धरान । धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई निर्वाचन अभ्यास गराएको छ ।

सोमबार क्याप्टेन र सहायक क्याप्टेनको  निर्वाचन भएको हो । क्याप्टेन पदमा कक्षा ९ की निनाम्मा राई निर्वाचित भएकी छन् ।

यस्तै सहायक क्याप्टेनमा आस्था उदास निर्वाचित भएको निर्वाचन संयोजक नयनराज राईले बताए । उनका अनुसार स्कुलमा शैक्षिक सत्र २०८१ का लागि कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीले मतदान गरेका थिए ।

विद्यार्थीलाई पाठ्यक्रममा निर्धारित सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न निर्वाचन गरेको विद्यालयका निर्देशक गङ्गाराम राईले बताए । स्कुलका शिक्षक सुवास मोक्तानले बालबालिकालाई मतदानको ज्ञान दिलाउन कार्यक्रम गरेको बताए । निर्वाचनमा उम्मेदवारी दर्ता, मतदाता शिक्षा, भोट माग्ने, मतदान गर्ने, प्रतिनिधि तथा मतगणना गर्नेलगायतका अभ्यास गरेका थिए ।