तेह्रथुम/ उनले कतारको तातो घाममा चार वर्षसम्म भवन बनाउने श्रमिकको काम गरे । १७ तलासम्मको भवनमा जोखिमका साथ चढ्दा डरले मुटु काँप्थ्यो । तर घर फर्किने उपाय उनीसँग थिएन । कतार जाँदा आफन्त र गाउ“का साहु–महाजनसँग एक वर्षभित्रमा दोब्बर बुझाउने शर्तमा सुनका गरगहना लगेका थिए ।छाला नै पाक्ने तातो घाममा महिना दिन काम गर्दा मुश्किलले नेपाली ८ देखि ९ हजार रुपैयाँसम्म हात लाग्थ्यो । पकेट खर्च कटाएर ३ हजार रुपैयाँ बचत गरेर घर पठाउन प्रत्येक महिना धौधौ हुन्थ्यो ।

विदेशी भूमिमा कटाएको त्यो दुःख उनी अहिले सम्झन पनि चाहँदैनन् । हमरजुङ–७ का ३४ वर्षीय श्याम विश्वकर्माले कतारी भूमिमा यति लामो समय काम गर्दा घरमा ३ लाख रुपैयाँ पनि पठाउन सकेनन् । भन्छन्, ‘जीवनको ऊर्जाशील समयको पसिना अर्काको देशमा बगाइएछ ।’ कतार जाँदा आफन्त र साहुसँग खोजेको सुनका गहना बिक्री गरेर उनले ८० हजार रुपैयाँ जम्मा पारेका थिए । त्यही पैसा मेनपावरमा बुझाएर गएका उनले सुन दिएकाहरुलाई दोब्बर बुझाए । चार वर्ष कमाएको सबै पैसा जाँदा लगेको सुन किनेर दोब्बर बुझाउँदा सकियो ।सीप, मेहनत र जाँगर हुँदाहँुदै आपूmसँगै भएको त्यो सीपलाई चिनेर सदुपयोग गर्न नसकेको पीडा उनलाई कतारबाट घर फिर्ने बेला मात्र भयो ।
लगत्तै गाउ“ फर्किएर उनले प्रशान्त खुकुरी तथा कृषि औजार निर्माण उद्योग सञ्चालन गरे । लक्ष्मी बैङ्क, फरवार्ड लघुवित्त र स्थानीय साहुसँग ऋण सहयोग लिएर शुरु गरेको आºनै उद्योगबाट उनी अहिले खर्च कटाएर मासिक ३० हजार रुपैयाँसम्म कमाइ गर्छन् । उद्योगमा तीनजना युवालाई रोजगारी दिएका छन् । उनले उत्पादन गरेका खुकुरी सिङ्गापुर, बेलायत, जर्मनीलगायतका मुलुकसम्म पुग्छन् । अन्तर्राष्ट्रिय बजारका लागि काठमाडौँको ठमेलमा रहेका राजन श्रेष्ठ र भीम सुनारले व्यवस्था मिलाइदिएका छन् । खुकुरी टल्काउने ३० हजार मूल्यबराबरको मेसिन लद्युउद्यम नामक संस्थाले सहयोग दिएको उनले बताए ।आपूmले सञ्चालन गरेको उद्योगमा मासिक रुपमा ७० देखि सयवटासम्म खुकुरी उत्पादन हुने गरेको विश्वकर्माले बताए ।
खुकुरीको मूल्य न्यूनतम् १५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्छ । स्तरीय उत्पादन भन्दै आपूmले तयार गरेका खुकुरी विदेशीले बढी मन पराउने गरेको उनले बताए । उद्योगमा साना, मझौला र ठूला गरी विभिन्न आकारका खुकुरी उत्पादन हुन्छन् । त्यसैले मूल्य पनि फरक पर्न गएको हो । खुकुरीबाहेक विश्वकर्माले उद्योगमा स्थानीय गाउ“घरमा प्रयोग हुने र किसानलाइ नभई नहुने कृषि औजारसमेत उत्पादन गर्छन् । उनले उत्पादन गरेको कोदालो, हँसिया, चिम्टा, बञ्चरो, फाली, खुर्पालगायतका कृषि औजारले गाउ“मै राम्रो मूल्य पाएको छ । यी कृषि औजार मर्मत पनि आपैंmले गर्ने गरेकाले थप आम्दानी हुने गरेको विश्वकर्माले बताए ।
श्रीमतीलाई ब्लड क्यान्सर भएर लामो समय उपचार गराउँदा ४ लाख रुपैयाँभन्दा बढी सम्पत्ति स्वाहा भयो । अन्त्यमा श्रीमतीलाई पनि बचाउन सकेनन् । त्यो ऋणसमेत उनले खुकुरी बनाएरै तिरिसके । जीवन चलाउन उनले अहिले कान्छी श्रीमती घरमा भिœयाएका छन् । चारजना छोराछोरी छन् । तीनको पढाइ र घर खर्च चलाउन पनि उद्योगको कमाइले पुगेको छ । उद्योगको क्षमता बढाएर उत्पादन बढाउने योजना उनले बनाएका छन् तर पू“जीको अभाव छ । बैङ्कमा ऋण माग्न जाँदा धितो माग्ने गरेकाले समस्या भएको उनले गुनासो पोखे । आप्mनो उद्योगलाई धितोको रुपमा स्वीकारेर व्यवसाय गर्न कर्जा दिने व्यवस्था राज्यले गरिदिएमा आपूmजस्ता धेरै उद्योगीलाई राहत मिल्ने उनले बताए ।हातमा सीप हुने धेरै युवाले रोजगारीका लागि विदेश ताकेको देख्दा उनलाई यी युवाले आपूmले जस्तै दुःख पाउने भए भन्ने लाग्छ रे । भन्छन्, ‘सीप, जाँगर र विदेश जाँदा लाग्ने पूँजी यहीँ लगानी गर्न सके पैसा कमाउन दुःख नहुने रहेछ ।’ आपूmसँग भएको सीप र क्षमता चिन्न सकियो भने आºनो गाउ“घरमै राम्रोसँग आम्दानी गर्न सकिने उनको बुझाइ छ ।