विराटनगर/पुस २४ गते शुरु हुने नेकपा एमालेको मोरङ जिल्ला अधिवेशनका लागि नेताहरुको दौडधूप बढेको छ । चुनावको तयारीमा जुटेका मुख्य दुई नेताहरु महेश रेग्मी र विनोद ढकाल अधिवेशनका प्रतिनिधिहरूलाई आप्mनो पक्षमा पार्न जिल्लाव्यापी प्रचारमा लागेका छन् ।पुस १० गते विराटनगरमा बसेको जिल्ला कमिटीको बैठकले सदस्यतासम्बन्धी विषय र त्यसका आधारमा निर्वाचित हुने प्रतिनिधि सङ्ख्याको टुङ्गो लगाउँदै पुस १६ गते प्रनिनिधिका लागि निर्वाचन गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार सबै गाउँ, नगर तथा विभिन्न भ्रातृ सङ्गठनहरूमा रहेका सङ्गठित सदस्यले शनिबार प्रतिनिधि छान्ने छन् । जिल्ला अधिवेशन नजिक आउँदै गर्दा एमाले मोरङमा चुनावी सरगर्मी पनि बढेको छ । आगामी अधिवेशनबाट अध्यक्ष बन्न वर्तमान अध्यक्ष रेग्मी र पूर्वअध्यक्ष ढकालले अनौपचारिक दावी प्रस्तुत गरिसकेका छन् । उनीहरुले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि आप्mनो गुटका सदस्यहरूमार्पmत् प्रचारलाई तीव्रता दिएका छन् ।अधिवेशनलाई आप्mनो पक्षमा पार्न अध्यक्ष रेग्मीले आप्mना सबैभन्दा विश्वासपात्रका रुपमा सहसचिव रुपेश खतिवडालाई क्रियाशील बनाएका छन् । उनले विद्या चाम्लिङ, सत्यनारायण चौधरी र पारुल क्षेत्रीलाई नजिकमा राखेर आगामी टीम बनाउने तयारी थालेका छन् । अघिल्लोपटक बलिया मानिएका उम्मेदवार ढकाललाई पराजित गरेका रेग्मीलाई आप्mनै टीमका सत्यनारायण चौधरीलाई आपूmसँगै राखिरहने चुनौती छ भने विद्या चाम्लिङ र रुपेश खतिवडामध्ये कसलाई सचिव बनाउने भन्ने निर्णय लिन गाह्रो परेको छ ।शिक्षण पेशामा रहेकी चाम्लिङ शिक्षक पदबाट राजीनामा दिएरै पार्टी राजनीतिमा होमिने तयारीमा पुगेपछि उपाध्यक्ष बनाएर समेट्ने रेग्मीको प्रयास असफल हुने देखिएको छ । यद्यपि सहयोगीहरूबीच सहमति बनाएर चुनाव जित्ने दाउमा उनी लागेका छन् ।
त्यस क्रममा अध्यक्ष रेग्मीले पार्टी सदस्यता वितरणमा ठूलो चलखेल गरेको आरोप प्रतिद्वन्द्वी पक्षबाट आएको छ । विराटनगर–५ मा १९ जना सदस्य एकाएक थप गरिएको भन्दै तीव्र विवाद भएको छ । टङ्किसिनुबारीमा पनि त्यस्तै विवाद देखिएको छ । रेग्मीका लागि प्रतिकूल देखिएको क्षेत्र नम्बर ७ को प्रतिनिधि निर्वाचनलाई आप्mनो पक्षमा पार्न सदस्यतामा जालसाँजी भएको आरोप अर्को पक्षले लगाएको छ । ढकाल पक्ष भने पार्टी प्रवेशको नाममा राजनीति नै नगरेका र नबुझेका गृहिणीहरुलाई सदस्य बनाएर अधिवेशनलाई प्रभावित पार्न खोजिएको भन्दै रुष्ट बनेको छ । नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेको भन्दै धमाधम सदस्यता बाँडिएपछि ढकाल पक्षले पत्र लेखेरै एमालेमा प्रवेश गरेका भनिएका सदस्यहरू माओवादीका सदस्य थिए–थिएनन् भन्ने जानकारीसमेत मागेको थियो ।उता अघिल्लो अघिवेशनमा रेग्मीसँग झिनो मत अन्तरले पराजित भएका नेता ढकाल एक कार्यकाल अध्यक्ष भएर राजनीति अघि बढाउने तयारीमा जुटेका छन् ।
उनले एकसरो जिल्ला भ्रमण सकेर चुनावी रणनीतिका लागि आप्mना सहयोगीहरूलाई परिचालन गरिसकेका छन् । ढकालले यसपटक सत्यनारायण चौधरीलाई उपाध्यक्ष तथा बाबुराम कार्कीलाई सचिव बनाएर पार्टीको नेतृत्व गर्ने योजना अघि सारेका छन् । यद्यपि वर्तमान सचिव तथा सभासद् ऋषिकेश पोखरेल र रामलाल साहलाई कसरी मिलाउने भन्ने समस्या उनलाई छ । कार्की र साह ढकालको टीमबाट सचिव पदका बलिया दावेदार हुन् भने सभासद् रेग्मी उपाध्यक्ष बस्ने अवस्थामा चौधरीलाई व्यवस्थापन गर्न गाह्रो पर्ने छ । चौधरी रेग्मीको टीमका सहयोगी भए पनि यसपटक गुट परिवर्तन गर्नसक्ने अनुमान गरिएको छ । त्यसो भएको खण्डमा ढकालले चौधरीको सहयोग गुमाउनुपर्ने देखिन्छ ।चौधरीले यति बेला दुवै गुटको साझा बन्ने प्रयास गरेका छन् । लामो समयदेखि माधवकुमार नेपालको पक्षमा रहेका चौधरी यो अधिवेशनमा साझा हुने भन्दै दुवै गुटको भेला र बैठकमा समान रुपमा उपस्थिति जनाइरहेका छन् । यसबाहेक युवा सङ्घका केन्द्रीय सचिव परशुराम बस्नेत र उनको टीमलाई मिलाउन पनि ढकाललाई यसपटक चुनौती देखिएको छ । विगतमा बस्नेतलाई ढकालले परिचालन गर्ने आरोप लाग्दै आएको थियो ।
यसपटक भने बस्नेत ऋषिकेश पोखरेललाई अध्यक्ष बनाउनुपर्ने पक्षमा लागेका थिए तर पोखरेलले यसपटक कार्यकारी भूमिकामा इच्छा नदेखाएपछि बस्नेत र उनको टीमको सक्रियता विगतको तुलनामा कम देखिएको छ । यद्यपि बस्नेतको समर्थन रेग्मीलाई हुने सम्भावना भने शून्य देखिएकोले त्यसको लाभ ढकाललाई नै हुने देखिन्छ ।करीब १२ हजार पार्टी सदस्य रहेको एमाले मोरङको जिल्ला अधिवेशनमा करीब एक हजार प्रतिनिधि छानिने छन् । भूगोलबाट प्रति ३० जना पार्टी सदस्यबराबर एक प्रतिनिधि तथा समावेशीतर्पm १५ जना सदस्यबराबर एक प्रतिनिधि छानिने छन् । विगतमा एमाले भ्रातृ सङ्गठन प्रेस चौतारी, अनेरास्ववियुलगायतलाई छुट्टै प्रतिनिधि कोटा दिने गरिएकोमा यसपटक हटाइएको छ । प्रतिनिधि सङ्ख्या र व्यक्तिको नापतौल हुँदा वर्तमान नेतृत्वले असुरक्षित ठानेका क्षेत्रहरुमा विगतमा दिइँदै आएको कोटा यसपटक खारेज गरिएको छ । यसबाट पार्टीनिकट पत्रकारहरू वर्तमान नेतृत्वसँग रुष्ट बनेका छन् । त्यसको लाभ पनि ढकालले लिनसक्ने अनुमान गर्नेहरू छन् ।