पूर्व पर्यटनमन्त्री एवम् नेकपा एमालेका पार्टी सचिवसमेत रहेका भीम आचार्य लामो समय पोलिटव्युरो सदस्यमासमेत रहेर काम गरिसकेका छन् । केन्द्रीय राजनीतिसँग पहुँच राख्ने आचार्य अहिले प्रादेशिक संरचना अनुसार मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा प्रदेश १ को सुनसरी क्षेत्र नम्बर १ खबाट प्रत्यक्ष तर्फ प्रदेश सदस्यमा उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीका विषयमा ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंशः तपाईको उम्मेद्वारी किन र के का लागि ? विगतमा मुलत संविधान बनाउनको लागि हामी चुनिएका थियोैं । बहुत कठिन परिस्थितिका बाबजुद संविधान निर्माण भयो । संविधानको कार्यान्वयनको प्रश्न अहम प्रश्न हो । संविधानमा व्यवस्था भएका जनताको मौलिक अधिकार सुनिश्चितता, देशको विकास र जनताको समृद्धि । यो अभियान हाम्रो पार्टीको मूख्य कार्यदिशा हो । त्यसका लागि बामपन्थीहरुको सरकार बनाउने । जुन खाल्को पछौटे पन छ त्यो सबैलाई समाप्त गर्दै सरकार बनाउने र कार्यान्वयन गर्ने जिम्मा अवको निर्वाचन हो । https://youtu.be/87B04BAA97s विगतको निर्वाचन र अहिलेको निर्वाचनको सिनारियो त्यसको फरक के होला ? विगतमा मूलत संविधान बनाउने भनेर निर्वाचन भाथ्यो । र, त्यसमा विभिन्न सेक्टरको मान्छेहरुलाई प्रतिनिधित्व गराउनको लागि हामी ठूलो संख्यामा जम्मा भएका थियौं । संविधान बनायौं । त्यो सिध्धियो । अहिले हाम्रो देशमा मूल समस्याको रुपमा राजनीतिक अस्थिरता छ । त्यसलाई टुंग्याउनको लागि पनि बामतालमेल गरेका छौं । भविश्यमा पार्टी एकिकरण गर्ने र बामगठबन्धनको सरकार बनाउने आर्थिक समृद्धि तर्फ अघि बढाउने उद्देश्य हो । तपाईविरुद्ध बागी उम्मेदवारी पनि छ भन्ने सुनिन्छ के छ ? बागी उम्मेदवार कोही छैन् । बागी थियो भन्ने कुरा थियो, फिर्ता भयो ? कस्ले हाल्नुभएको थियो । त्यो मलाई थाहा भएन । फिर्ता गर्नुभयो । एमालेको सुनसरी क्षेत्र नम्बर १ मा तीनजना आधिकारिक उम्मेदवार हौं । तपाईले आफ्नो क्षेत्रमा भूमिकै खेल्नु भएको छैन भनेर त्यहाँका जनता आक्रोसित छन् त्यस बारे के भन्नुहुन्छ ? त्यस्तो होइन् । मैले त स्वतन्त्र ढंगबाट रेडियो कार्यक्रमहरु सुन्दा हरेक मान्छेले विकास गरेको छ । काम भा’छ तर उ चाही ढिलो ढिलो आउँछ भनेर रेडियोमा सुन्नमा आउँछ । ४–५ महिनामा ४–५ महिनामा आफ्नो क्षेत्र जान्छु । आज पनि त्यही क्षेत्रमा पुगेर आएको हुँ । विकास भएको छ । अन्तमा भन्दा बढी विकास भाछ । केही पनि गरेन भनेर कसैले पनि भनेको छैन । म दावीका साथ भन्छु मैले जति कुनै पनि मन्त्रीले काम गरेका छैनन् । प्रदेश सरकार बन्दै छ । प्रदेश सरकारको मूख्य मन्त्रीको नाम आइरहँदा तपाईको मूख्यमन्त्रीमा तपाईको नाम पनि आइरहेको छ ? अव म पार्टीको सचिव भइसकेको मान्छे, केन्द्रीय कमिटीमा बसिसकेको मान्छे, पटक पटक सांसद भएको मान्छे । मान्छेले सोच्नु स्वाभिवक हो । अरु साथीहरुको दाबी हुनु स्वभाविक नै हो । तर पार्टीको सिनियारिटीको हिसावमा मूख्यमन्त्री हुन्छ, सभामुख हुन्छ । प्रदेश सभा निर्वाचनपछि पार्टीले बसेर समाधान गर्छौ । राजधानीको सन्दर्भमा तपाईको भनाई के छ ? राजधानीको कुरा अहिले भन्नु भन्दा पनि हामी प्रदेश सभा चुनेर आइसकेपछि सबैसँग सरसल्लाह गरेर, जनताको भावनामा ध्यानमा दिएर अघि बढ्छौं । त्यस्तै सबैको सहजतालाई ध्यानमा दिएर, संरचनालाई ध्यान दिन्छौं । मंसिर २१ को सन्दर्भमा तपाईको उम्मेदवारी र विजय हुने आधारहरु के के हुन सक्छन् ? के छ भने मैले हिजो गरेका काम, हामीले त्यो क्षेत्रमा कहिल्यै नभएका कामहरु गरेका छौं । तर, अझै हुन बाकी छ । अहिले ६ वटा मेन हाइवेहरु बन्दै छन् । धरान चतराको हाइवेको कालोपत्रे मैले गरेको हुँ । कान्छीचोकदेखि कञ्चनपुरसम्म, झुम्काबाट प्रकाशपुर पीच जाँदैछ । कोशीमा ठूला पूल हालेका छौं । खानेपानी, स्वास्थ्यचौकी, ४–५ वटा खेल मैदान, कभर्डहलहरु बनेका छन् । साना विकास कार्यक्रमहरु भएका छन् । काम भएन भन्ने कसैको गुनासो छैन् । काम गराईमा तपाई सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट त म छैन् । अझै धेरै काम गर्न छ । तर, म दाबीका साथ भन्दा अन्त भन्दा बढी काम गरेको छु । विषयलाई फरक मोडौं, एकाएक बामगठबन्धन जोडियो यसको औचित्य के हो यसको आयु के होला ? पहिलो कुरा त के हो भने विकासको लागि राजनीति र परिवर्तनको लागि शक्ति आवश्यक पर्छ । र, परिवर्तनशील शक्ति, केही गर्न सक्ने शक्तिको आवश्यकता महसुस भएर वाम तालमेल भएको हो । यो बामगठबन्धनमा मात्रै सिमित छैन् । पार्टी एकिकरण पनि हुन्छ । देशको आर्थिक विकासको लागि पनि यो गठबन्धन हो । दोस्रो कुरा यसअघि माओवादी र कांग्रेस मिल्दा लोकतान्त्रिक हुने र एमाले माओवादी मिल्दा अलोकतान्त्रिक हुने भन्ने नै होइन् । अहिलेको निर्वाचनलाई लोकतान्त्रिक भरसेज बाम गठबन्धन भन्दा पनि चाइना भरसेस इण्डिया गठबन्धन भनेर टिप्पणी गरिहेको अवस्था छ ? त्यो गलत हो । एउटा कुरा कांग्रेस गठबन्धनले आफूलाई लोकतान्त्रिक भनिरहेको छ, लोकतान्त्रिक त हामी हौं । दोस्रो कुरा चाइना भरसेज इण्डिया कुनै पनि हालतमा होइन । हाम्रा छिमेकी देश हुन् । दुबै देश चाहिन्छ । इण्डियासँग पनि उत्तिकै सम्बन्ध छ । चाइनासँग पनि उत्तिकै । त्यसमा पनि इण्डियासँग अझ बढी सम्बन्ध छ । हामी सार्वभौम देश हौं । भारतसँग हामी टाढा भयौं, चाइनासँग नजिक हुने त्यो हामी कहिले पनि गर्दैैनौं । छिमेकी देशहरुसँग असल सम्बन्ध राख्न चाहान्छौं । भारतसँग मात्रै निर्भर हुने, चीनसँग मात्रै भिर्भर हुने यो कुरा हुन हामी दिन्नौं । बामगठबन्धनले दुईतिहाई ल्याउने संखघोष गरिरहनु भएको छ त्यो सम्भव छ ? किन नहुनु । त्यही भएर त आत्तिरहेका छन् । देशका अधिकांस सिटीहरुमा एमालेले १५ हजार भोट ल्याको छ । माओवादीले ८ हजार भोट ल्याएको छ । कांग्रेसले १६ हजार भोट ल्याएर जितेको अवस्था छ । बाम विभाजन गर्दा भएको न हो यो । एक भयो भने त स्वतः बाम गठबन्धनले जित्छ । भनेपछि प्रदेश र प्रतिनिधि सरकार दुईतिहाई हुन्छ ? यति हो प्रत्यक्षमा हामी दुई तिहाई ल्याउँछौं । समानुपातिकमा दुईचार सिट तल माथि हुन सक्छ कि भन्ने लाग्छ । सुनसरी १ ख का जनतालाई के भन्न चाहानुहुन्छ ? १ ख लाई मात्रै हैन, सुनसरी भरी देशभरीको जनतालाई के भन्छु भने परिवर्तनको निम्ति, परिवर्तन मुलुकले चाहेको छ । जनताले चाहेको छ । देशको विकास, देशलाई समृद्धि ल्याउनु आवश्यक छ । बापपन्थीहरुको तालमेलबाट मात्रै सम्भव छ । त्यसकारण भोट दिएर जिताउन आग्रह गर्दछु ।