तरहरा/ इटहरीमा सञ्चालित महिला बचत तथा ऋण सहकारी संस्थामा लाखौँ रुपैयाँ हिनामिना भएको पाइएको छ । संस्थामा कार्यरत कर्मचारीहरूकै मिलोमतोमा विभिन्न शीर्षकमा लाखाँै अपचलन भएको पाइएको हो ।
सहकारीको रकममा कर्मचारीहरूले मनपरी गरको भन्दै सहकारीका व्यवस्थापक यशोदा सेनेलाई गत चैत २१ गते नै संस्थाले निलम्बन गरेको छ भने आपूmबाट गल्ती नै भएको भन्दै लेखापाल निरु श्रेष्ठले सहकारीलाई तिर्नुपर्ने सम्पूर्ण रकम तिर्ने भन्दै पदबाट राजीनामा दिएकी छन् । डिगमदेवी राईलगायत दोषी देखिएका अन्य कर्मचारीलाई पनि कारवाही गर्दै जाने संस्थाले बताएको छ । व्यवस्थापक तथा अन्य कर्मचारीहरूको मनोमानीका कारण संस्था डुब्न लागेको भन्दै छानबिन शुरु भएको हो ।
व्यवस्थापक सेनेले आन्तरिक नीतिअनुसार कर्मचारीहरूलाई दिन मिल्ने सहुलियत ऋण पटक–पटक आपूmले लिएर कर्मचारीहरूलाई पनि दिँदा संस्थालाई ५ लाख ९४ हजार ३६५ रुपैयाँ घाटा भएको लेखा परीक्षण प्रतिवदनले देखाएको छ । त्यस्तै व्यवस्थापक सेनेले आप्mनो ऋण आपैmँ स्वीकृत गरी लाखाँै रुपैयाँ कुनै सल्लाहविना चलाउने गरेको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।
सहुलियतपूर्ण ऋण ब्याज घटाएर लिँदा र संस्थाको नियमअनुसार सेवा शुल्क नलिई ऋण लगानी गर्दा ९२ हजार ३ सय ५५ रुपैयाँ क्षति भएको प्रतिवेदनमा उल्लेख छ । केही ऋणीले ऋण नतिर्दा लाग्ने जरिवाना ८९ हजार ९९ रुपैयाँसमेत नलिई संस्थालाई हानि पु¥याएर व्यक्तिगत फाइदा लिएको, त्यस्तै १ लाख २१ हजार रुपैयाँ पेश्की फस्र्योटको जरिवाना नलिएको र सञ्चालक समितिलाई झुक्याई ठगी गर्ने नियतले २१ लाख २० हजार रुपैयाँ लामो समययता दुरुपयोग गरिरहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । व्यवस्थापक स्वयम्ले र उनका नजिकका व्यक्तिहरूले लिएको ऋणसमेत १३.५ प्रतिशत ब्याज लाग्ने ठाउँमा सप्mटवेयरमा प्रविष्ट नगरी ७ प्रतिशतमा लगानी गरेको देखाएर मनपरी गरिएको प्रतिवेदनमा उल्लेख छ । एक स्रोतका अनुसार व्यवस्थापक सेनेले कर्मचारीहरूसँगको मिलोमतोमा सहकारीको झण्डै ९३ लाख रुपैयाँ बजारमा महङ्गो ब्याजमा लगाएकी थिइन् । हिनामिनाको खैलाबैला मच्चिएपछि उनले हतार–हतार केही रकम संस्थामा जम्मा गरेको स्रोतको भनाइ छ । बचत समूहकी उपाध्यक्ष तथा छानबिन समितिकी संयोजक मिनु न्यौपानेले भनिन्, ‘छानबिनका क्रममा केही त्रुटि भेटिएको हुँदा व्यवस्थापकलाई कार्यालय नआउन भनेका छौँ, अरू त्यस्तो केही हैन ।’ लेखासम्बन्धी विज्ञ आवश्यक पर्ने भएकाले छानबिनकै क्रममा रहेको न्यौपानेले जनाइन् । पछिल्लो समय धेरै शेयर सदस्यहरूले महिला बचतको हिनामिनाबारे चासो राख्न थालेका छन् । सहकारीकी अध्यक्ष अमृता सुब्बाले भने आर्थिक अपचलन देखिएको कारण कर्मचारीहरूलाई कारवाहीको प्रक्रिया अगाडी बढाईएको वताईन । छानविन समितिको प्रतिवेदनले भने व्यबस्थापक यसोदा सेने, डिगम देवी राई र निरु श्रेष्ठले पटक पटक ऋण लिएको देखिन्छ । सेनेले २०७१ साल देखि अहिले स २० लाख ५० हजार रुपैयाँ ऋण लगेको छानबिन समितिको प्रतिबेदनमा उल्लेख छ । राईले १९ लाख रुपैयाँ ऋण लगेको देखिन्छ । त्यस्तै श्रेष्ठले २० लाख ८७ हजार रुपैयाँ ऋण लगेको देखिन्छ । उता ब्यावस्थापक सनेले भने महिला बचत तथा ऋण सहकारी सस्थाले आफूलाई अन्याय पूर्ण तरिकाले कामबाट निकालेको वताईन । सस्थाको नियम अनुसार व्याज र साँवा बुझाँउदै आएको भएपनि रिसीइवीका आधारमा कारवाही गरेको उनको भनाई थियो ।