[caption id="attachment_18481" align="alignright" width="500"]nmb उपेन्द्र पौडेल (प्रमुख कार्यकारी अधिकृत) एनएमबी बैङ्क लिमिटेड [/caption]

नेपालमा पछिल्लो समय निजी बैङ्कका शाखाहरु बिस्तार हुने क्रम बढ्दो छ । विभिन्न सुविधासहित बैङ्कले ग्राहकलाई आकर्षित गर्दैआएका छन् । यसै क्रममा एनएमबी बैङ्कले ‘एक घर एक खाता’ अभियान सञ्चालनमा ल्याएको छ । बैङ्कले सद्भावदूतका रुपमा सिने क्षेत्रका महानायक राजेश हमाललाई सहभागी गराएको छ । सोही अभियानका क्रममा इटहरी आएका एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलसँग अभियानका बारेमा बाबुराम सुवेदीले गरेको कुराकानीको सम्पादित अंश ।

एनएमबी बैङ्कले एक घर एक खाता अभियान ल्याएको छ, यसको उद्देश्य के हो ? –हाम्रो देशमा वित्तीय पहुँच एकदमै कम छ । कूल जनसङ्ख्याको ६० प्रतिशत मानिसले अभैmपनि बैङ्किङ कारोबारमा सहभागिता जनाउन सकेका छैनन् । हामीले हाम्रो बैङ्कका सेवालाई बिस्तार गर्ने योजनाअनुरुप पनि यो योजना ल्याएका हौं । हाम्रो उद्देश्य भनेको बैङ्कको प्रोडक्टलाई प्रमोट गर्नु पनि हो । आम सर्वसाधारणमाझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले पनि यो अभियान ल्याएका छौं । यो सँगसँगै हामीले शाखा तथा काउन्टर बिस्तार गर्ने योजनामा छौं । वित्तीय साक्षरता र पहुँचमा पनि मद्दत पुग्छ भनेर यो अभियान ल्याएका हौं । त्यसको लागि सिने क्षेत्रका महानायक राजेश हमाललाई अघि सारेका छौं । विशेषगरी नेपाली नागरिकलाई वित्तीय संस्थाबाटै आर्थिक कारोबार गराउने बानी बसाल्न, उनीहरुलाई बैङ्किङ साक्षरता दिलाउन र बैङ्कसम्म नागरिकको सहज पहुँच पु¥याउने अभिप्रायले यो अभियान ल्याइएको हो । अभियान अन्तर्गत बैङ्कका प्रतिनिधिहरु नागरिकको घरदैलोसम्म पुग्नेछन् र खाता नखोलेका नागरिकलाई बैङ्कसँग कारोबार गर्दा हुने लाभका बारेमा यथेष्ट जानकारी प्रदान गरेर उनीहरुलाई उनीहरुकै स्थानमा रहेर खाता खोलिदिनेछन् । यसले गर्दा दूरदराजका जनता समेत बैङ्किङ प्रणालीमा आबद्ध भई त्यसबाट आवश्यक फाइदा लिन सक्षम हुने हामीले विश्वास लिएका छौं ।

कहाँ कहाँ छ यो अभियान ? –हामीले पहिलो चरणमा पश्चिम नेपालमा यो अभियान चलायौं । त्यहाँको पब्लिक रेस्पोन्सले हामीलाई थप उत्साहित बनाएको छ । अहिले बिहीबार इटहरीबाट पूर्वमा यो अभियान शुरु गरेका छौं । पूर्वका विभिन्न स्थानमा यो अभियान निरन्तर रुपमा अघि बढ्नेछ ।

तपाईं लामो समयदेखि बैङ्किङ क्षेत्रमा हुनुहुन्छ, नागरिकमा वित्तीय पहु“चको अवस्था कस्तो छ ? –बैङ्किङ क्षेत्र जसरी अघि बढेको छ । अरु क्षेत्र त्यसरी नै बढेको भए नेपालमा धेरै विकास भइसक्थ्यो । १९८० को दशकबाट बैङ्किङ क्षेत्र अघि बढेको छ । बैङ्कका सेवाहरु पनि बढ्दै गएका छन् । त्यो बेलाको अवस्था भन्दा अहिलेको अवस्थामा निकै विकास भएको छ । अहिले कुन बैङ्कबाट बढी सेवा पाउन सकिन्छ, त्यो बैङ्क रोज्ने समय आएको छ । पहिले ग्राहकले बैङ्क धाउनु पर्ने अवस्था थियो भने अहिले बैङ्क आपैंm ग्राहककोमा सेवा दिन जाने अवस्था सिर्जना भएको छ । त्यसको साथै पूर्वाधारमा पछिल्लो समय बैङ्कहरुले प्रविधिमा पनि उत्तिकै लगानी गरिरहेका छन् । बैङ्क व्यवसायीकरण भएको छ । बैङ्कहरुले सुविधा बढाएसँगै ग्राहकलाई सजिलो हुँदै गएको छ । आज इन्टरनेशलन बैङ्किङ प्राक्टिससँग काँधमा काँध मिलाएर जाने अवस्था पनि सिर्जना भएको छ, तर प्रविधिमा मात्रै कमी हो ।

एनएमबी बैङ्कका शाखा कति छन् ? –नेपालमा हामीले अहिलेसम्म ७१ वटा शाखा बिस्तार गरिसकेका छौं । एक घर एक खाता अभियानले पनि अब हाम्रा ग्राहक बढ्ने क्रममा छन् । उनीहरुलाई सेवा दिनका लागि हामीले शाखा वा काउन्टर बिस्तार गरेर सेवा दिने तयारीमा छौं । हामी राष्ट्र बैङ्कको नियम अनुसार ८ अर्ब रुपैयाँ पूँजी पु¥याउने तयारीमा छौं । त्यसको लागि विदेशी बैङ्कले पनि लगानी गरेका छन् ।

तपाईंले बैङ्कर एशोसिएसनको समेत नेतृत्व सम्हाली सक्नु भएको छ । पछिल्लो समय बैङ्कहरु मर्ज हुने क्रममा छन् । यसले ग्राहकलाई असर त गर्दैन ? –बैङ्क मर्ज हुँदा ग्राहकलाई कुनै समस्या पर्दैन । वित्तीय सुरक्षा अझ मजबुत हुन्छ । ग्राहकलाई सेवा दिने कुरामा बैङ्क सचेत हुनुपर्छ । बैङ्क मर्जर हुनुपर्छ भनेर राष्ट्र बैङ्कमा कुरा उठाउने व्यक्ति म हुँ । बैङ्कले सेवा दिनका लागि आइटीमा लगानी गर्नुपर्छ । सबै कुरालाई समेटेर सेवा बिस्तार गर्न सकियो भने मर्जरले कुनै अप्ठ्यारो पर्दैन । राष्ट्र बैङ्कले सम्पूर्ण वित्तीय क्षेत्रलाई कुनै न कुनै पक्षबाट निगरानी गरीनै रहेको हुन्छ । कुनै पनि बेला राष्ट्र बैङ्कले हस्तक्षेप गर्ने हुँदा ग्राहकलाई असर गर्दैन ।

यो अभियानका बारेमा थप योजना के छन् ? –नेपालको बैङ्किङ क्षेत्रमा अग्रणी स्थान ओगट्दै नेपाल र नेपालीको समग्र विकासका लागि अग्रसर एनएमबी बैङ्कले देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्यका साथ सबै नेपालीको बैङ्कमा एउटा खाता खुलाउने अभियान अघि सारेकोे हो । एक घर एक खाता भन्ने नारा बोकेको यस अभियानको प्रारम्भ भइसकेको छ र अभियानसँग प्रवद्र्धक दूतका रुपमा नेपाली चलचित्रका महानायक राजेश हमाल आवद्ध हुनुहुन्छ । एक घर एक खाता अभियानलाई देशभर पैmलाउने सन्दर्भमा बैङ्कले यो अभियान पश्चिम नेपालमा सफलतापूर्वक सम्पन्न गरिसकेको छ र अबको गन्तव्य पूर्वी र मध्य नेपालतर्पm केन्द्रित गरेको छ । यस क्षेत्रका बासिन्दामाझ अभियानलाई तीब्र बनाउने क्रममा बैङ्कले वित्तीय कारोबार सम्बन्धमा तयार पारिएको सडक नाटक प्रस्तुत गर्नेछ । यसैगरी अभियानका सद्भाव (प्रवद्र्धक) दूत महानायक हमालद्वारा आत्मनिर्भर नेपालको लागि हरेक नेपालीको आर्थिक समावेशीताका सम्बन्धमा आवश्यक जानकारी र नागरिकको घरदैलोसम्म पुगेर एक घर एक खाताको महत्वका बारेमा प्रकाश पारी खाता खोल्न प्रेरित गर्नु हुने कार्यक्रम छ । यो अभियान पूर्व नेपालको इटहरी, लेटाङ, पथरी, उर्लाबारी, दमक झिलझिले र भद्रपुरलाई लक्षित गरी सञ्चालन गरिनेछ । नागरिकको आँगनसम्मै पुगेर वित्तीय साक्षरता प्रदान गर्दै बैङ्कमा नागरिकको सहज पहुँच दिलाउने यसप्रकारको यो नै एकमात्र अभियान हो । एनएमबी बैङ्कको यस अभियानलाई सफल बनाउने कार्यमा सबै पत्रकार मित्र, आम सर्वसाधारण र सञ्चार माध्यमको साथ सहयोगको अपेक्षा राखेका छौं ।