धरान । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि दल दर्ता भएको छ । प्रसाईं संरक्षक रहने गरी “नागरिक बचाउ दल नेपाल” निर्वाचन आयोगमा दलको रूपमा दर्ता भएको हो ।

पछिल्लो समय प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको संयोजक रहेका थिए । आइतबार निर्वाचन आयोगमा उनको दल दर्ता भएको हो । उक्त दलको सभापतिमा माधव खतिवडा (कल्पित) छन् । हाल उनको नेतृत्वमा २९ केन्द्रीय सदस्य रहने गरी आयोगमा दल दर्ता भएको हो । दल दर्तापश्चात् उनले भने, “हाम्रो दल दुर्गा प्रसाईंको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि हो । उहाँ संरक्षक रहनुहुन्छ ।” प्रसाईंलाई संरक्षकको रूपमा केन्द्रीय कमिटीबाट अनुमोदन गरिने उनले जानकारी दिए । पार्टीको चुनाव चिह्न ‘दुई पाइला’ रहेको छ ।