तरहरा/विद्युत प्राधिकरण इटहरीले सरकारी कार्यलयहरुबाट करोडौ रुपैयाँ बक्यौता उठाउँन सकेको छैन । सर्वसाधरणको घरमा थोरै रकममै लाईन काटे पनि करोडौ रुपैया वक्यौता तिर्ने बाँकी सरकार कार्यलयबाट भने उठ्न सकेको छैन । विद्युत प्राधिकरण इटहरीको मात्र साडे ४ करोड बक्यौता देखिएको छ ।प्राधिकरणले बजारबाट ४ करोड,४३ लाख,४७ हजार,४ सय २७ रुपैयाँ बक्यौता उठाउँनु पर्ने देखिन्छ । सरकारी कार्यलयहरुले पनि करोडौ रुपैयाँ बक्यौता तिर्ने देखिएको विद्युत प्राधिकरण इटहरीले जनाएको छ ।
सरकारी कार्यलयहरुले मात्र ३ करोड ३७ लाख,९ हजार ६ सय ७ रुपैयाँ तिर्ने बाँकी रहेको प्राधिकरणले जनाएको छ ।लामो समय देखि विद्युत् महसुल नबुझाउनेमा इटहरी उपमहानगरपालीकाले १करोड ५० लाख,भरौल गाविसले ७ लाख,९३ हजार ८० रुपैयाँ,साविक भासी गाविसले ३१ लख १० हजार १ सय ९५ रुपैयाँ,साविक खनार गाविसले ११ लाख ४७ हजार ३ सय २२ रुपैयाँ, साविक हाँसपोसा गाविसले ४४ लाख २५ हजार ३ सय ८६ रुपैयाँ, साविक एकम्वा गाविसले ९ लाख ६८ हजार ८ सय ७९ रुपैया,सिंगिया गाविसको ८ लाख ५५ हजार ८ सय ६५ रुपैया वक्यौता देखिएको इटहरी विद्युत प्राधिकरणका सुपरभाईजर रितेश झाले वताए ।त्यस्तै वक्यौता नतिर्नेमै महेन्द्रनगर गाविसको ३६ लाख,४२ हजार ८ सय ८० रुपैयाँ बाकी भएको देखिएको छ ।
त्यस्तै प्रकासपुर गाविसले २४ लाख १० हजार ९ सय ६३ रुपैया रकम तिर्नु पर्ने देदिएको छ । इटहरी उपमहानगर पालीकाले सडकको वत्तीको पैसा भुत्तानी नगरेको प्राधिकरणको भनाई छ । त्यसबाहेक निजी स्वामित्वमा रहेका उद्योग तथा आम उपभोक्ताहरुवाट ९५ लाख रुपैया बक्यौता उठ्न बाँकी देखिएको प्राधिकरणका सुपरभाईजर झाको भनाई थियो ।त्यस्तै स्वास्थ्य चौकीहरुले पनि पैसा नतिरेको प्राधिकरणले जनाएको छ । देशै भरि चौतर्फि विद्युत संकट निम्तिरहेको बेला इटहरी बितरण केन्द्रले चुहावट नियन्त्रण र राजस्व संकलनमा तीब्रता दिएको छ । कार्यलय प्रमुख सन्दिप श्रेष्ठ आएसगै महशुल बक्यौता उठाउन ताकेता गरीरहेको वताए । कार्यलयले ९ सय ३५ जना ग्राहकको महशुल नतिरेका कारण लाइन काटिदिएको छ । जसबाट जरिवाना स्वरुप ९७ लाख ८५ हजार ६ सय ५३ रुपैंया राजस्व उठेको उनको भनाई थियो ।
यता इटहरी उपमहानगरपालीकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले भने सडक वत्तीको पैसा नेपाल सरकारले नै वेर्होने वताए । उनले साविक गाविसहरुबाट थपिदै आएको वक्यौता नगरपालीकाले तिर्ने सक्ने अवस्थामा नभएको वताए । विकासको कामै गर्ने सकिएको छैन यत्रो पैसा कसरी तिर्ने उनको प्रश्न थियो ? रोडमा वत्ती वलेको पैसा नेपाल सरकारले नै तिर्छ उपमहानगरले अहिले सक्ने अवस्था छैन उनले थपे । सडक वत्तीको ठुलो वक्यौता आएको भन्दै उनले चुहावट विद्युतलाई उपमहानगरमा हालेको हुन सक्ने उनको भनाई थियो । उनले भने कमै मिटर नराखी कसरी यत्रो पैसा भयो भनेका होलान्