चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितिले  ३ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रधान गरेको छ।

 संघको  २५ औं वार्षिकोत्सबको अवसरमा  सोमबार सुनसरी उघोग वाणिज्य संघ धरानको सभाहलमा आयोजित कार्यक्रममा  पत्रकार ब्लाष्ट टाईम्सका सम्पादक गोपाल दाहाल र नानो खबरका भिषण राईलाई  दोसल्ला ओढाएर सम्मान  गरिएको हो।

त्यसैगरी  पत्रकार पुरस्कारमा कपुरि न्युजका सुमित कार्की लाई ५ हजार २५ रुपैयाँ सहित सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद  विजय कुमार राईले चलचित्र क्षेत्रमा पत्रकारिता गरिरहेका पत्रकारलाई सम्मान गर्नु अत्यन्तै राम्रो काम गरेको बताउदै कोशी प्रदेशको  सरकार फेरबद्ल हुदै डेर बर्ष बितिको बताउदै अहिलेसम्म कुनै विकासको उपल्ब्धि काम गर्ने नसकेको बताए।

सांसद  राईले  तिनै तहको सरकारले चलचित्र क्षेत्रको विकासमा ध्यान दिए मात्रै यस क्षेत्रमा केहि उत्साहा मिल्ने बताए।  एउटा चलचित्रले  समाजमा भएका घटना र राज्य र सरकारले गर्ने गतिविधिलाई औलाएर सचेत बनाउले काममा महत्वपुर्ण भुमिका खेल्ने गरेको हुनाले  सरकारले समेत चलचित्र क्षेत्रमा ध्यान दिनु पर्ने  बताएका छन् उनले आफु सांसद भएको  हिसाबले  चलचित्र संघले आगमि बर्षमा गर्ने कार्यक्रममा  सहयोग गर्ने बताएका छन् ।

IMG20240520143756

 प्रदेश सांसद  मिना श्रेष्ठले पत्रकारहरुले कहिले काहि भएका – नभएका कुरालाई राम्रो अध्ययन नगरी लेख्नाले धेरैले बर्षौ देखि कमाएको इज्त र प्रतिष्ठालाई घुमाउने गरि लेख्रने पत्रकारहरु पनि छन्। तर पत्रकारले यर्थात धरातलमा उभिएर गरेको पत्रकारिता राम्रो सुन्नि र राम्रो लाग्ने हुदा अरुक्षेत्रका पत्रकार होस चाहे चलचित्र क्षेत्रका पत्रकार होस वास्तविक र तथ्यपुर्ण कुराहरुलाई संसारभर पुर्याउने काम गर्ने अनुरोध गरेकेछन्।

विशेष अथिति धरान उपमहानगरपालिका उपमेयर आईन्द्र बिक्रम वेघाले चलचित्र भनेको चल्ने चित्र रहेको  जसलाई  चलाउने शैली गलत भएको  कारण समाजमा यस्ले राम्रो नराम्रो दुबै पक्क्षलाई जोडेको हुन्छ। तर कहिले काहि नभएको घटनाहरुलाई भिड्यो र अडियोे मार्फत गल्त रुपमा प्रयोग गर्नाले समाजमा एक प्रकारकाको गलत भ्रम सिर्जना हुनाले पत्रकारहरुले  सहि सुचना बुझेर मात्रै लेखन अनुरोध गरेका छन् ।

उक्त कार्यक्रमा पत्रकार माहा संघका प्रदेश सचिव देवेन्द्र कार्की,केन्द्रीय सदय भिषण राई  चलचित्र पत्रकार संघ नेपाल कोशि प्रदेशका अध्यक्ष सन्जु राई , निवर्तमान  अध्यक्ष  तथा प्रदेश इन्चार्ज  नरेन्द्र बस्नेत, ईलाका प्रहरी कार्यालय प्रमुख मानप्रसाद राई, एस पि भिम दाहाल ,बरिस्ठ पत्रकार हर्ष सुब्बा र नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । 

 कार्यक्रमा चलचित्र संघ कोशी प्रदेशका सचिव सुवास संकल्प श्रेष्ठले सञ्चालन गरेका  हुन।