-
Home
-
राशिफल
-
संविधान संशोधनको मस्यौदा अन्तिम चरणमाः प्रम
संविधान संशोधनको मस्यौदा अन्तिम चरणमाः प्रम
- कार्तिक ४, २०७३
- ब्लाष्ट खबर
काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको अन्तिम मस्यौदा तयारीको चरणमा रहेको बताएका छन् ।
सरकारका कामकारवाहीको रुपरेखा र भारतको गोवामा भएको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा भाग लिने क्रममा भएका भेटवार्ता र नेपालका तर्पmबाट त्यहाँ प्रस्तुत गरिएका धारणाबारेमा बुधबार सदनलाई जानकारी गराउने क्रममा उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको संविधान कार्यान्वयनका लागि आवश्यक कानून बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकता दिइएको छ, निर्वाचनसम्बन्धी कानून र मतदाता कानूनलाई अन्तिम रुप दिने काम भइरहेको छ ।’ संविधानका अन्तर्वस्तुका बारेमा फरक मत राखेर आन्दोलन र असन्तुष्ट पक्षलाई सम्बोधन गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै उनले भने, ‘संविधानमा आन्दोलनरत् पक्षलाई सहमतिमा ल्याएर निर्वाचनमा जाने कामलाई पहिलो प्राथमिकतामा राखेको छ ।’ प्रधानमन्त्री प्रचण्डले आगामी छठसम्ममा संविधान संशोधन गर्ने तयारीका साथ सरकारले गृहकार्य गरिरहेको जानकारी दिँदै अलगअलग छलफल गरेर संविधान संशोधनमा सरकार केन्द्रित भएको बताए ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक राखेर प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा जोड दिन सम्बन्धित पक्षलाई निर्देशन दिइएको बताउँदै उनले त्यस क्रममा आपूmले राष्ट्रिय गौरवका आयोजनाहरु सिक्टा सिँचाइ, रानीजमरा सिँचाइ, मेलम्ची खानेपानी, बीपी कोइराला क्यान्सर अस्पतालको निरीक्षण गरेको जानकारी पनि दिए । प्रधानमन्त्री प्रचण्डले भूकम्पपछिको पुनःनिर्माण गर्ने क्रममा ४ लाख २० हजार ८६२ पीडितलाई आवास बनाउन पहिलो चरणको अनुदान प्रदान गरिसकिएको बताउँदै पीडितलाई ३ लाख राहत पु¥याउने सरकारले घोषणा गरेको स्मरण गरे । प्रशासनको उच्च तहमा सक्षम व्यक्तिलाई पु¥याउन मूल्याङ्कनसम्बन्धी व्यवस्था राखेर ऐनमा सुधार गरिएको, हेलो सरकारलाई क्षेत्रीय स्तरमा लैजाने काम शुरु गरिएको उनले बताए । सङ्घीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएअनुरुप स्थानीय निकाय पुनःसंरचना आयोगलाई सरकारले आवश्यक निरन्तर सहयोग पु¥याउँदै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले मुलुकमा उपयुक्त राजनीतिक वातावरण बनाउन लागिपरेको जनाए । प्रधानमन्त्री प्रचण्डले २०७४ माघ ७ गतेसम्ममा नयाँ संसद्को निर्वाचन गर्न नसकेमा मुलुक सङ्कटमा पर्न सक्नेप्रति संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको गम्भीर ध्यानाकर्षण गराउँदै सबै पक्षसँग वार्ता र संवादको माध्यमबाट सहमतिमा पुगेर निर्वाचन गरी छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस क्रममा उनले आपूmले हालै गरेको भारत भ्रमणबाट साझा हित र समृद्धिमा योगदान पुगेको भन्दै ब्रिक्समा नेपालको उपस्थिति विशेष महत्वपूर्ण रहेको सुनाए । नेपालको तर्पmबाट ऊर्जा विकास, क्षेत्रीय सम्पर्क सञ्जाल र जनस्तरमा सम्बन्ध विस्तारलाई आपूmले प्राथमिकताका साथ उठाएको जानकारी दिँदै उनले भारत भ्रमणमा आपूmले धेरै विषय उठाउनुभन्दा विश्वासको वातावरण र भएका सम्झौता कार्यान्वयनमा जोड दिएको जनाए । प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्चस्तरको कूटनीतिक मर्यादा राखेर नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ सम्बन्धलाई सुदृढ तुल्याउन योगदान मिलेको छ ।’ नेपाल र नेपालीको हितलाई सर्वाेपरि राखेर दुई देशको सम्बन्धलाई उचाइमा राख्ने काम भएको उनले सुनाए । वर्तमान सरकारले चालेको कदमबारे भारतीय उच्च नेतृत्वलाई भ्रमणका क्रममा आपूmबाट स्पष्ट पार्ने काम भएको पनि उनले बताए ।
ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनका क्रममा त्रिदेशीय साझा अवधारणाका पक्षमा आपूmले राखेको प्रस्तावलाई भारत र चीनले सकारात्मक रुपमा लिएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘त्यो भेट, त्यो एउटा सुखद् संयोग र अवसर थियो । मलाई गर्व छ, त्यो अवसर मिलेको र सदुपयोग गर्न पाएकोमा, प्लान गरेको भए त्यो सम्भव थिएन । त्यो भेटबाट दुवै छिमेकीसँग सन्तुलित परराष्ट्र नीति कायम गर्ने बाटोमा योगदान पुगको छ । अरुले प्रशंसा गरेका विषयलाई नेपालले किन आत्मसात् गर्न नसकेको होला ? त्यहाँ भएका छलफल र विचारविमर्श नेपालका लागि निकै महत्वपूर्ण र दीर्घकालीन हितका पक्षमा थिए ।’
स्वतन्त्र परराष्ट्र नीति कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले थपे, ‘संविधान कार्यान्वयनको निम्ति दलहरुबीच नयाँ सहमति कायम गरेर अघि बढ्न आवश्यक छ, संविधान कार्यान्वयनलाई सत्ता पक्ष र विपक्षको विषय नबनाआँै ।’ संसद्को अर्काे बैठक यही कात्तिक ४ गते दिउँसो १ बजे बस्ने छ ।