bp-dasविजयपुर/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालित लाइफ केयर फार्मेसीले कतिपय औषधिहरुमा सिन्डिकेट चलाएको आरोप अन्य व्यापारीहरुले लगाएका छन् । निकै वर्षदेखि लाइफ केयरको सिन्डिकेट सहँदै आएका अन्य व्यवसायीले कतिपय औषधिमा सिन्डिकेटभैmँ गरेर बिरामीलाई दुःख दिने गरेको सुनाए ।

अप्रेशनमा प्रयोग हुने औषधिहरु लाइफ केयरमा नकिनेकै कारण अन्य औषधि पनि बिरामीलाई नदिने गरिएका धेरै घटना भएको सुनाउँदै एक व्यापारीले भने, ‘बिरामीलाई लाइफ केयरमै औषधि किन्नुपर्ने बाध्यता हुन्छ ।’ तत्काल आर्थिक अभाव हुँदा कतिपय बिरामीका आफन्तले प्रतिष्ठानबाहिरका पसलहरुबाट उधारोमा औषधि किन्ने गरेका छन् ।

‘कतिपय औषधि लाइफ केयरमा मात्र हुन्छ’, एक औषधि पसल सञ्चालकले भने, ‘त्यस्तो अवस्थामा लाइफ केयरमा अप्रेशनका सबै औषधि नकिने भएको औषधि पनि छैन भनेर फर्काउने गरिएको छ ।’ यसैबीच प्रतिष्ठानले लाइफ केयरलाई कात्तिक २८ गतेभित्र प्रतिष्ठान छाड्न पत्राचार गरिसकेको जनाएको छ । यस विषयमा जानकारी लिन लाइफ केयरका सञ्चालक चेतन अग्रवालसँग गरिएको सम्पर्कको प्रयास सफल हुन सकेन ।

प्रतिष्ठान आफै फार्मेसी चलाउने अन्तिम तयारीमा छ

प्राडा बलभद्रप्रसाद दास, उपकुलपति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

लाइफ केयरलाई प्रतिष्ठानले हटाउन नसक्नुको कारण के हो ? लाइफ केयरको समय सकिन लाग्दा सरकारले सरकारी अस्पतालले आपै औषधि पसल सञ्चालन गर्नुपर्ने निर्णय गर्दै हामीलाई पनि पत्र पठायो । लाइफ केयरको समय सकिएपछि अर्को टेन्डर गर्ने कुरा आएन । प्रतिष्ठान आपैmँले औषधि पसल सञ्चालन गर्न त्यसको तयारी पनि थिएन । प्रतिष्ठानले तयारी गर्दै लाइफ केयरलाई पनि कोठा खाली गर्न पत्राचार गरेका थियौँ । अहिले हाम्रो तयारी पूरा हुँदै छ । कात्तिक २८ गते जसरी पनि खाली गर्छौं । प्रशासन लगाएर भए पनि खाली गराउँछौँ ।

लाइफ केयरले प्रतिष्ठानका पदाधिकारीलाई आर्थिक प्रभोलनमा पारेको आरोप लागेको छ नि ? कुनै काम गर्न खोज्यो भने भ्रष्टाचार ग¥यो भन्ने आरोप लाग्छ, गरेन भने निकम्मा भयो भन्ने आरोप लाग्छ । त्यस कारण काम गर्ने मान्छेलाई आरोप आउनु स्वाभाविक हो । आरोप लगाउनेले प्रमाणित गर्न सक्नुपर्छ । अर्को कुरा, गरीब बिरामीहरुलाई शोषण गरेर पैसाको लेनदेन हुन्छ भने पैसा लिने र दिनेलाई नै भगवान्ले सजाय दिन्छन् नि । सबैसँग ढाँटे पनि आप्mनो आत्मा र भगवान्सँग कसैले ढाँट्न सक्दैन । यस्ता कुरामा कसैलाई माफी हुँदैन । हामीमाथि लगाइएको आरोप नियोजित हो भन्नेमा दुई मत छैन ।

प्रतिष्ठान आपैंmले औषधि पसल सञ्चालन गर्न चाहि“ किन ढिला गरेको ? हामीले अब फार्मेसी चलाउँदा घाटा नहुने गरी व्यवस्थित तरिकाले चलाउने योजना बनाएका छौँ, तयारी पनि गरेका छौँ । हामीले यसका लागि विज्ञलाई ल्याएर काम गरिरहेका छौँ, जनशक्ति व्यवस्थापन र सप्mटवेयर व्यवस्थापन पनि हामीले गरेका छौँ । अब औषधि खरिदको प्रक्रियामा छौँ । बुभ्mनुपर्ने कुरा के छ भने निजी कम्पनीले औषधि किनेर बेचेजस्तो सजिलो छैन । हामीले सार्वजनिक खरिद ऐनअनुसार खरिद गर्नुपर्ने हुन्छ । त्यसको प्रक्रिया पनि लामो छ । त्यस कारण हामीलाई फार्मेसी सञ्चालन गर्न केही समय लागेको हो । अब बीपीले फार्मेसी शुरु गरेपछि बन्द हुनु हुँदैन, घाटा हुनु हुँदैन र बिरामीले सुविधा पाउनुपर्छ भन्ने कुरामा हामी लागिपरेका छौँ । कात्तिक २८ गतेपछि हामी फार्मेसी सञ्चालन गर्ने अन्तिम तयारीमा छौँ ।

स्टेशनरी पसल सञ्चालन गर्न विनाटेन्डर स्वीकृति दिइएको विषय चाहि के हो ? विनाटेन्डर स्वीकृति दिएको हैन, टेन्डर पारेर नै सञ्चालन गरिरहेको छ । प्रतिष्ठानभित्र सञ्चालन हुने स्टेशनरीले कति भाडा तिर्न सक्छ र विद्यार्र्थीले कत्तिको सुविधा पाउँछन् भन्ने कुरा ठूलो हो । उदाहरणका लागि मासिक ४५ हजार भाडा तिर्न मुस्किल हुने ठाउँमा एक लाख भाडा लिएपछि ५० रुपैयाँको सामानलाई सय रुपैयाँ लिन्छ । यसको असर विद्यार्थी र बिरामीलाई पर्छ । हामीले यस्ता कुरालाई पनि ख्याल राख्नुपर्छ । प्रतिष्ठानलाई नोक्सानी नहुने र बिरामी तथा विद्यार्थीलाई पनि सहज हुने कुरामा प्रतिष्ठानले निर्णय गर्छ ।