yogeshहिन्दू धर्मावलम्बीहरुले बालाचतुर्दशीका दिन पितृहरूका नाममा विभिन्न  मन्दिरमा गएर सत्बीज छर्ने गरेका छन् । कतिपयले एक दिनअगावै कुनै तीर्थस्थलमा गएर पितृहरूका नाममा बत्ती बाली भजनकीर्तन गर्ने गरेका छन् । वराहक्षेत्रमा यस दिन पितृको उद्धार तथा आत्मकल्याणको कामना गर्दै विभिन्न धार्मिक  कार्यक्रम गर्ने तयारी भएको छ । वराहक्षेत्र  संरक्षण  मञ्चको आयोजनामा मङ्सिर १२ र १३ गते कार्यक्रम हुने वराहक्षेत्रका युवा पण्डित  योगेश  भण्डारी ‘वराहक्षेत्र’ ले बताए । यसै सन्दर्भमा पण्डित भण्डारीस“ग गरिएको कुराकानीको सम्पादित अंश

कस्ताकस्ता कार्यक्रम हुनेछन् ? पितृ उद्धार तथा आत्मकल्याणका लागि महाआरती ओमकार तथा शृङ्गार आरतीजस्ता कार्यक्रमदेखि भजन सन्ध्या, नृत्य तथा जाग्राम बस्ने जस्ता कार्यक्रमहरु छन् । यो विशुद्ध धार्मिक कार्यक्रम हो । दिवङ्गत पुर्खाको स्मरणमा उनीहरूका आत्माले उच्चगति प्राप्त गरोस्, हामीले उनीहरूबाट आशीर्वाद पाऊँ, हाम्रो मन–बुद्धि सत्कर्मतिर प्रेरित होओस् भनेर भगवान् र पुर्वजहरूसँग आशीर्वाद माग्ने कार्यक्रम हो । मङ्सिर १२ गते बेलुका माथि उल्लेखित सबै कार्यक्रम हुनेछन् । १३ गते त सत्बीज छर्ने हो । बालाचतुर्दशीकै पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गर्नुको मुख्य कारण के होला ? . बालाचतुर्दशी भनेको पुर्वजहरूलाई स्मरण गर्ने एउटा मुख्य दिन हो । त्यस दिन पुर्वजहरूले आफ्ना नाममा सन्तानले केही पुण्यका काम गरिदेलान कि भनेर आशा गरेका हुन्छन् । तसर्थ उनीहरूलाई हर्षित बनाउन हामीले कार्यक्रम गर्न यो समय रोजेका हौँ । बालाचतुर्दशीमा भक्तजनहरू कतिको आउने अनुमान गर्नुभएको छ ? भगवान् वराहले नै सर्वप्रथम पितृको नाममा सन्तानले केही गरून् भनेर श्राद्ध आदिजस्ता पितृको नाममा केही गर्ने परम्परा बसाउनुभएको छ । त्यसैअन्तर्गत बालाचतुर्दशी पनि पर्दछ । त्यस दिन वराहको मन्दिरमा पहिलोपटक यस्तो कार्यक्रम हुँदैछ । तसर्थ उल्लेख्य मात्रामा भक्तहरू आउनुहुने छ भनेर हामी आशावादी छौँ । वराहक्षेत्र संरक्षण मञ्च त आयोजक मात्रै हो । कार्यक्रमलाई सफल बनाउने भनेको त भक्तजनहरू नै हुनुहुन्छ । मञ्चले भक्तजनको सेवक बनेर सहयोग पु¥याउने छ । भक्तजनहरूलाई के आह्वान गर्नुहुन्छ ? बालाचतुर्दशीको पूर्वसन्ध्यामा १२ गते बेलुकी नै वराह मन्दिर प्राङ्गणमा पितृ उद्धारका लागि ओमकार, बत्ती, महाआरती, शृङ्गार आरती आदि प्रज्ज्वलन गरिने तथा १२ गतेको रात नै ख्यातिप्राप्त कलाकारहरूद्वारा गायन तथा नृत्य आदिको कार्यक्रम पनि हुने भएकाले ती सबै कार्यमा सहभागी हुन भक्तजनहरूलाई १२ गते नै आउन आह्वान गर्छौं । कार्यक्रमको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? यसलाई व्यवस्थित गर्न खासै समस्या भएन तर हामीलाई १२ गतेको व्यवस्थापन भने चुनौती नै हुने छ । त्यसका लागि आयोजकले स्थानीय प्रहरी चौकीसँग सहकार्य गरेर स्वयंसेवकको व्यवस्था गर्ने छ । स्वयं भक्तजनहरू पनि सेवाका लागि जुट्नुहुने छ । हामी मिल्यौँ भने सबै कार्य सहज हुनेछ ।

यसमा बृहत्तर वराहक्षेत्र विकास समितिको भूमिका कस्तो रहला ? कुनै पनि कार्य गर्न एकजना अघि सर्नुपर्छ । त्यस्तै यस कार्यक्रमको अगुवाइ वराहक्षेत्र संरक्षण मञ्चले गर्दैछ तर सहयोगी भूमिका त हरेक सङ्घसंस्थाको रहने छ र रहनुपर्छ । बृहत्तर विकास समितिले पनि हामीलाई हरेक कार्यमा सहयोग पु¥याएकै छ र यसपल्ट पनि पु¥याउने नै छ । अन्त्यमा केही भन्न बा“की छ ? सम्बन्धित निकायसँग सोधिदिनुहोला कि वराहक्षेत्रको बाटो बढाएर पिच गर्ने काम किन रोकिएको ? वराहक्षेत्रको गुरुयोजना बाहिर ल्याउन किन ढिलो गरेको हो ? कोशी नदीको कटानले वराहक्षेत्र जोखिममा छ ।

यसको रोकथामका लागि सम्बन्धित निकायले कस्तो योजना गर्दैछ ?

ब्लाष्ट पत्रिकाले वराहक्षेत्रको प्रचारप्रसारमा ठूलो भूमिका निर्वाह गर्दै आएको छ । यसपल्टको कार्यक्रमलाई सफल पार्न पनि सक्दो सहयोग पु¥याएको छ । यसका लागि म वराहक्षेत्र मन्दिर तथा संरक्षण मञ्चको तर्पmबाट ब्लाष्टप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सबै भक्तजनहरूसँग यसपल्टको बालाचतुर्दशी मनाउन १२ गते नै वराहक्षेत्र आएर पितृ उद्धारका लागि गरिने सबै कार्यक्रममा सहभागी भइदिन हार्दिक अनुरोध गर्दछु । प्रस्तुतिः विजय राई