इटहरी/सुन्दरदुलारी–६ कि अकली चौधरी जेठाजुसँग पनि बोल्न मान्दिनथिन् । पूरुषसँगै बोल्नु हुँदैन भन्ने मान्यता थियो । हामी कुनै ठाउँमा आफ्नो नाम भन्नुप¥यो भने निकै अप्ठ्यारो मान्थ्यौं । ‘मलाई पहिलोपटक पुरुषसँग हात मिलाउँदा निकै अप्ठ्यारो महसुस भएको थियो ।’ हेफर इन्टरनेशलन नेपालका वरिष्ठ कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीसँग हात मिलाएको सम्झँदै उनले भनिन् ‘पहिलोपल्ट पुरुषसँग हात मिलाउँदा निकै डर पनि लागेको थियो, तर, म अहिले जेठाजुकै मोटरसाइकलमा पछाडि बसेर हिँड्छु ।’
चार वर्षअघि र अहिलेमा उनको मात्र होइन सुन्दरदुलारीका उनी जस्तै लैङ्गिक विभेदमा पारिएका महिलामा निकै परिवर्तन आएको छ । अकली अहिले सहकारी संस्थाको कोषाध्यक्ष पनि भइसकेकी छिन् । मेरा साथीहरु अब अह्राएको काम गर्न सक्ने भएका छन् । उनी जस्तै विष्णुमाया याख्खा, कमला तामाङ, सीता चौधरी जस्ता यहाँका महिलाले आर्थिकस्तर पनि बढाएका छन् ।यता, सुन्दर दुलारीकै छत्र श्रेष्ठ र उनकी श्रीमती लिला श्रेष्ठले पनि चार वर्षमा आर्थिक उन्नतिको बाटो पहिल्याए । साजीलाल उच्च माविको एक बिगाहा ७ कट्ठा जग्गा भाडामा लिएर कृषी पेशा गर्दै आएका यी दम्पत्तिले यतिबेला बाख्रापालन गरेर मनग्ने आम्दानी गरेका छन् ।
४३ हजार रुपैयाँ लगानीमा थालेको बाख्रापालन व्यवसायबाट उनीहरुले गएको एक वर्षमा एक लाख ८० हजार रुपैयाँको बाख्रा मात्रै बिक्री गरे । ‘डाले तथा भुइँ घासको बिउ र विरुवा गरी ९० हजार रुपैयाँ जतिको बेचियो होला’ छत्रबहादुर श्रेष्ठले भने ‘अहिले त बाख्रापालन बारेमा जानकारी गराउन सक्ने भएको छु ।’छत्रबहादुर श्रेष्ठका दम्पत्ति र अकली चौधरीको जस्तो उन्नति गर्नेहरुको सख्या सुन्दरदुलारी नगरपालिकाको साविक सुन्दरपुर खण्डमा प्रायः वस्तीमा पाउन थालिएको छ । हेफर इन्टरनेशल नेपालको सहयोगमा सामुदायिक विकासका लागि सहयोगी हातहरुको समूह (साहस)को योजनाअनुसार काम गर्दै जाँदा गाउँले नै यो सफलता हात पारेको हो । संस्थाका अध्यक्ष जीवनकुमार राईका अनुसार सुरुमा साविक गाविसमा जिविस मोरङमार्फत् ८५ वटा सामुदायिक संस्था गठन भए । उनीहरुले समूहमा बचत कार्यक्रमबाट आर्थिक जोहो पनि गर्न थाले । त्यस पछि हेफरले तीन वर्षका लागि साझेदारी ग¥यो । कार्यक्रम प्रभावकारी गर्न साविक गाविस हाल सुन्दरदुलारी नगरपालिका र स्थानीय सामाजिक संघसंस्थाले पनि सहकार्य गरे । उनका अनुसार साहसमार्फत् पशुपालनमा जोड दियौं । हामीले विमाको काम पनि ग¥यौं ।
अहिले समुदायमा आर्थिक उपार्जनका काममा पनि सहयोग गर्दै आएका छौं । साना व्यवसाय सुद्धृढीकरण परियोजनाअन्तर्गत आधारशिला, समूह व्यवस्थापन, उद्यमशिलता विकास लगायतका १०÷१२ खालका तालिम दिइन्छन् । उनीहरुको सामाजिक विकाससँगै हामीले आर्थिक उपार्जनमै जोड दिदै आएका छौं । हामीले उपहार कार्यक्रम अन्रतग १८ महिनामा आफूले बनाएको उपहार समूहमा पुनः उपहार गर्ने गरी साना पशु (बाख्रा र बङ्गुर) र नगदे बाली तथा तरकारी खेती गर्नका लागि विना व्याजमा धुम्ती कोषको रुपमा सहयोग गर्ने गरिएको छ । १८ महिना पछि साँवा रकम फिर्ता गर्नुपर्छ । पशुपालन र तरकारी खेतीमा कृषकले लगेको रकम १८ महिनाभित्रमा फिर्ता गर्दा हुन्छ । उपहार चक्र पूरा भएपछि आएको रकमको व्यवस्थापन तथा यसलाई निरन्तरता दिनका लागि हामीले सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्था दर्ता गरेका छौं । सहकारीले उपहार चक्र पूरा भएपछि सहकारीको नियमअनुसार लगानी गर्नेछ । अहिले यस सहकारीमा २५ सय बडी सदस्य हुनुहुन्छ ।
जिल्ला विकास समिति मोरङसहित आसपासका सामुदायिक वन उपभोक्ता समुह र स्थानीय संघ–संस्थाको सहभागितामा गरिएको यो कार्यक्रमले साविक सुन्दरदुलारीका २, ३, ४, ५, ६ र ७ नम्बर वडाका बासिन्दाले क्षमता विकास गर्नुका साथै आर्थिक आम्दानी पनि गर्न थालेको कार्यक्रम संयोजक इन्द्रकुमार तिम्सिनाले बताए । उनका अनुसार १५ सय ९३ परिवार संख्याबाट ९ वटा मूल समूह र ५२ वटा उपहार समूहमा संस्थाले कार्यक्रम सञ्चालन गरेको छ । पशुको उचित व्यवस्थापनमा जोड दिई सुन्दरदुलारीको बाख्राको उत्पादकत्वमा ५० प्रतिशत वृद्धि गर्ने लक्ष्य लिइएको पनि उनले बताए । साथै उत्पादनलाई बजारीकरणको माध्यमबाट परिवारको दिगो आम्दानी, पोषण र खाद्य सुरक्षामा सुनिश्चित गर्न पहल गर्ने कार्यक्रमको उद्देश्य रहेकोमा लक्ष्य अनुसारको उपलब्धी पनि आउन थालेको छ । सोही कार्यक्रमअन्तर्गत समूहले उत्पादन गरेका खसी, बाख्रा, प्रजनन् बोका, पाठी, घाँसको विउ विरुवा आदि समेत खरिद गरी बिक्री गर्ने काम सुरक्षा सामाजिक उद्यमी महिला सहकारीले गर्ने गरेको छ । जिउँदा खसी–बाख्रा तौलिएर जोख्ने प्रणालीको सुरुवात गरिएको छ । संस्थाकै सदस्य चन्द्रपकाश भट्टराईले उत्पादन भएका बाख्राको सहकारीमार्फत् बजारीकरण गर्नका लागि सहयोग गर्ने गरेका छन् ।कार्यक्रम संयोजक तिम्सिनाका अनुसार २ सय २५ परिवारलाई ४ सय ४९ वटा बाख्रा, ५४ परिवारलाई ५४ वटा उन्नत प्रजनन बोका र १ सय २० परिवारलाई २ सय ८५ बङ्गुर उपहार कार्यक्रमअन्तर्गत सहयोग गरिएको छ ।
यस्तै, ३ सय ५० परिवारलाई तरकारी तथा फलफूलको विउ विरुवा, वर्षमा दुई पटक साना पशुलाई नाम्ले जुकाको औषधी, तथा समय समय मा खोप कार्यक्रम समेत संचालन गरिएको छ । स्थानिय कुखुरालाई जुकाको औषधी तथा खोप समेत वितरण गरिएको छ । समुहलाई आधारशिला तालिम, स्वावलम्वी समूह व्यवस्थापन तालिम, महिला पूरुष समविकास तालिम, डाले तथा भूइ घाँस तालिम, उचित पशु व्यवस्थापन तालिम, पोषण शिक्षा तालिम, करेशावारी तालिम, उद्यमशिलता विकास तालिम , प्रजनन् स्वास्थ्या तथा एच.आइ.भी एडस् सचेतना तालिम पनि दिइने गरेको तिम्सिनाले बताए । कार्यक्रम अन्रतगत अहिले ४ हजार ५ सय बाख्रा पालन भएको र ४ सय ५० वटा सुधारिएको खोर निर्माण भएका पनि बताइएको छ । ६ महिनाको जिउँदो पाठीको औसत तौल ६ केजीबाट बढेर १६ केजी पुगेको तथा ९ देखि १२ महिनाको खसीको औषत तौल १५ केजीबाट बढेर २७ केजी पुगेको पनि कार्यक्रम संयोजक तिम्सिनाले बताए ।