के को लागि पूर्वतिर आउनु भएको हो ? पारिवारिक काम व्यस्तताले आएको । बहिनीको बिहेमा आएको थिए । आफ्नो भएको छैन् नी ? अनफरचुनेट्ली भएको छैन । जोडी खोजिदिनुपर्छ कि क्या हो ? खोजिदिनुहुन्छ भने ठिक छ । नेवारी परम्परा अनुसार गर्ने हो । तपाईलाई पनि हाँसको अण्डा खान बोलाउला नी । काठमाडौंबासी भए पनि लवज त पूर्वकै जस्तो छ नी ? काठमाडौंको जस्तो छैन नी हगी । मैले अंग्रेजी स्कुलमा पढे पनि नेपाली स्कुलमा पनि पढे । त्यो भएर मेरो लवज नेवारी जस्तो नभएको होला । पारिवारमा पनि हजुरमुमादेखि सबैले नेपाली भाषामा पनि बोल्नु हुन्थ्यो । नेवारी पनि बोल्नुहुन्थ्यो । राधे कति औं फिल्म हो ? १२ औं भूमि हो । पहिलो भुमी अन्तराल हो । पहिलो मूभिको त नामै सुनिएन त कि मैले पो नसुनेको हो ? त्यो त कसरी भन्नु । टु वे होला । यतिका फिल्म रिलिज भए पनि दर्शकको मनमा बस्न सक्नु भएन नी ? खासमा पहिलो फिल्म खेल्दा चर्चित आर्टिष्टहरु कोही थिएनन् । सबै थिएटर आर्टिष्टहरु थिए । त्यही भएर पनि पहिलो फिल्ममा मेरो भूमिका राम्रै भए पनि दर्शकको मनमा बस्न सकिएन होला । तर, अन्य फिल्ममा राम्रै रेस्पोन्स पाएको छु । त्यो हिसावले तपाईले भनेजस्तो पनि नहोला । हिजोको नेपाली फिल्म र अहिलेको नेपाली फिल्मको धेरै पाटोहरु राम्रो बन्दै गइरहेको छ यो हुनुको पछाडीको कारण के हुन सक्छ ? हामी त धेरै पछाडी छौं, हिन्दी मुभीको तुलनामा । भाग्यको कुरा हामी धेरै पछाडी भए पनि चम्किरहेको छौं । सबैभन्दा त एजुकेसन पनि होला । अहिलेका पूस्ताहरु पढेलेखेका आउन थाले । र, अर्कोचाही हामी नेपालीहरु कहिले पनि हार मान्दैनौं । संकटकालमा पनि हार नमानीकन लगानीकर्ता, कलाकारहरुले नेपाली सिनेमा बनाउन लागि परिरहे । जसको नतिजा अहिले आएदै गएको छ । राधे चाही आशिस्मा नर्कमी हो ? हैन, राधे चाही यस्तो एउटा हराएको पात्र हो । जुन पात्रलाई खोजी गर्नको लागि विभिन्न तरिकाबाट हामी प्रस्तुत भएका छौं । त्यसमा म मानवअधिकारवादी महिलाको भूमिकामा देखिएकी छु । आशा कस्तो गर्नुभा छ फिल्मबाट ? आशा त भइनै हाल्छ । यो मूभि राम्रो होला भनेर हामी जुनसुकै फिलममा पनि आशावादी हुन्छौं । तर, पनि कति फिल्मलाई मन पराइदिनुहुन्छ । कतिलाई मन पराउनुहुन्न । यसमा पनि एकदमै आशावादी छु । हेरौं नतिजा के हुन्छ । फिल्म तिर चाही कसरी प्रवेश गर्नु भो ? म र मेरो परिवार । म फिप्थ जेनेरेसन हो । म मिडियाकर्मी छु । मेरो घरमा हजुरबुबा पुस्तादेखि संगीतमा रमाउथे । मेरो घरमा हरेक दिन १०–१५ जना मान्छेहरुको आउजाउ भइरहन्थ्यो । त्यही परिवारबाट हुर्किए । बेला बेलामा बुबाहरुले पनि कोरसमा गाउन भन्नुहुन्थ्यो । बेला बेला ल..ल..ल.. गर्थे । तर, साँच्चै भन्नुपर्दा मलाई गाउन आउदैन । म नेवारी भाषाको फिल्मबाट प्रवेश गरेकी हुँ । १६ वर्षको उमेरबाटै यो क्षेत्रमा प्रवेश गरे । प्रस्तुतीः भोजराज श्रेष्ठ