राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औँ राष्ट्रपति हुने कल्पना शायद धेरैले गरेका थिएनन् । शक्तिशाली रिपब्लिकन पार्टीका वरिष्ठहरुलाई पछि पार्दै उम्मेदवार बनेका ट्रम्प राष्ट्रपतिको निर्वाचनमा सफल भए । उनको विजयले धेरैको अड्कल, मत सर्वेक्षण तथा क्लिन्टनको प्रभाव रहेको डेमोत्र्mयाटिक नेतृत्वमाथि नै चुनौती खडा गरिदिएको छ । ठूलो चुनौतीलाई पन्छाउँदै उनी ३२ करोड जनसङ्ख्या भएको अमेरिकालाई नेतृत्व गर्ने राष्ट्र प्रमुखको जिम्मेवारीमा आएपछि अब अमेरिकामा के हुन्छ भन्ने अड्कलबाजी शुरु भएको छ । अमेरिकाका ४५ औँ राष्ट्रपति ट्रम्पका चुनौतीहरु धेरै छन् । ७० वर्षे सेवा निवृत्त हुने उमेरमा उनीमाथि ठूलो जिम्मेवारी पनि आएको छ । राजनीति त्यति नबुझेका व्यापारमा समर्पित उनको जीवनका लागि यो नौलो अवसर पनि हो । निर्वाचन प्रचारताका केही विवादितसमेत भएका कारण उनले अबका दिनमा आप्mना बानी व्यवहारलाई पनि सुधारेर लानुपर्ने छ । ३२ करोड अमेरिकी मात्र होइन, विश्वले नै उनीबाट केही आशा र अपेक्षा पनि गरेको छ । त्यो अपेक्षा पूरा गर्नु उनको जिम्मेवारी हो । सबैलाई समान रुपमा मिलाएर लैजाने र सम्पूर्ण अमेरिकावासीको जीत भएको उनले आप्mनो पहिलो सम्बोधनमा जनाइसकेका छन् । अब डेमोत्र्mयाट र रिपब्लिकन सबैलाई मिलाएर अमेरिकालाई थप समृद्ध र सुरक्षित बनाउन लाग्ने जुन उद्घोष उनले गरेका छन्, त्यो व्यवहारतः लागू गर्न सके भने उनको कार्यकाल सुखद् हुनेमा दुई मत छैन । पूर्वाधार र बलियो अर्थतन्त्र निर्माणमा उनको प्रतिबद्धता आगामी दिनमा उनले गर्ने कामले देखाउने छ । दुवै प्रतिस्पर्धीले प्रतिबद्धता जनाएको हालसम्म ओझेलमा परेको अमेरिकी पूर्वाधारको आधुनिकीकरणसम्बन्धी विधेयक ट्रम्पको सफलतापछि पूरा हुने अपेक्षा गरिएको छ । विद्यमान् व्यवस्थासँग मेल नखाने दफामा संशोधनसहित राष्ट्रपति बाराक ओबामाले अगाडि सारेका स्वास्थ्य हेरचाह नीतिले पनि निरन्तरता पाउने हो वा ट्रम्पको सनकमा यो ओझेलमा पर्ने हो ? सबैमा चासो छ । अमेरिकी इतिहासमै पहिलोपटक महिलालाई प्रतिनिधित्व गर्दै प्रमुख पार्टीका तर्पmबाट राष्ट्रपतीय उम्मेदवारको मनोनयनमा परेकी ६९ वर्षीया क्लिन्टनमाथिको जीतसँगै ट्रम्पले राष्ट्रपतीय इतिहासमा कीर्तिमान स्थापित गरेका छन् । हालसम्म कुनै पनि राजनीतिक एवम् सार्वजनिक पदको अनुभव नभएका ट्रम्प पहिलो गैरसैनिक अमेरिकी राष्ट्रपति पनि हुन् । अब विश्वलाई अमेरिकाले हेर्ने चश्मा कस्तो हुने छ भन्ने चासोको विषय बनेको छ किनकि अमेरिकी नीतिमा थोरैमात्र तलमाथि हुनासाथ त्यसको असर विश्व अर्थतन्त्रमै पर्छ । सैन्य सन्तुलनमा फेरबदल आउन सक्छ । विश्व सम्बन्धका आयामहरू फेरिन सक्छन् । ट्रम्पको अमेरिकी ह्वाइट हाउस प्रवेशले धेरै ठूलो नकारात्मक उथलपुथलको आशा नगरौँ । कुनै पनि उच्च ओहदा सम्हालेपछि निर्णय लिँदा जिम्मेवार बन्नुपर्नेमा ट्रम्प पनि अनभिज्ञ छैनन् । अमेरिकाजस्तो पद्धतिबाट चल्ने राष्ट्रमा अराजक शैली पक्कै मान्य नहोला । सबैसँग सहकार्य गर्ने रअमेरिकालाई समृद्ध बनाउने सङ्केत उनको विजयपछिको पहिलो भाषणले पनि गरेको छ ।