तेह्रथुम/तेह्रथुम, संखुवासभा र धनकुटामा उत्पादन भएको वन्दा भारतीय वजार कलकत्ता सम्म निर्यात हुन थालेपछि कृर्षकहरु अहिले बन्दाकाेपी खेति तर्फ आकर्षित हुन थालेका छन् ।
तेह्रथुमको लालिगुराँस नगरपालिकाका फुलेक, वसन्तपुर, सुङनाम, सोल्मा र धनकुटाका मारेकटहरे, परेवादिन, मुर्तिढुंगा, तामाफोक, मुढे ससारे लगायतका क्षेत्रमा किसानले उत्पादन गरेको बन्दाकाेपी को माग वढे पछि कुर्षकहरु वन्दा खेति तर्फ आकर्षित हुन थालेका हुन । अग्र्यानिक वन्दा विषादी रहीत भएको भन्दै नेपालका धनकुटा धरान इटहरी विराटनगरका बजारमा भन्दा भारतका वजारवाट मागवढदै आए पछि भारतको कलकत्ता सम्म निर्यात हुने गरेको स्थानीय कृर्षकहरु वताउछन् ।
अर्गानिक ताजा बन्दाकपी भारतको पानीट्याकी, सिलगुढी, जोगवनी लगायतका वजारमा उच्च माग रहेको चित्रेका तरकारी व्यापारी श्याम गुरुङले वताए । उनले भने नेपालका बजारमा भन्दा भारतका वजारहरुमा वन्दाको मुल्य रामा्रे रहेछ । भारतिय ब्यापारीेले सोजै आएर अडर गरेर जान्छन् । तेह्रथुमको लसुने बसन्तपुर चित्रे बजारमा प्रति दिन १० कुइन्टल सम्म विक्रीहुने गरेको ब्यापारीको अनुमान छ । बन्दाकपी उत्पादनको समय नभए पनि बेमौसमी बन्दाकाेपी उत्पादन गरेर कृषकहरुले राम्राे आम्दानी गरिरहेका छन ।
नेपालका सहरहरुमा वन्दाको मुल्य प्रति किलो १० रुपैया सम्म भएपनि भारतिय वजारमा प्रति किलो २० देखि २५ रुपैया सम्ममा किन वेचहुने गरेको छ । एक दुई रोपनिमा गरिने बन्दा खेति अहिले ७ रोपनिमा लगाएको सोल्माका दुर्गा प्रसाद पोख्रेलले वताए । उनले भने सधै प्रतिककिलो ३ देखि ५ रुपैया सम्म विक्रि हुने वन्दा अहिलेका साल प्रतिककिलो १० रुपैया सम्म विक्रि भएको छ । भारतिय बजारहरुमा बन्दाको माग वढेसगै कृर्षकहरु विहान खाना खाने र वेलुका खान खाने समयमा मात्र घरमा भेटिने गरेका छन् ।
भारतीय वजारमा वन्दाको मुल्य र माग आकासीए पछि यस क्षेत्रका किसानहरु वारीमा लगाएको बन्दा काट्न व्यस्त छन । अहिले बेमौसमी वन्दा पुर्वी पहाडि जिल्लाकालागी राम्रो आम्दामीको सा्रेत भएको कृषकहरु वताउछन । कम्पोष्ट मल मात्र प्रयोग गरेर ताजा तरकारी उत्पादन गर्न थालेका किसानले आ–आफनो क्षेत्रलाई विषादी मुक्त क्षेत्र घोषणा गर्ने अभियानमा समेत जुटेका छन ।