शनिश्चरे/खोलो बस्तीमा पसेको ४ महिना भयो । गत असार ७ गते नूनसरी खोलामा उर्लिएको बाढी बाँध फुटाएर बस्तीमा पसेपछि हालसम्म खोलाको बहाव खेत र घरबारी भएको ठाउँमा निरन्तर छ ।मधुमल्ला–४ को धप्परटोल र ५ को बेतेनीको बाँध फुटाएपछि तत्काल स्थानीयले बालुवा उठाएर कामचलाउ बाँध बनाउँदै थिए ।
त्यस अवस्थामा त्यसको ठिक एक महिनापछि साउन ८ को बाढीले पुनः बाँध भत्काएर खोलो बस्तीमा पस्यो । बेतेनीको बाँध भत्किएको २५ दिनपछि कामचलाउ बाँध बनेको थियो । जिल्ला विकासको ३ लाख र गाविको २ लाख रुपैयाँ जम्मा पारेर धप्परटोलमा २ सय मिटर भत्किएको ठाउँमा ८० मिटर जति बाँध बाँध्दैगर्दा बाढीले त्यसलाई पनि भत्काएपछि दुवै ठाउँमा खोलो निर्वाधरुपमा बस्तीमा पीडा भएर बगिरहेको छ ।बाढीपीडितमध्येका थीरबहादुर मगर भन्छन्, ‘यस्तो अवस्थामा पनि सरकारले तटबन्धको काममा चासो नै नदिएपछि हामी बाध्य भएर आन्दोलित हुनुप¥यो । कहाँ कहाँ गएर के के गर्नुपर्छ, अब हामी निरन्तर आन्दोलन अगाडि बढाएर टुङ्गोमा पु¥याउन आपैmं जुट्यौं ।
’आइतबार स्थानीय पीडित भेला भएर पत्रकारहरुसँग आप्mना गुनासो समेत राखे । अनि तटबन्ध, बाटो निर्माणसहितका विकास निर्माण अभियानका अभियन्ता उर्लाबारीका मानबहादुर श्रेष्ठको संयोेजकत्वमा १९ सदस्यीय ‘वक्राहा नूनसरी नदी नियन्त्रणका लागि दबाव समिति’ निर्माण गरी आन्दोलनका कार्यक्रम घोषणा गरे । जिल्ला प्रशासन, जिल्ला विकास समिति, जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा धर्ना, प्रदर्शन, अनशन लगायतका सङ्घर्षका कडा कार्यक्रम तय गरी आन्दोलनलाई निष्कर्षमा पु¥याउने त्यसका संयोजक श्रेष्ठले उद्घोष गरे ।खोलाको सतह अग्लो भएकाले ढुङ्गा, गिट्टी र बालुवा निकालेर सतह घटाउने, चुरे क्षेत्रमा वृक्षारोपण गरेर भूक्षय हुन नदिने, दर्बिलो तटबन्ध निर्माण गर्न सरकारसँग माग गर्ने निर्णय भएको छ ।
यदि सरकारले सो काम नगरे बाढीबाट वर्षेनी समस्या परेका त्यस क्षेत्रका बासिन्दालाई अन्यत्र बसोबास गराउनु पर्ने समितिले माग राख्दै आन्दोलनका चरणवद्ध कार्यक्रम अघि बढाइने छ । ‘खोलो बस्तीभन्दा अग्लो भएपछि खोलाको सतह घटाउन र व्यवस्थित तटबन्ध गर्न वर्षेनी सरकारसँग माग राखिरहेको अवस्थामा बेवास्ता हुँदै आएपछि सङ्गठित चरणवद्ध आन्दोलन आवश्यक प¥यो’, संयोजक श्रेष्ठले भने । उनले सतह घटाएर वक्राहा र नूनसरी खोलामा व्यवस्थित तटबन्ध हुन नसके मधुमल्लाको २, ४ को पुरै भाग १ नम्बरको आधी, ६, ७, ८ को पुरै भाग तथा ५ नम्बर र १ नम्बरको आधी क्षेत्र मानव बस्तीका लागि अयोग्य हुने सुनाए ।
असारको बाढीले मधुमल्ला–४ को धप्परटोल र ५ को कसेनी क्षेत्रको बाँध भत्काएर ५५ घर र उनीहरुको खेतमा प्रत्यक्ष क्षति पु¥याएको थियो । त्यसमध्ये ४ नम्बर वडाका २५ परिवारको घर खेत बगाएपछि मिक्लु सामुदायिक वन क्षेत्रको चौरमा टहरा बनाएर पीडितहरु कष्टकररुपमा बसेका छन् । यस बेलासम्मको वर्षाका कारण दशैंको समयमा वडा नम्बर ४ का मनबहादुर मिश्र र पवित्रा मगरको घर बगाएको छ । ५ नम्बरमा ५ घरमा थप क्षति पु¥याएको छ ।पुल नभएका कारण पूर्वमा नूनसरी, पश्चिममा बक्राहा, मगर खोलो, मिक्लु, सफेवा, बाहुनी र कालीझोर खोलाको बीचमा पर्ने सो क्षेत्र वर्षा याममा पूर्णरुपमा नाकाबन्दीमा पर्दैआएको छ । वर्षामा उद्धारका लागि सुरक्षाकर्मीलाई समेत आउन समस्या हुनेगरेको स्थानीय भूपेन्द्र कार्कीले समस्या दर्शाए ।
बक्राहाको शिरदेखि तिरसम्मको भागमा तटबन्ध गर्ने भन्दै साढे ३ करोड रुपैयाँको बजेट सरकारले नीति तथा कार्यक्रममा ल्याएको भएपनि हालसम्म त्यससम्बन्धी कुनै काम शुरु भएको छैन । ‘जिल्ला तहदेखि केन्द्रसम्मको सरकारी निकाय र राजनीतिक दलका नेताहरुलाई समेत दबावका लागि हामी एकजुट भएर अगाडि बढ्नु बाध्यात्मक आवश्यकता हो’, पीडितमध्येका नेपाली काङ्ग्रेस ९ नम्बर क्षेत्रीय सचिव तिलविक्रम बोहोराले भने ।