धरान/विदेशको बिकल्पको रुपमा बराह नगरपालिका–७, राईटोलका गजेन्द्र राई, मदन राई, कृष्ण पौडेल, प्रकाश राई र पदम राईले गाउँमै रोजगार सिर्जना गरेका छन् । [caption id="attachment_61860" align="alignnone" width="1223"] तस्बिरः भोजराज[/caption] पाँचदेखि आठवर्षसम्म विदेश बसेका उनीहरुले २२ लाखको लगानीमा गाउँमै लेयर खुकुरा फार्म खोलेर ‘आफैले आफैलाई’ रोजगार सिर्जना गरेका हुन् । जहाँ ३ हजार लेयर (अण्डा दिने) कुखुरा पालेका छन् । गजेन्द्र ५ वर्ष साउँदी बसे । भूपू आर्मी मदन साउँदी र मलेसिया पुगे । कृष्ण दुईपटक गरेर ८ वर्ष मलेसियामा बसे । प्रकाश ओमन भने पदम मलेसिया बसेर फर्किएका हुन् । राइटोलका उनीहरु एकदुई महिनाको फरकमा विदेशबाट फर्किए । देशमै केही गर्ने सपना बोकेर आएका उनीहरुले लेयरबाट राम्रो आम्दानी भएको देखे । फार्म सुरु गर्नुपूर्व केही प्रतिनिधि फार्म चहारे । उत्पादन, आम्दानी सबै राम्रो देखेपछि लेयरमा हात हालेको कृष्ण बताउँछन् । ‘विदेश नजाने भन्ने सोचले फर्किएका थियौं ।’ कृष्ण भन्छन्, ‘अर्काको अण्डरमा कति काम गर्नु भनेर यहाँ आफै मालिक आफै नोकर भएका छौं ।’ पाँचजना पार्टनरमा पाँचदिनमा एकपटक फार्म सम्हाल्ने जिम्मेवारी आइलाग्छ । २०७२ चैत्रमा सुरु गर्दा १५ सय लेयर हालेका थिए । अहिले ३ हजार पु¥याएका छन् । ६ महिनापछि अण्डा उत्पादन हुन थालेपछि पुनः १५ सय लेयर थपे । अहिले सरदर १५ सय कुखराबाट १३ सय माथि अण्डा उत्पादन हुन्छ । ‘३ सय स्थानीय बजारमा खपत हुन्छ । बाँकी धरान र इटहरीको बजारमा पुग्छ ।’ गजेन्द्र भन्छन् । ४ कठ्ठा माटोमा फर्म छ । फर्म सुरु गर्दा गजेन्द्रले ‘बुढापाका’ हरुबाट खप्की पनि खाए । ‘यसले धान फल्ने खेत बिगा¥यो भनेर बुढापाकाहरुले भने ।’ उनी विगत स्मरण गर्दै भन्छन् । दुईवर्ष अघि सुरु गर्दा बराह–७ मा उनको मात्रै लेयरको फार्म थियो । अहिले दुईवटा थपिएका छन् । ‘धान खेत विगा¥यो’ भन्ने बुढापाकाहरु पनि अहिले सकरात्मक छन् । सिको गर्नेहरु बढ्दैछन् । फर्ममा आफै श्रम खर्चिन्छन् । ‘आफै लेवर गर्दा खेरी राम्रै फाइदा हुन्छ ।’ कृष्णले मुख खोले । उनका अनुसार एकजना बराबर मासिक ४० देखि ५० हजार रुपैयासम्म आम्दानी हुन्छ । ‘सुरुमा लगानी मात्रै चर्को हो । आफै काम गर्दा महिनामा ४०–५० हजार आम्दानी हुन्छ ।’ कृष्ण भन्छन् । दुईवर्षको अन्तरालमै उनीहरुको ऋण छिन्न लागेको छ । गजेन्द्र भन्छन्, ‘लगानी उठ्ने क्रममा छ । अवको चार महिनापछि उठ्छ ।’ अहिले उनीहरु विदेशमा भन्दा सन्तुष्ट छन् । ‘घर पनि रेखदेख हुन्छ । विदेश भन्दा यही धेरै सन्तुष्ट छु ।’ ८ वर्ष मलेसियामा विताएका कृष्ण भन्छन् । गजेन्द्रको जग्गा भए पनि उनीहरुले वार्षिक एक कठ्ठा बराबरको ४ मन धान दिने शर्तमा जग्गा लिजमा लिएका हुन् । राईटोल फर्मले चिनिने त्यो फर्म गाउँको नमुना बनेको छ ।