सुनसरी बडिबिल्डिङ्ग संघकाे अध्यक्षमा अमन श्रेष्ठ चयन भएका छन् ।

साेमबार धरानमा भएकाे भेलाले उनलाई अध्यक्षमा चयन गरेकाे हाे । हाम्राे ब्यायामशाला धरानका सञ्चालक उनी यसअघि संघकाे सचिव थिए । 

त्यसैगरी उपाध्यक्षमा सन्तोष लिम्बु र युकेन्द्र राई चयन भएका छन् भने सचिवमा उत्तम खत्री, उपसचिवमा अनुप सुबेदी र कोषअध्यक्षमा झुना राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मिनु चाम्लिङ, रुपा तामाङ, मनोज राई,  निग्रोज श्रेष्ठ, देब साह, मनिष लिम्बु, सुरज श्रेष्ठ, अमर राई ( दिप), देउमान लिम्बु,  बिकि गोले र कौशल भगत प्रधानाङ्ग चयन भएका छन् ।

सुनसरी जिल्ला खेलकुद समितिका प्रमुख यादव कार्कीकाे प्रमुख आतिथ्यता र संघका पुर्व केन्द्रीय उपाध्यक्ष रने थेवेकाे उपस्थितिमा समिति चयन भएकाे हाे ।