पथरी / लिम्बुवान आन्दोलनलाई एकीकृत गर्ने उद्देश्यले एकताको महाधिवेशनको नाम दिइएपनि सङ्घीय लिम्बुवान पार्टी नेपालमा फेरि विभाजनको सङ्केत देखिएको छ ।
लिम्बुवान प्राप्तिको मूल उद्देश्य राखेर गठन भएको लिम्बुवान पार्टीहरु विभाजन हुने क्रम बढेपछि अस्तित्वमा रहेका पाँचवटा पार्टीले २०७१ साउन १८ र १९ मा धनकुटाको भेडेटारमा एकता गरेर सङ्घीय लिम्बुवान पार्टी नेपाल गठन भएको थियो ।
एकतालगत्तै पार्टीका तत्कालीन अध्यक्ष कुमार लिङ्देन एकातिर र वीर नेम्वाङ, कमल छाराहाङ, सञ्जुहाङ पालुङ्वा, रामभक्त कुरुङवाङ अर्कोतिर हुँदैआएका थिए । तत्कालीन अध्यक्ष लिङ्देनले गत असार १९ र २० मा झापा दमकमा भेला आयोजना गरी पार्टीको नाम सङ्घीय लिम्बुवान मञ्च बनाएपछि औपचारिक रुपमा विभाजन भएको थियो ।
अन्य चारजना र तत्कालीन लिङ्देन पक्षधरका उपाध्यक्ष खगेन्द्र माखिम, महासचिव सूर्य माखिम लगायतले एकताको पहिलो महाधिवेशनको रुपमा असोज ४ गते झापाको दमकमा उद्घाटन गरेका थिए ।
लिङ्देन छुट्टिएर गएपछि एकताको प्रथम महाधिवेशन भनिएपनि पद विभाजनमा चरम खट्पटी भएको बुझिएको छ । अध्यक्ष लगायतको पदमा पदाधिकारीमा कुरा नमिलेपछि उक्त पार्टीमा पुनः विभाजनको सङ्केत देखिएको हो ।
बन्दसत्रमा तत्कालीन सर्वोच्च नेता कमल छाराहाङले अध्यक्ष पदमा मनोनयन दर्ता गर्ने प्रयास गरेका थिए । सहमतिको नाममा छाराहाङलाई मनोनयन गर्न नदिएपछि उनी हल छाडेर निस्केको बुझिएको छ ।
दमकमा भइरहेको बन्दसत्र छाडेर शनिबार मोरङ पथरीमा भेटिएका छाराहाङले पत्रकारहरुसँग कुरा गर्दै आपूm गैरलिम्बू भएकै कारण मनोनयनसम्म गर्न नदिएको आरोप लगाए । निर्वाचन गराएको भए आपूm भारी मतले विजय हुने दावी गरेका छाराहाङले भने, ‘लिम्बुवान भूमि प्राप्तिको आन्दोलनमा सङ्कीर्ण सोच भएका लिम्बू नेताहरुले आन्दोलनलाईनै सखाप पारे ।’
आपूm पक्षधर उपाध्यक्षहरु डिल्ली मिभक र राजकुमार पालुङ्वा छाराहाङले मनोनयन दर्ता गर्न पाउनु पर्ने अडान राखेको बुझिएको छ । दुवै उपाध्यक्षले आप्mनो फेसबुक वालमा समेत गैरलिम्बूलाई विभेद गर्नु लिम्बुवान आन्दोलनको लागि अफाप हुने आशयको स्टाटस राखेका थिए ।
मनोनयननै दर्ता गर्न नपाएपछि हल छाडेका छाराहाङले लिम्बुवान आन्दोलनको लागि निकट भविष्यमै छुट्टै भेला गर्ने जनाएका छन् । गैरलिम्बू भएकै कारण मुख्य पदमा मनोनयन र निर्वाचित हुन नदिनु लिम्बुवान आन्दोलनको लागि बढीनै घाटक हुने छाराहाङको भनाइ छ ।
छाराहाङले हल छाडेपछि सर्वसम्मत प्यानल
असोज ४ देखि ६ गते सम्मेलन तोकिएपनि विभिन्न विवादको कारण ८ गतेसम्म तन्कियो । छाराहाङले हल छाडेर गएपछि पार्टी अध्यक्षमा सञ्जुहाङ पालुङ्वा, सहअध्यक्षमा खगेन्द्र माखिम, बरिष्ठ उपाध्यक्षमा महेन्द्र बेघा, उपाध्यक्षहरुमा डिल्ली मिभक, बाङ्गाई धिमाल लगायत १४ उपाध्यक्ष, महासचिवमा सूर्य माखिम, प्रेमदीप थाम्सुहाङ, गजेन्द्र लिम्बू, कोषाध्यक्षमा एल.बी. पालुङ्वा, सहकोषाध्यक्ष जङ्ग सुनुवार, प्रवत्ता केदार धिमाल, सहमहासचिव सहित २७ पदाधिकारी चयन भएको नवनिर्वाचित उपाध्यक्ष डिल्ली मिभकले बताए ।
सर्वमान्य नेता वीर नेम्वाङ, हल छाडेपनि सर्वोच्च नेतामा कमल छाराहाङ र अघिल्लो कार्यकालका उपाध्यक्ष रामभक्त कुरुङ्वाङलाई बरिष्ठ नेता चयन गरिएको उपाध्यक्ष मिभकले बताए । सम्मेलनले ८७ सदस्यीय केन्द्रीय समितिको फर्मेसन गरिएको बताइएको छ । सम्मेलनको निर्णय सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन आयोजना गर्ने उपाध्यक्ष मिभकले बताए ।