दमक वडा नम्बर –५ स्थित सानो प्रयास युवा समाजले दमक वडा नम्बर –२भालुखुडीस्थित सरस्वती आधारभूत विद्यालयका १ सय जना विद्यार्थीहरुलाई कापीकलम सहित विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ।


 संस्थाका अध्यक्ष छवि खतिवडाको अध्यक्षता  भएको उक्त कार्यक्रको कार्यक्रमको प्रमुख आतिथ्यता दमक वडा नम्बर–२ का वडा अध्यक्ष प्रजापति सापकोटा   रहेका थिए। कार्यक्रमको संचालन संस्थाका सचिव वाल चन्द्र कार्कीले गरेका थिए।सामाजिक कार्य अन्तर्गत संस्थाले विद्यार्थीलाई कापी, पेन्सिल लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको अध्यक्ष खतिवडाले बताए।

ती सामाग्रीहरु दमक वडा नम्बर –५ कि जनप्रतिनिधि शोभा खतिवडा, डा .मनोज शाह, ओम शान्ति डेन्टलका संचालक कमल गैरे, तथा संस्थाका पदाधिकारी र विद्यालयका प्रधानआध्यापक लगायतले हस्तान्तरण गरेका थिए।

समाज सेवा गर्ने उदेश्यले कोरोना कालमा स्थापना गरिएको सानो प्रयास नामक संस्थाले कोरोनाकालमा समस्यामा परेकाहरुलाई खाना खुवाउने, मास्क र सेनिटाइजर वितरण गर्ने काम गरेको थियो। साथै संस्थाले हरेक महिना कार्यक्रम गर्ने उद्देश्य सहित यस अघि दमक वडा नम्बर –९ मा अति विपन्न परिवारलाई झुल तथा शैक्षिक वितरण साथै अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए।