एउटा जमघटमा मित्र तथा पत्रकार विराट अनुपमले मन छुने कुरा गरे । भने –‘इटहरीको टेलरिङ व्यवसायमा भारतिय नागरिकको एक छत्र राज भइरेका बेला भाइसन बर्देवाले थालेको पेशाले केहि हद सम्म नेपालीले रोजगारी पाएका छन । म उनलाई सलाम गर्छु ।’
विभिन्न सामाजिक कार्यमा सक्रिय भएर लाग्ने । व्यवसायी, गीत, संगीतका स्रष्टा बर्देवाको कथा सँघर्षले भरिएको छ । मलिन स्वर, नम्र र भद्र स्वाभावका वर्देवा हेर्दा जति सहज र सरल छन्उति नै संघर्षले निखारिएका पनि छन् ।
आफैलाई रोजगारी खोज्न मुिस्कल पर्ने आजको समयमा अरुलाई रोजगारीका अवसर सृजना गर्नु कम चानचुने कुरा होइन् । स्वदेशमै रोजगारी नपाएर बुवा आमा र प्रियजनसँगै मातृभुमि चटक्क छाडेर विदेश हानिनु पर्ने देशको वर्तमान अवस्था प्रति लक्षित गदै विराटले भनेको कुराले चिमोटि रह्यो । र डो¥याएर वर्देवाको एन्जल टेलर्स पु¥र्यायो । महान चाड संघारमा आइसक्यो । कपडा बोकेर तांति लागेका ग्राहकले एन्जल टेलर्स भरिभराउ थियो । श्रीमती, छोरा र सहयोगीका साथ वर्देवा काममा तल्लिन देखिए । मलाई कुराको चुरो समाउन हम्मे हम्मे भयो । ०२६ सालमा जन्मेका वर्देवा परिवारका एक्ला छोरा हुन् । २ वहिनिका दाजु उनि वाल्यकालमा वुवाको कपडा सिलाउने पेशालाई आधुनिक तरिकाले कसरी अगाडि बढाउन सकिन्छ भनेर लागे । इटहरीको जनता माविबाट माध्यमिक तहको अध्ययन पुरा गरेका उनले उच्च शिक्षा लिन काठमाण्डौ पुुगे । त्यतिले नपुुगेर उनले हङकङमा समेत उर्जाशिल र सृजनशील समयलाई सदुपयोग गर्ने मौका पाए । आफ्नो अध्ययनको क्रममा घर बाहिर रहँदा उनले बुवाले गरेको पुख्र्यौली पेशालाई नमन गर्थे । बुवाको मेहेनत र श्रमले आप्mनो ज्ञानको दायरा फराकिलो भइरहेको कुरा उनले कहिल्यै भुलेनन् ।
अरु भन्दा फरक, कोमल मनका धनि वर्देवा साहित्य सृजनामा पोख्त छन् । उनले हरेक सृजना काममा तल्लिन हुँदै गर्दा गरेका छन् । मधुर गीत संगीतको धुनले उनको पसल जहिल्यै गुन्जयमान हुन्छ । उनको टेलर्स पुुग्दा साँच्चै मनमा छुट्टै आनन्द आउँछ । वुवाको पेशाले गर्जो टरेको छँदैछ । तर आप्mनो फरक सोचलाई स्थापित गर्ने सोच बोकेर उनले ०४७ सालबाट आधुनिक टेलर्सको स्थापना गरे । नाम नराखि शुरु गरेको उक्त टेलर्स नै पछि इटहरीको लोकप्रिय एन्जल टेलर्स बन्यो । ग्राहकसँगको सामिप्यता, मलिन व्यवहारले जो कोहिलाई आकर्षित गर्छ । त्यस पछि गुुणस्तरको कामले उनलाई आज यहाँ सम्म ल्याइपु¥याएको हो । कपडालाई आधुनिक तरिकाले डिजाइन गरेर चेहरा सुहाउँदो बनाउनु उनको शौख थियो । यहि कलाले गर्दा धरान र विराटनगर देखिका ग्राहक अहिले पनि उनको पसलमा आउँछन् । शुरुका दिनमा कोलकत्ता देखि कपडा ल्याएर थोरै नाफा राखि सिलाएर बेच्दा सस्तो र राम्रो देखिने हुन्थ्यो । यसले ग्राहकलाई उनि प्रति विश्वास मात्र दिलाएन, यसले दीर्घकालिन व्यवसायिको गोरेटो समेत खन्दियो । एउटा सानो काठको घरको कोठाबाट शुरुवात गरेको उनको व्यवसायले अहिले आधुनिक घरमा आधुनिक रंग पाएको छ ।
एक्लैले शुरुवात गरेको काममा अहिले दर्जन बढिले दैनिक रोजगारी पाएका छन् । सेवाग्राहिले ल्याएका कपडा सिलाउने मात्र होइन अब दोकानमै मन परेका कपडा छानि छानि आप्mनो रोजाईको डिजाइनमा सिलाउन मिल्ने व्यवस्था भइसकेको छ । आप्mनो पेशालाई अझै परिस्कृत गरेर लग्ने उनको सोच छ । ‘पेशा जुनसुकै होस् त्यसलाई पहिले राम्रोसँग बुुभ्mनुपर्छ ।’ वर्देवाले भने –‘ काम प्रतिको लगाव र सकारात्मक सोचले निरन्तर लागि रह्यो भने असफलता भन्ने कुरा हुँदै हुँदैन ।’ जोशिलो अभिव्यक्ति, आंटिला सम्वाद र मिजासिलो व्यवहारले जो कोहिलाई प्रभावित पार्न सक्ने क्षमता बोकेका वर्देवा युुवाका लागि प्रेरणाका स्रोत हुन् । विदेशमा दक्षता र पुँजी संकलन गरे पनि देश निर्माणका लागि पुँजी यहि परिचालन गर्नु पर्छ भन्ने सोच उनको छ । ‘युवाहरुमा समस्या भनेको काम प्रतिको विभेद हो ।’ स्वदेशमै प्रशस्तै सम्भावना रहेको देख्ने उनले भने –‘हामी यहाँ सानो भन्दा सानो काम गर्न लजाउँछौ र विदेश जान्छौँ । विदेशमा भने जुन सुकै काम गर्न पनि तयार हुन्छौ ।’पेशालाई आधुनिक रुप दिँदा मनग्य आम्दानी भएको छ । परिवार चलाउने देखि सन्तानलाई राम्रो शिक्षा दिन यहि पेशा काफि छ । विभिन्न सामाजिक काममा सहयोग गर्न उनले भ्याएकै छन् ।
इटहरीमा भव्य कर्पोरेट भवन बनाइसकेका छन् । अव उनको एउटा सोच छ एन्जल टेलर्सलाई विस्तार गर्ने । धरानका धेरै ग्राहक भएका कारण धरानमै पहिलो शाखा विस्तार गर्ने उनको योजना रहेको छ । उनले कपडा सिलाउने मात्र होइन, विभिन्न ब्राण्डका कपडा पसलमै राख्ने र ग्राहकले छानेर सिलाउन सक्ने व्यवस्था गरेका छन् । त्यस पछि मानिसलाई पहिरनका लागि चाहिने हरेक कुरा उनले राख्दै छन् । आप्mनो पसललाई ब्राण्ड बनाउन उनले आधुनिक रुप दिँदै छन् । त्यसका लागि इटहरीका युवाहरुले थप रोजगारी पाउने छन् । तर पहिलो जस्तो सीपले निखारिएका युवा नेपालमा पाइदैनन् । पाइए पनि लामो समय टिक्दैनन् । विदेश लागि हाल्छन् । बरु यो पेशामा सीप भरिएका व्यक्तिहरु भारत तिरबाटै आउँछन् ।
त्यहाकै ज्यामीले पेशा धानेको छ । कामदारको कमि हुन थाले पछि वर्देवाले आधुनिक मेसिन थपेका छन् । औजारको सहायताले काम गर्दा मान्छेको आवश्यकता कम भएको उनले बताए । गीतकारमा आप्mनो छुट्टै पहिचान बनाई सकेका वर्देवाका गीत रामकृष्ण ढकाल, कर्णदास, सपना श्री, सत्य, स्वरुप आचार्य लगाएतले गाइसकेका छन् । नेपाली संगीतलाई नजिकबाट प्रेम गर्ने उनले कला क्षेत्रको विकासमा केहि टेवा पु¥याउन सकिन्छ कि भनेर गीत सृजनामा लागि परेको बताउँछन् । आप्mनो व्यवसायिक पाटोबाट कला क्षेत्रमा केहि गर्न लागि परेका उनले आप्mनो बन्दै गरेको नयाँ घरमा नेपाली लोक संस्कृती झल्किने बाद्य साधनको सँग्रह गर्ने योजना रहेको बताए । उनको उक्त संग्रहालयमा पञ्चेवाजा, वाँसुरी, सारङ्गी, विनायो लगाएतका लोकवाजा संग्रहित हुनेछन् । मिलन बिछोड लार्इ यहाँ क्लिक गरेर फलो गर्नुहोस्