेसो छ । आफ्नो जहान परिवारको लागी केही गर्छु भन्ने युवा अवस्थामा नै पतिको हत्या गरेपछि भोग्नु परेको कहाली लाग्दो क्षण सम्झँदै उनले भनिन्(“अहिले सम्झदा त खै व्यर्थ मारिएछन्, जस्तो पो लाग्छ ।” सहिद परिवार भएका कारण राजनिति परिवर्तनसंगै हुने गरेको गतिविधिमा चासो राख्ने उनी दिनरात देश भ्रष्टचारीहरुले नै राजगरिहेका छन् कि भन्ने जस्तो लागेको वताउँछिन् । वि.सं.२०३६ साल कार्तिक २६ गते देखी २९ गतेसम्ममा तत्कालिन खोकु, छिन्ताङ्ग र आँखिसल्ला गाविसका १६ जना निर्दोष कृषकहरुलाई पञ्चायति शासकले हत्या गरेको थियो । उक्त घट्नाको स्मृतिमा प्रत्येक वर्ष सप्ताहव्यापी शहिद दिवश मनाउने गरिन्छ । यसवाट मात्र शहिद परिवार भने खुशि र सन्तुष्ट छैन्न । मुलुकमा राजनितिक परिवर्तन धेरै भए, छिन्ताङ्गका शहिदलाई देखाएर धेरै पटक विभिन्न पार्टीका नेता, कार्यकर्ता राज्यसत्ता संचालन गर्ने ठाउँमा पुगे, तर आफुहरुको अवस्था ज्यूँकात्यूउँ रहेको उनीहरुको गुनासो छ । राज्यले प्रदान गरेको सामान्य सहयोगवाट आफ्ना परिवारलाई धेरथोर राहात मिले पनि मुलुकको मुहार अझ्ै नफेरिएको उनीहरुको गुनासो छ । उनीहरुले अहिलेसम्म ०५१ सालमा एमालेको सरकार हुँदा प्रति परिवार १ लाख, झलनाथ खनाल प्रधानमन्त्री हुँदा २५÷२५ हजार र टिकाराम चेम्जोङ्ग तत्कालिन जिविस धनकुटाको सभापति हुँदा वाख्रा पालनको लागी ५ हजार वाहेक अहिलेसम्म एक रुपयाँ पनि कोही कसैवाट सहयोग नपाएको सहिदपुत्र एवं सहिद परिवार संरक्षण समिति, छिन्ताङ्गका अध्यक्ष वलराम राईले वताए । राज्यवाट एक वर्ष पहिले राष्टिूय शहिदको सम्मान पाए पनि अझै अहिलेको २ तिहाई वहुमतको वामपन्थी सरकार हुँदा पनि सहिद परिवार प्रति अहिलेको सरकार चिन्त्ति नभएको वरु उल्टै उपेक्षा गरिएको भन्दै सहिद पुत्र राईले आक्रोस समेत पोखे । मुलुकमा त्यसताका निकै खारिएका भुमिगत राजनितिमा संलग्न शहिद गोपाल आनन्द राईकी पत्नी थममाया राईले पनि देशमा परिवर्तन आयो भनिए पनि जनताले राहात भन्दा पनि सहयोगको वातवरण नै नपाएको महशुष गरेको वताईन । “खै न कस्लाई मात्र हो यो परिवर्तन, उनले भनिन्(यस्तै मात्र देशमा परिवर्तन आउँछ भने किन वलिदान गर्ने ?” सहिद रामकुमारी राईको छोरा हस्तवहादुर तेले राईले पनि पिडा पोख्दै भने “आफ्नी जन्म दिने आमाले देशको लागी वगाएको रगत व्यर्थैमा खेर गएको छ, आमा जस्तै अन्य सपुतको राज्यले कुनै मुल्याङ्गकन नै नगरी व्यक्तिवादी चरित्र हावी भएको छ ।” सहिद गणेशवहादुर विश्वकर्माका छोरा खुसवहादुर विश्वकर्माले देश संघिय संरचनामा आइ सकेपनि नेताको प्रवृत्ति पुरानो नै भएकाले सहिद परिवारको हितमा काम नभएको गुनासो गरे । उनले लोकतानित्रक गण्तन्त्र आउँदा पनि शहिद परिवारले सम्मान नपाउने हो भने नेपालको इतिहाँसमा शहिद परिवारको दिन कहिले पनि नआउँने ठोकुवा गरे । उनले भने–अव अवश्य पनि सहिद परिवारको दिन आउँनेमा आफु ढुक्क रहेको वताए । कार्यक्रममा शहिद परिवारको तर्फवाट शहिद झगेन्द्र राईका भाई राजकुमार राई, केशरमान राईका दाजु अऐनकुमार राई, चन्द्र वहादुर दर्जीका छोरा वोधवहादुर राई, गम्भिरमान दमाईका श्रीमती भजना दमाई लगायतको उपस्थिति रहेको थियो । उनीहरुलाई यो वर्ष स्मृति सभा आयोजक समितिले जनही नगद ५ हजार र सम्मान पत्र प्रदान गरेको छ ।