श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर २ गते मङ्गलबार, १८ नोभेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको त्रयोदशी तिथि ०७ः३३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र स्वाती भोलि ०८ः१६ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः२६ बजे र सूर्यास्त ०५ः१०बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अरूको बारेमा चासो राख्दा स्वयम् समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेको प्रगति नहुन सक्छ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले व्यवहारमा सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रोकिएका काम बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ । बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

हडबडले केही समस्या निम्त्याउन सक्छ। काम बने पनि सानो त्रुटि सच्याउन निकै मिहिनेत गर्नुपर्ला। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक माहोल केही कमजोर बन्ने देखिन्छ। खानपानको सोखले स्वास्थ्य कमजोर बन्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

उपहारको मोहले कर्मक्षेत्र प्रभावित बन्न सक्छ।  आत्मसम्मानका लागि व्यवहारमा सावधान रहनुहोला।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत गरे पनि सोचेको प्रगति नहुन सक्छ। फाइदाको पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई सञ्चय हुनेछ।   

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ योजना थाल्ने साइत जुर्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सञ्चय नभए पनि रकम हातलागी हुनाले उत्साह जाग्नेछ। मिहिनेतले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। रकम अरूका लागि खर्चनु पर्ला। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुनसक्छ। सोखले खर्च बढाउनेछ। थालेको काम रोकिन सक्छ।