पाल्पा/जुनसुकै असल अभिभावकको चाहाना र सपना हुन्छ आफ्ना सन्ततीले धेरै पढुन देश विदेशमा सबैले चिन्ने हुन् । त्यस्तै चाहाना र सपना बोकेका थिए माथागढी गाउँपालिका रुप्सेका काशीराम पाण्डे र सीता पाण्डेले । तर सन्ततीले नै आमा बुवाले देखेको सपना विपरीत काम गरे पछि पाण्डे दम्पत्तीको सपना भने सपनामै सिमित बन्न पुग्यो । उनिहरु भन्छन्, “चाहाना र सपना देखेर मात्र हुँदो रहेनछ भाविले पनि लेख्नु पर्दो रहेछ ।”

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]

पाण्डे दम्पत्तीका पुत्र तारा प्रसाद पाण्डेले १२ कक्षा सम्म अध्यन गरेका छन् । उनले आफ्ना आमा बाबुले देखेको सपना विपरीत काम गर्न थालेपछि आमाबाबुले उनको काम प्रति असहयोग गरे । उनलाई घर परिवार बाट मात्र नभई साथी भाई आफन्तले समेत सुरुवात गरेको काम प्रति कुदृष्टिले हेर्न थाले । तर आज भोलि उनको काम देखेर प्रसंसा गर्ने व्यतिक्ति कमै होलान् ।

पाण्डे सानै उमेर देखि नै सुचना र प्रविधिको खोजी गर्न रुचाउने गर्थे । यसै क्रममा पाण्डेले सुचना प्रविधिमा विभिन्न खोज अनुसन्धान गर्दै जादाँ एक टर्की नामको पंक्षी फेला पारे । यो पंक्षी नयाँ र लाभदायिक ठानेपछि उनले व्यवसायिक रुपमा काम गर्ने सोच बुने । तीन बर्ष अगाडी ५० वटा टर्कीको चल्ला पोखराबाट ल्याएर फर्म सञ्चालन गरेका पाण्डेले राम्रो आम्दानी गर्न सफल बनेका छन् । आज उनलाई त्यही टर्कीको फर्मले देश विदेशमा चिनिने अवसर सिर्जना भएकोमा आमा बाबुको सपना सार्थक भएको उनका बाबु काशीराम पाण्डले बताए ।

आफ्ना साथीहरुको समेत आलोचनाको पात्र बन्नु पर्दा खिन्न भएको मन आज भोली उत्साहित भएको पाण्डे बताउछन् । सुचना प्रविधिको माध्यमबाट औषधी उपचार बजार व्यवस्थापनका सबै जानकारी लिएका पाण्डेले यतिखेर तिन लट चल्ला हुर्कयाएर विक्री गरिसकेका छन् । यस बाट राम्रै आम्दानी गरेका पाण्डेले लुम्बिनी अञ्चलमा मै पहिलो पटक व्यवसायीक फर्म सञ्चालन गरेपछि टर्कीको फर्म हेर्न आउनेहरुको निकै भिड लाग्ने गरेको छ । टर्की १२ देखि १५ के।जी सम्म हुने गर्दछ ।

टर्कीको मासुमा चिल्लोपना अत्यन्त कम हुने भएकोले बजारीकरणका लागि निकै सहज भएको पाण्डे बताउछन् । टर्कीको बजार स्थानिय भन्दा काठमाण्डौ पोखरा भए पनि सहजै भएको पाण्डेले आफ्नो अनुभव सुनाए । पाण्डेले टर्की मात्र नभई १ हजार ५ सय वटा हासँ पनि पालेका छन् । उनले यस व्यवसायिबाट पनि राम्रै आम्दानी गर्न लागेपछि घर परिवार आफन्त साथीभाई र समाज बाटै राम्रै सम्मान र सहयोग मिलेको पाण्डेले बताए । काम र दामको खोजीमा शिक्षित युवाहरु खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् । थोरै मुल्यमा धेरै मेहनत गर्नु नेपाली युवाको बाध्यता र विडम्वना रहेको छ । तर पाण्डेले घरमै बसेर पाचँ देखि सात लाख रुपैया फर्मबाट आम्दानी गर्न सफल छन् ।

आफ्नै देशमा घर परिवार सँगै बसेर अर्थपार्जन गर्न पाउदा आनन्द लागेको पाण्डेले बताए । यसरी सरकाले कृषि व्यवसायलाई प्रोत्साहन गर्न भनि विभिन्न कार्यक्रम ल्याए पनि आफुले कुनै पनि सहयोग नपाएको पाण्डेले बताए । जिल्लामा रहेको जिल्ला पशु पंक्षी कार्यलयले कुनै सहयोग नगरेको उनले गुनासो गरे । उनले भने सरकारले कृषकलाई सरकारी सेवा सुविधा दिने कुरा कुरा मात्रै भएको बताए । तर अब स्थानीय तहबाटै सरकारी सेवा पाईने भएकोले पाईने आशा रहेको पाण्डेको जनाए । यस पटक गाउँपालिकाबाट कृषि क्षेत्रमा लागेका युवाको लगनशीलतालाई सम्मान गर्दै सहयोग गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । व्यवसायीक रुपमा टर्की पालन गरेको र मेहनत गरेको देख्दा आफु गौरवान्वित भएको उनकी आमा सिता पाण्डे बताउछिन् । विहान उज्यालो नहुदै टर्की फर्ममा पुग्दछन् , २ घण्टा टर्कीलाई दाना , पानी , स्याहार गर्दैमा वित्ने गर्दछ । आफ्ना छोराका साथीहरु कोही विदेशीएका छन् त कोही गाउँमै बरालीएका छन् । तर छोराले लगनशील र इमान्दार भएर काम गरेर राम्रै आम्दानी गरेकोमा आफ्नो सपना र चाहानाबाट पछुतो नभएको उनले बताइन् । यति खेर जिल्लामा युवावर्ग त्यत्तिकै बसिरहेका बेला ति युवाहरुका लागि गरेर के हुदैन भन्ने ज्वालान्त उहाहरण बनेका छन् तारा पाण्डे ।

हाम्राकुरा