hulaki-margaधरान/‘छिर्लिङ छिर्लिङ’ आवाजसँगै दर्गुने हुलाकीको अस्तित्व जति सङ्कटमा परेको छ, त्यति नै हुलाकीको नाममा निर्माण भएको ‘हुलाकी मार्ग’ समेत लोप हुँदै गइरहेका छन् ।धरान–धनकुटा डाँक लाइन लगभग समाप्त भइसकेको छ भने धरान–चतरासम्मको डाँक लाइनको अवस्था पनि उस्तै छ । धरान–चतरा हुलाकी मार्गको अस्तित्व मात्रै बाँकी छ । हुलाकी मार्गभन्दा धेरै पछि बनेका सडकहरुले पटक–पटक रङ्ग फेरिसकेका छन् तर हुलाकी मार्गको पहिचान भने मेटिँदै गइरहेको छ । २०३८ सालसम्म हुलाकीहरु डाँक बोकेर धरान–चतरा हुँदै भोजपुरसम्म पुग्ने हुलाकी मार्ग अहिले आंशिक प्रचलनमा मात्रै छ । राणाकालीन अवस्थामा विजयपुर शाखा हुलाकबाट बोकेको डाँक धरानदेखि चतरा चौकीसम्म एउटा हुलाकीले पु¥याउँथ्यो, त्यहाँबाट अर्को हुलाकीले भोजपुरसम्म । शाखा हुलाक २०३० सालदेखि जिल्ला हुलाकमा परिणत भइसकेको छ । हुलाकीले घुँगरुको लौरो बोकेका हुन्थे । अघिल्तिरको भाग भाला आकारमा हुन्थ्यो भने टेक्ने भागमा घुँगरु बाँधिएको हुन्थ्यो जसबाट आवाज निस्कन्थ्यो । डाँक बोक्ने हुलाकीले त्यो लौरोबाट आवाज निस्कने गरी दुगुर्नुपथ्र्यो । ‘त्यो घुँगरु बज्नुपथ्र्योे अनि मात्रै हुलाकी आयो भन्ने सङ्केत हुन्थ्यो’, २०३४ सालदेखि विजयपुर हुलाकमा रहेका नायव सुब्बा रमेश घिमिरे भन्छन्, ‘हुलाकीले कुद्नु पथ्र्यो ।’छिर्लिङछिर्लिङ आवाज आएपछि हुलाकी मार्गमा हिँड्नेहरुले हुलाकीलाई बाटो छाड्थे । त्यस बेला त्यो आवाजले एम्बुलेन्सको साइरनभैmँ काम गथ्र्यो । हुलाकीहरु ‘खबरदार, खबरदार’ भन्दै हिँड्थे । ‘पछिल्तिर कुम्लो बोकेका हुन्थे’, हुलाकी मार्गमै ७३ वर्ष जीवन बिताएका धरान–१७ का डम्बरबहादुर भट्टराई भन्छन्, ‘बाटोमा कसैले छेक्न सक्दैन थे । उनीहरुलाई अधिकारै हुन्थ्यो क्यार ।’उनका अनुसार त्यस बेला धरान–चतराको यो सडक मात्रै प्रख्यात थियो । ‘मैले जानेदेखि हुलाकी र गोरुगाडा हिँड्थे । हुलाकीहरु डाँक बोकेर हिँड्थे । त्यहीँदेखि नै यो नामले यो मार्ग प्रख्यात छ ।’ उनले भने । तर सबैभन्दा पुरानो सडकको अवस्था जीर्ण मात्रै हैन, लोप हुन लागेकोमा भट्टराई चिन्तित छन् । ‘यो मार्ग हुँदा धरानमा अर्को कुनै मार्ग थिएन । अहिलेजस्तो चारैतिर सडक थिएन । चतरा पुग्न यही मात्रै एउटा सडक थियो’, उनी भन्छन्, ‘तर यो सडकको नामनिसानै अहिले हराउलाजस्तो भइसकेको छ ।’यस्ता हुलाकी सडकहरु यतिखेर लगभग समाप्त भइसकेका छन् । धरान–धनकुटासम्मको डाँक लाइन अहिले जीर्ण मात्रै हैन, लोप भइसकेको छ । नायव सुब्बा घिमिरे भन्छन्, ‘त्यो बेलाको प्रख्यात बाटो थियो । अहिले निसानै हराइसक्यो । २०३८ सालदेखि डाँक बोकेर हुलाकीसमेत हिँड्न छाडिसके । त्यो पद नै अहिले बिस्तारै हराइसक्यो । ’उनका अनुसार धरानबाट हिँडेको डाँक चिउरीबास चौकी, साँघुरी चौकी, लेउतीफेदी चौकी, मूलबास चौकीपछि मात्रै धनकुटा पुगिन्थ्यो । त्यहाँबाट सङ्खुवासभा, तेह्रथुमसम्म धरानबाटै डाँक छुट्थ्यो । त्यो बेलामा साँघुरी चौकी यति प्रख्यात थियो कि त्यहाँ भेडेटारभन्दा ठूलो बजार थियो । बजारमा भीडभाड हुन्थ्यो । हुलाकी मार्गकै कारण साँघुरी छोइनसक्नु थियो तर अहिले साघुँरी नाम मात्रैमा सीमित छ । त्यसको पहिचान समाप्त भइसकेको अनुभव उनको छ ।त्यस बेला हुलाकीलाई सम्पूर्ण अधिकार दिइएको हुन्थ्यो । डाँक लुटेमा कसैको ज्यान गए हुलाकीलाई छुट हुन्थ्यो । उसले कुनै पनि किसिमको कारवाहीको भागिदार बन्नु पर्दैनथ्यो । ‘त्यतिसम्मको अधिकार दिइएको थियो ।’ उनी भन्छन् । लठ्ठीमा बाँधिएको घुँगरु बजेपछि हुलाकी आयो भनेर सबैले बाटो छाड्थे । ३ फिटे सो लठ्ठी अहिले प्रयोग नहुने उनी बताउँछन् ।१९३५ सालमा राणा प्रधानमन्त्री रणदीपसिंह शमशेर जबराको पालामा हुलाक घर स्थापना भएको थियो । हुलाकको विकास इजरायलबाट भएको मानिन्छ । इसापूर्व एक हजार वर्ष पहिलेदेखि इजरायलका राजा सलमानले शिवाकी नामकी रानीसँग चिठ्ठी आदानप्रदान गरेपछि यसको थालनी भएको मानिन्छ । नेपालमा १९३८ सालमा हुलाक टिकट प्रारम्भ भएको थियो । स्थापनाको सय वर्षसम्म सो लठ्ठीको प्रयोग भइरहयो । २०३८ पछि भने लठ्ठीको प्रयोग हट्यो । गाडीघोडा कुद्न थाले । गाडीघोडा नै डाँक ल्याउने–लाने साधन बन्न थाले । पहिले चिठीपत्रदेखि पैसा र राजाको खान्कीसमेत बोक्नुपर्ने बाध्यता हुलाकीलाई हुन्थ्यो । ‘त्यो बेला सबै काम हुलाकबाटै हुन्थ्यो’, नायव सुब्बा घिमिरे भन्छन्, ‘कतिसम्म भने राजाको कहीँ सवारी हुँदैछ भने खाजाखानासमेत डाँकमै बोकिन्थ्यो ।’ कुनै बेलाको प्रख्यात हुलाकको काम अहिले पत्रिका बोक्ने र बैङ्कको पत्र बोक्नेमै सीमित छ । एउटा डाँक बोकेर हुलाकी बिहान जाने बेलुका फर्किने गर्दथे । उनीहरुलाई चौकी–चौकी तोकिएको हुन्थ्यो । त्यसैअनुसार डाँक बोकेर फर्किन्थे । अहिले पनि धरान–चतरा हुँदै वराहक्षेत्र, मचुवा, हतुवारानीबास, घोडेटार हुँदै भोजपुर पुग्ने हुलाकी मार्ग मात्रै प्रचलनमा छ । वराहक्षेत्रसम्म सवारीमा डाँक ओसारपसार हुन्छ भने त्यसभन्दा माथि हुलाकीले डाँक बोकेर हिँड्छन् तर लठ्ठी भने प्रयोगमा छैन । हुलाकीको कारण आंशिक प्रयोग भए पनि यो मार्ग लोप हुँदै गइरहेको छ । भोजपुर पुग्न सवारीहरु चलेसँगै वराहक्षेत्र हुँदै भोजपुर पुग्ने हुलाकी मार्ग खासै प्रचलनमा नभएको स्थानीयको कथन छ ।‘त्यो बेला धरान–चतरा हुलाकी मार्गभन्दा अर्को मार्गै थिएन ।’ धरान–१७ का अर्का अग्रज दुर्गाबहादुर भट्टराई भन्छन् । ७० वर्षीय भट्टराई मुख्य हुलाकी मार्ग ओझेलमा परेकोमा चिन्तित मात्रै देखिएनन्, राज्यले बेवास्ता गरेकोमा उनले गुनासोसमेत पोखे । भन्छन्, ‘उ बेला घनघोर जङ्गल हुँदा यही एउटा मात्रै मार्ग थियो । त्यो बेला नखुलेका बाटाहरु पिच भए, यो चाहिँ जस्ताको त्यस्तै छ ।’ बच्चादेखि नै हुलाकीहरु ‘खबरदार खबरदार’ भन्दै हिँडेको सुनेका उनी छिर्लिङछिर्लिङ आवाज आउनेबित्तिकै डराउँथे । तर त्यही बाटो अहिले जीर्ण छ । ‘स्थानीय मिलेर ड्रेन बनाएका छौँ ।’ उनी भन्छन् । उनका अनुसार बजेट छुट्टियो भनेको सुनिन्छ तर अहिलेसम्म बाटो नबनेको देख्दा स्थानीय चकित परेका छन् । भट्टराई दाजुभाइ हुलाकी मार्गहरुलाई राज्यले नै बजेट विनियोजन गरेर अस्तित्व बचाइराख्नुपर्ने तर्क गर्छन् । नायव सुब्बा घिमिरेको तर्क पनि उस्तै छ, ‘जसरी राज्यले प्रयोगमा ल्याएको थियो, त्यसरी नै प्रयोगमा ल्याउन केही न केही पहल गर्नुपर्छ । अन्यथा हुलाकी मार्ग थियो रे भनेर केटाकेटीलाई कथा सुनाएभैmँ हुन्छ ।’