तेह्रथुम/ आज भन्दा २५ वर्ष अघिका किसान गाई भैंसी पालेर उत्पादन भएको दुधबाट घिउ र खुवा वनाउथे । यी उत्पादनले पनि वजार नपाउदा त्यसवेलाका किसानले व्यवसायीक पशु पालनमा उन्नती गर्न सकेका थिएनन् । तर अढाई दशक पछिका किसानको उन्नतीको कथा भने लोभलाग्दो छ ।

पछिल्लो समय पुर्वी पहाडी जिल्लाका किसानहरु पशुपालनमा आºनो भविष्य खोजीरहेका छन् । यो पेशामा युवा किसानको संलग्नता पनि बढ्दो छ । कृषि र दुग्ध उत्पादक सहकारी संस्था नै संचालनमा ल्याएर किसान व्यवसायीक दुध उत्पादनमा लागेका छन् । जिल्लामा अहिले ७ हजारका संख्यामा उन्नत जातका दुधालु गाईभैैंसी रहेको अनुमानीत तथ्याङक छ । दुध विक्रीवाट किसानले गाउ“मा मोटरवाटो खनेका छन् । छोरा छोरी वोडिङ स्कुलमामा पढाएका छन् । घरजग्गा खरीद गरेका छन् । ‘दुध र दुधजन्य पदार्थको विक्रीवाट किसानको कायापलट भएको छ’ व्यवसायीक गाईपालन कार्यान्वयन समिति लालिगुराँस नगरपालिका फुलेकका अध्यक्ष कमल खड्काले भने ।

गाउँमा दुध उत्पादन वढेको छ । दुध उत्पादक किसानलाई वजारको समस्या छैन् । तर बजारका उपभोक्ता भने पैसा तिरेर पनि आफुलाई चाहीए जती दुध खरीद गर्न पाउदैनन् । किसानले सिधै सहकारी मार्फत पुर्वी तराईमा रहेका डेरी उद्याेगलाई दुध विक्री गर्ने गरेकाले स्थानीय वजारमा दुधको हाहाकार छ ।

पैसा तिरेर पनि बजारमा दुध खरीद गर्न नपाईने गरेको म्याङलुङ वजारका विरेन्द्र कार्कीले बताए । पहिले बजारमा दुध विक्रीका लागि ल्याउने किसान अहिले गाउँघरमै खुलेका सहकारी संस्थामा विक्री गर्छन् । बजारमा विक्री गर्नु भन्दा सहकारी संस्था मार्फत दुध विक्री गर्दा किसानलाई बढी फाईदा हुने गरेको तीनजुरे दुग्ध उत्पादक सहकारी संस्था सोल्माका व्यवस्थापक महेश खनालले बताए ।

१२ वर्ष अघि गाउँमै छुर्पी उद्याेग संचालन गरेका उनले पछि यही छुर्पी उद्याेगलाई सहकारीमा परीणत गरे । अहिले उनले नेतृत्व गरेको सहकारीमा १ सय ११ जना किसान सदस्य छन् । यो सहकारीमा दैनिक ३ सय लिटर दुध उत्पादन हुन्छ । महिनामा दुध र दुधजन्य उत्पादनको विक्री वाट ५ लाख रुपैंया आमदानी हुने गरेको उनले बताए ।

फुलेक ९ चित्रेमा ०४५ सालमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दुध चिस्याउने केन्द्र संचालनमा ल्याएपछि जिल्लामा दुध उत्पादक कृषकको संख्या वढ्न थालेको हो । यहाँ जम्मा दैनिक जम्मा हुने २ हजार २ सय देखी २ हजार ५ सय लिटर दुध विराटनगर दुग्ध वितरण आयोजनाले लैजान्छ । आयोजनाले किसानलाई दाना दुवानीमा अनुदान, पशुको कृतिम गर्भधान, दुध चिस्याउने मेसिन खरीद, गाईमाई कार्यक्रम तथा पशुविमा जस्ता गतिविधिमा सहयोग गर्दै आएको आयोजनाका कर्मचारी बताउछन् ।

उत्पादीत दुध किसानले सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना विराटनगरको अलवा सुनसरीको झुम्का र तरहरामा रहेका नीजि डेरी उद्याेगलाई समेत विक्री गर्दै आएका छन् । पशु पालन व्यवसायलाई व्वसायीक बनाउन र दुधवाट किसानलाई आत्मनिर्भर वनाउन लालिगुरास नगरपालिकका विभिन्न वडाहरुमा गाई र भैंसी पालन पकेट क्षेँत्र कार्यक्रम नै संचालन गरीएको पशु सेवा कार्यालयका प्रमुख शिवजी प्रसाद दासले बताए । यी वडामा १ हजार ९ सय ७८ गाई र २ हजार ४ सय २२ दुधालु भैंसी किसानले पालेको कार्यालयले जनाएको छ ।

दुध विक्रीका लागि संकलन केन्द्र र राजमार्ग आसपास रहेका चिस्यान केन्द्र सम्म ल्याउन ढुवानी प्रमुख चुनौती रहेको किसानको गुनासो छ । दुध विक्री गरेर हिउदमा किसानले गाउँ गाउँमा खनेका मोटर बाटोमा समेत वर्षादमा ट्याक्टर समेत गुढ्न नसक्दा किसानले नोक्सान व्यहोर्दै आएका छन् । गाउ“मा प्रयाप्त मात्रामा पशु प्राविधिक नहुदा पशुमा सामान्य रोग लाग्दा समेत समयमा उपचार नपाउने गरेको किसानको गुनासो छ ।