dambविविधताको बीचमा एकताको खोजी, मानव जीवनमा देखिने नकारात्मक पक्षहरुलाई तिलाञ्जली दिएर सकारात्मक मार्ग, सत्यमार्गमा हिड्नुपर्छ भन्ने सन्देशलाई जनजनमा पु¥याउन विश्व किरात महासङ्घमार्पmत् अहोरात्र लागिरहेका छन् डम्बरकुमार तुम्बापो । उनी विश्व किरात महासङ्घका केन्द्रीय अध्यक्ष हुन् । धरानको युएन कलेजका प्रमुखसमेत रहेका तुम्बापो किरातीहरुमा देखिएको विचलनबाट सिङ्गो किरात समाजलाई मुक्त गर्न राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको विचार र दर्शनलाई आत्मसात् गर्दै किरात धर्मको सर्वज्ञता र व्यापकतालाई अभैm घनिभुत तुल्याउन निरन्तर लागिपरेका छन् । प्रत्येक युगमा माङ (ईश्वर) को सिर्जनात्मक विचार उनका अवतार वा सन्देशवाहकको माध्यमद्वारा मानव जातिलाई कृपास्वरुप प्राप्त भएका धेरै दृष्टान्तहरु पाइन्छन् धर्मशास्त्रहरुमा । हो, ईश्वर प्रदत्त त्यही विचारलाई अक्षुण्ण राख्न आप्mनो जीवनकालभरि तप, जप र ध्यान गरेर दुनियालाई मुन्धुमको शाश्वत सत्य दर्शाउदै यो लोकबाट अन्तध्र्यान भए महागुरु । महागुरुको त्यही दिव्यता, व्यापकता, गतिशीलता, ईश्वरीय सृष्टिको संरक्षण, वैज्ञानिक र उदार सिद्धान्तलाई विश्वका कुनाकुनामा स्थापित गराउन अनवरत रुपमा सक्रिय छन् विश्व शान्तिदूतसमेत रहेका तुम्बापो । प्रस्तुत छ, इलामको कमलस्थित फाल्गुनन्द बहुभाषिक पाठशालाका संस्थापक अध्यक्षसमेत रहेका तुम्बापोसग ब्लाष्टका लागि इक्सा मादेनले गरेको कुराकानीको सम्पादित अंशः

विश्व किरात महासङ्घ नेपालको स्थापनाको विषयमा केही भनिदिनुहोस् न ? –२०७३ जेठ १५ १६ र १७ गते पाँचथरको फिदिम नगरपालिका, लब्रेकुटीमा नेपालका सोह्रौँ राष्ट्रिय विभूती, समाज सुधारक, दार्शनिक महागुरु फाल्गुनन्दज्यूको कर्मभूमि लब्रे ग्वस्वरी युमा माङहिममा ४२ वटा सङ्घ–संस्थाका पदाधिकारीहरु, प्रतिनिधिहरु र बुद्धिजीवीहरुको भेलाले गरेको सर्वसम्मत निर्णयबाट विश्व किरात महासङ्घको स्थापना भएको हो । विश्व किरात महासङ्घको साङ्गठनिक संरचनाचाहि“ कस्तो छ ? –२०७३ जेठ १५, १६ र १७ गते तीन दिनको व्यापक छलफल र भेलाले विश्व किरात महासङ्घको तदर्थ समिति निर्माण गरी सो समितिको केन्द्रीय अध्यक्षमा मलाई सर्वसम्मत रुपबाट चयन गरियो । यसको साङ्गठनिक संरचना बहुपदीय रहने निर्णय उक्त भेलाले गरेको छ । जसअनुसार भूगोल र क्षेत्रको आधारमा महासङ्घको केन्द्रीय सम्पर्क कार्यालय रहने छ भने केन्द्रीय कार्यालय भने पाँचथरको लब्रेकुटीमा नै रहने छ । महासङ्घका विभिन्न उपसमितिहरु रहने छन् । जस्तैः विदेश विभाग, महिला विभाग, युवा विभाग, शिक्षा विभाग, प्रचारप्रसार विभाग, सेवासावा विभाग, भाषा संस्कृति विभाग, धार्मिक विभाग, स्वास्थ्य विभाग आदि । देश र विदेशका गरेर ४२ वटा सङ्घ–संस्थाबाट कुनैलाई धार्मिक पदहरु हेर्ने, कुनैलाई शिक्षा विभाग, कुनैलाई भाषा तथा सांस्कृतिक विभाग हेर्ने जिम्मेवारी दिन सकिन्छ । जस्तैः फाल्गुनन्द लाफयाङ बहुभाषिक पाठशाला सञ्चालन गरिरहेको इलामको फाल्गुनन्द नोमाङगेन्ना सेवा सङ्घलाई भाषाका साथै सांस्कृतिक पक्ष हेर्ने केन्द्रको रुपमा जिम्मेवारी दिन सकिन्छ । महासङ्घ स्थापना गर्नुको उद्देश्य के हो ? –महागुरु फाल्गुनन्दज्यूले भन्नुभएभैmँ भाषा हराए लिपि हराउँछ, लिपि हराए जाति हराउँछ । जाति हराए इतिहास हराउछ र इतिहास हराए आपूm हराइन्छ । वास्तवमै यस्तै हुन लागेको अवस्था बुझेर आज किरात सभ्यताको अन्त्य हुन लागेको महसुस भयो । आज किरातीहरु भाषिक, धार्मिक, सांस्कृतिकलगायत विविध रुपमा विभाजित छन् जसको परिणामस्वरुप किरातीहरुबीच अन्योलता, दुविधा र विभाजन छन् । यही दुविधा, अन्योलता र विभाजित मनस्थितिलाई निराकरण गरी सम्पूर्ण किरातीहरुलाई एकताको सूत्रमा गाँसेर किरात सभ्यताको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले यो सङ्घ स्थापना भएको हो । किरात भन्नाले के बुभ्ने ? जाति वा धर्म ? –वास्तवमा ‘किरात’ शब्दको उत्पत्तिलाई केलाएर हेर्दा ‘किरात’ बाट कैरात र कैरातबाट किराती भएको हो भन्ने बुझिन्छ । किरात भन्नाले सभ्यता हो । यो सभ्यताभित्र धर्म, भाषा, संस्कार, संस्कृति सबै पर्दछन् । किरात एउटा जाति र समूहलाई पनि भनिन्छ । जस्तैः नेपालका राई, लिम्बू, सुनुवार, याक्खा, देवान आदि । किरात एउटा सभ्यता हो भने कस्ताकस्ता व्यक्ति र जातिहरु यस संस्थामा आबद्ध हुन सक्छन् ? –विश्व किरात महासङ्घको स्पष्ट उद्देश्य छ– किरात सभ्यताको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्ने । किरात सभ्यताभित्र धेरै गहिरो दर्शन छ । त्यसमा पनि नेपालका १६ औँ राष्ट्रिय विभूती समाज सुधारक महागुरु फाल्गुनन्दज्यूले प्रतिपादन गर्नुभएको किरात सत्यहाङमा दर्शन जसले हत्या, हिंसा र बलि प्रथाको विरोध गर्छ । सत्य कर्म, सत्य वचन, सत्य मार्ग र सत्विचारलाई सधँै आत्मसात् गर्दछ र सकल प्राणीको रक्षासँगै विश्व शान्तिको कामना गर्दछ । यो दर्शनलाई आत्मसात् गर्ने महागुरु फाल्गुनन्दज्यूका अनुयायी जुनसुकै जात, पेशा, पहिचानका भए पनि विश्व किरात महासङ्घका सदस्य बन्न सक्छन्, परिवार बन्न सक्छन् । किरातीहरुका पनि आ–आप्mनै जातीय सङ्घ–संस्थाहरु छन् । जस्तैः किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा आदि । यसमा विश्व किरात महासङ्घको धारणा के छ ? –जसरी परिवार परिवार मिलेर समाज बन्छ र समाज मिलेर समुदाय हँुदै राष्ट्र बन्छ, त्यसैगरी किरातीहरुका जातीय सङ्घ–संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, सुनुवार सेवा समाज र किरात याक्खा छुम्मा पनि विश्व किरात महासङ्घका पारिवारिक सदस्य नै हुन् । हामीले महासङ्घ स्थापना गर्नुको उद्देश्य पनि यी सम्पूर्ण परिवारलाई एकताको सूत्रमा बाँधी सम्पूर्ण किरातीहरुलाई एकीकृत गरेर किरात सभ्यताको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्नु नै हो । किरातीहरुबीच मतभेद र अन्योल नहोस् । किरातीहरु भाषिक, सांस्कृतिक, धार्मिक रुपमा विभाजित र विवादित नभई एक ढिक्कामा रहोस् भन्ने नै हाम्रो सोच हो । तपाईंकै कार्यकालमा यो सम्भव छ त ? –यो त भविष्यले बताउने छ । विश्व किरात महासङ्घको उद्देश्य नै सम्पूर्ण किरातीहरुलाई एकीकृत बनाउने हो । आज होस् या भोलि होस्, मेरो कार्यकालमा होस् वा भावी सन्ततिको समयमा, एकीकरणको विकल्प नै छैन । एक दिन अवश्य नै महासङ्घको उद्देश्य पूरा हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । त्यस दिन सम्पूर्ण किरातीहरुको भलाइ हुनेछ र महागुरु फाल्गुनन्दको पनि सपना पूरा हुनेछ । के अहिले किरातीहरु विभाजित छन् ? –किरातीहरु विभाजितभन्दा पनि अन्योलमा परेका छन् भन्ने मलाई लाग्छ । अहिले किरात लिम्बू समुदायमा एक थरी लिम्बूहरु आपूmलाई किरात ठान्छन् भने अर्का थरी लिम्बूहरु आपूm किरात भएको अस्वीकार गर्दछन् । यसैगरी किरात राई समुदायभित्र पनि राईहरु किरात हुन् वा होइनन् भन्ने विषयमा अन्योल छ । यसैगरी किरातीहरुले प्रयोग गर्दै आएको सिरिजङ्गा लिपिको विषयमा, संस्कार संस्कृति र धार्मिक विषयमा पनि किरातीहरु अन्योलमै छन् । जसको कारण महागुरु फाल्गुनन्दको माङगेन्ना ढलेको छ, विश्व किरात महासङ्घले महागुरुको माङगेन्ना उठाउने प्रयास गर्ने छ । अन्य भाषा, धर्म, जाति, संस्कृतिप्रति विश्व किरात महासङ्घको धारणा कस्तो छ ? –विश्व किरात महासङ्घको स्पष्ट धारणा छ– अन्य जाति, भाषा, लिपि, संस्कार, संस्कृति र धर्मप्रति सम्मान गर्दै किरात सभ्यताको पनि विकास गर्दै लैजाने र बहुपहिचानप्रति आस्था राख्दै सकल प्राणीको रक्षार्थ विश्व शान्तिको कामना गर्ने । विश्व किरात महासङ्घले महागुरु फाल्गुनन्दज्यूको जन्मदिनमा एक दिन सार्वजनिक विदाको लागि नेपाल सरकारसमक्ष माग गर्नुको कारण बताइदिनुहुन्छ कि ? –महान समाज सुधारक, शान्तिवादी, सत्यवादी किरात सभ्यता अन्र्तगत सत्यहाङमा दर्शनका प्रर्वद्धक दार्शनिक महागुरु फाल्गुनन्दज्यूले किरात सभ्यताको संरक्षण, प्रर्वद्धन, जगेर्ना र सुधारका साथै सारा सकल प्राणीको रक्षार्थ विश्वमा शान्ति स्थापना गर्ने कार्यमा अहम् भूमिका निर्वाह गर्नुभएकोले उहाँको यो अतुलनीय योगदानलाई सम्मान गर्दे नेपाल सरकारले विक्रम सम्वत २०६६ साल मङ्सिर १६ मै उहाँलाई नेपालकै १६ औं राष्ट्रिय विभुतिकोरुपमा घोषणा गरिसकेको सर्वविदितै छ । नेपालको १६ औ राष्ट्रिय विभूति घोषणा भएको ७ वर्षपछि नेपाल सरकारले २०७२ सालमा महागुरु फाल्गुनन्दज्यूको जन्म दिनमा एक दिने सार्वजानिक विदा दिने निर्णय ग¥यो । जुन सम्मान योग्य र स्वागत योग्य थियो तर २०७३ सालको क्यालेण्डर निर्माण गर्दा कार्तिक २५ गते फाल्गुनन्दज्यूको जन्म जयन्तीको दिन एक दिन विदा त दियो तर किरात समुदायहरुलाई मात्र भनी पुनः महागुरु फाल्गुनन्द ज्युलाई अपमान गरी किराती समुदायमा मात्र सीमित राख्ने कार्य भयो । जुन विश्व किरात महासङ्घलाई स्वीकार्य छैन । त्यसैले महागुरु फाल्गुनन्दज्यू अब किरातीहरुको मात्र नभई पुर्व मेची देखि पश्चिम महाकालीसम्म वसोवास गरिरहेका सम्प्रर्ण नेपालीहरुको राष्ट्रिय विभूति, सम्मान र गौरवको व्यक्तित्व हुनुहुन्छ । त्यसैले उहाँको जन्म दिन मनाउनका लागि एक दिन सार्वजानिक विदा दिनका लागि विश्व किरात महासङ्घले नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ । निवेदन र हार्दिक अनुरोध पनि गरेको छ । अन्यथा नेपाल सरकारले राष्ट्रिय विभूतिको परिभाषा परिवर्तन गर्नुपर्दछ । होइन भने हरेक वर्षको कार्तिक २५ गते नेपालका १६ औ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दज्यूको जन्म जयन्ती भव्य र सभ्यका साथ मनाउनका लागि एक दिन सार्वजानिक विदा दिनैपर्छ । अन्त्यमा विश्वका किरातीहरुलाई महासंघको केन्द्रिय अध्यक्षको नाताले के सन्देश दिनुहुन्छ ? –विश्वको विभिन्न भागमा छरिएर रहनुभएका सम्पूर्ण किरातीहरुलाई किरात सभ्यताको सुरक्षा र प्रर्वद्धन गर्नका लागि आवहान गर्दछु । विश्व किरात महासङ्घ अन्र्तगत खोज अनुसन्धान केन्द्र रहेको छ र यही अनुसन्धान केन्द्रवाट किरात सभ्यता अन्र्तगत जे जति विवादित, विभाजित अन्यौल र अपूरो कार्यहरुलाई खोज अनुसन्धान गर्दे समस्याको निराकरण गरी सम्पूर्ण किरातीहरुमा व्याप्त रहेको अन्यौलतालाई हटाई किरात सभ्यताको जगेर्ना, संरक्षण गर्ने कार्यमा निरन्तर लागि रहनुहोस्, समर्पित हुनुहोस् भन्ने सविनय अनुरोध गर्दै विश्वका किरातीहरु एक हौं भन्ने नाराका साथ सारा सकल प्राणीको रक्षार्थ विश्व शान्तिको कामना गर्नुहोस् भन्ने आह्वान गर्न चाहन्छु ।