सङ्खुवासभा/ ताप्लेजुङबाट द ग्रेट हिमालय ट्रेलको यात्रा शुरु गरेका दोलखाका पर्यटन मजदुर वीरबहादुर तामाङसँग मकालु हिमालको आधार शिविर क्षेत्रको याङलेमा भेट भयो र पर्यटन क्षेत्रको विषयमा कुरा भयो । उनले भने, ‘पछिल्लो समय दुई महिनादेखि ट्रेकिङमै छु, पर्यटन क्षेत्र सुरक्षितनै देख्छु ।’ उनीसँगै रहेका अर्का दोलखाका सहयोगी पर्यटन मजदुर श्याम तामाङले थपे, ‘सात वर्ष भयो पर्यटन क्षेत्रमा काम गरेको, उस्तै देख्छु भूकम्पअघि र अहिले कुनै फरक देख्दिनँ ।’गत वर्ष बैशाखमा गएको विनाशकारी भूकम्पपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको नकारात्मक हल्लाले नेपालको पर्यटन क्षेत्रमा असर प¥यो ।

paryatan

यथार्थमा कसैलाई जानकारी थिएन, तर पर्यटक मजदुरहरुसँगको प्रत्यक्ष अनुभव लिँदा पर्यटन क्षेत्र सुरक्षित भएको महसुस भयो । सगरमाथा हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोले क्षति पु¥याएपछि अन्तर्राष्ट्रिय जगतमा झन् नकरात्मक सन्देश पैmलियो । पर्यटन क्षेत्रलाई सुधार गर्न यथार्थ स्थलगत अनुगमन र रिपोर्टिङ हुन सकेन । त्यसैले पनि यो पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन अलि कठिन परेको तीतो यथार्थ हो ।पर्यटन व्यवसायीले राज्यसँगको सहकार्यमा सुरक्षित र व्यवस्थित गन्तव्य बनाउन पहल शुरु गर्नुपर्ने देखिन्छ । काठमाडौंमा बसेर एजेन्सी चलाउने र पर्यटक मजदुरकै भरमा व्यवसाय धान्नेहरुका लागि पनि अब चुनौती थपिएको पर्यटक गाइड मिङतेम्बा शेर्पाले भने । उनी पर्यटन क्षेत्रको सुधार र व्यवस्थापन नगरे पर्यटन क्षेत्र सुधार हुने सम्भावना नहुने जिकीर गर्छन् । यता मकालु हिमाल आरोहणका लागि आएका नुम–२ माङ्सिमाका पर्यटक गाइड सन्दीप गुरुङले भने, ‘सुरक्षित गन्तव्य भनेर राज्यले प्रमाणित गर्नुपर्छ, नत्र पर्यटक आउन र घुम्न अनकनाउँछन् । पर्यटन गन्तव्यको फिल्ड रिपोर्ट दिन हामी तयार छौं राज्य उत्तरदायी हुनु पर्छ । राजश्व मात्र सङ्ंकलन गर्नु राम्रो मानिन्न, हामीसँग सहयोग मागे सहयोग गर्न तयार छौं ।’ उनले थपे, ‘म १२ वर्षदेखि हिमाल आरोहण र पर्यटन गाइडको जिम्मेवारी लिएर काम गर्दैछु, अनुभव पक्कै हामीमा छ, सुरक्षित र असुरक्षित हामी रिपोर्ट दिनेछौं, तर राज्यले चासो देखाउनु पर्छ ।’नेपालको अर्थतन्त्र धान्नुमा पहिलो हिस्सा पर्यटन क्षेत्रनै हो ।

अव्यवस्थित पर्यटन क्षेत्र भूकम्पपछि झन् तहसनहस भएको छ । यथार्थभन्दा पनि हल्ला बढी भएको पाइन्छ । मिडियाले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्र ध्वस्त छ भनेर प्रचार ग¥यो । ‘यसलाई सुधार गर्नु जरुर छ’, सेभेन समिट ट्रेकिङ एजेन्सीका पर्यटक गाइड मिङतेम्बा शेर्पाले भने । उनी भूकम्पपछि पनि मकालु, गोरखा, सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र र थोरङपास लगायतमा पर्यटक लिएर गएको बताउँछन् । ‘सामान्य असर पुगेको हो, ट्रेकको लागि कुनै समस्या देखिनँ’, उनले फिल्डको अनुभव सुनाए ।मकालु आधारशिविर क्षेत्रमा भेटिएका हटिया–६ स्याक्सीलागोलाका पथप्रर्दशक गुरु भोटे, छेदर भोटे, छेण्डी भोटेको पनि अनुभव यस्तै छ । मकालु क्षेत्रमा कुनै पनि क्षति नभएको उनीहरु बताउँछन् । छ वर्षदेखि गोरखा एडभेन्चरबाट हेड कुकको जिम्मेवारी लिएर आएका ताप्लेजुङका निमाटासी शेर्पा विदेशी पर्यटक पनि फिल्डमा आएपछि क्षति नभएको भन्दै आश्चर्य मान्ने गरेका छन् ।

डिनर र लञ्च टाइममा कुरा गर्छ कुनै समस्या नभएको प्रतिक्रिया दिए उनले ।सात वर्षदेखि हेल्परमा काम गर्दैआएका ताप्लेजुङका छिरिङनुप्पु शेर्पा, सहायक गाइड (शेर्पा) भएर काम गर्दैआएका दोलखा खमौलीका प्रकाश गुरुङ भूकम्पअछि चारपटक मकालु हिमाल ट्रिप गरेको र पछिल्लो समयमा आउँदासमेत उस्तै देखेको अनुभव सुनाए । ‘हल्ला बढी रहेछ, हामी मजदुरले कुनै समस्या देखेका छैनौं । बाटो, पुल र क्याम्पहरु सुरक्षित नै छ’, सम्बन्धित निकाय चुप लाग्न नहुने उनीहरुले बताए ।सङ्खुवासभा(ब्लाष्ट) ताप्लेजुङबाट द ग्रेट हिमालय ट्रेलको यात्रा शुरु गरेका दोलखाका पर्यटन मजदुर वीरबहादुर तामाङसँग मकालु हिमालको आधार शिविर क्षेत्रको याङलेमा भेट भयो र पर्यटन क्षेत्रको विषयमा कुरा भयो । उनले भने, ‘पछिल्लो समय दुई महिनादेखि ट्रेकिङमै छु, पर्यटन क्षेत्र सुरक्षितनै देख्छु ।’ उनीसँगै रहेका अर्का दोलखाका सहयोगी पर्यटन मजदुर श्याम तामाङले थपे, ‘सात वर्ष भयो पर्यटन क्षेत्रमा काम गरेको, उस्तै देख्छु भूकम्पअघि र अहिले कुनै फरक देख्दिनँ ।’

tourist गत वर्ष बैशाखमा गएको विनाशकारी भूकम्पपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको नकारात्मक हल्लाले नेपालको पर्यटन क्षेत्रमा असर प¥यो । यथार्थमा कसैलाई जानकारी थिएन, तर पर्यटक मजदुरहरुसँगको प्रत्यक्ष अनुभव लिँदा पर्यटन क्षेत्र सुरक्षित भएको महसुस भयो । सगरमाथा हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोले क्षति पु¥याएपछि अन्तर्राष्ट्रिय जगतमा झन् नकरात्मक सन्देश पैmलियो । पर्यटन क्षेत्रलाई सुधार गर्न यथार्थ स्थलगत अनुगमन र रिपोर्टिङ हुन सकेन । त्यसैले पनि यो पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन अलि कठिन परेको तीतो यथार्थ हो ।पर्यटन व्यवसायीले राज्यसँगको सहकार्यमा सुरक्षित र व्यवस्थित गन्तव्य बनाउन पहल शुरु गर्नुपर्ने देखिन्छ । काठमाडौंमा बसेर एजेन्सी चलाउने र पर्यटक मजदुरकै भरमा व्यवसाय धान्नेहरुका लागि पनि अब चुनौती थपिएको पर्यटक गाइड मिङतेम्बा शेर्पाले भने । उनी पर्यटन क्षेत्रको सुधार र व्यवस्थापन नगरे पर्यटन क्षेत्र सुधार हुने सम्भावना नहुने जिकीर गर्छन् । यता मकालु हिमाल आरोहणका लागि आएका नुम–२ माङ्सिमाका पर्यटक गाइड सन्दीप गुरुङले भने, ‘सुरक्षित गन्तव्य भनेर राज्यले प्रमाणित गर्नुपर्छ, नत्र पर्यटक आउन र घुम्न अनकनाउँछन् । पर्यटन गन्तव्यको फिल्ड रिपोर्ट दिन हामी तयार छौं राज्य उत्तरदायी हुनु पर्छ । राजश्व मात्र सङ्ंकलन गर्नु राम्रो मानिन्न, हामीसँग सहयोग मागे सहयोग गर्न तयार छौं ।’ उनले थपे, ‘म १२ वर्षदेखि हिमाल आरोहण र पर्यटन गाइडको जिम्मेवारी लिएर काम गर्दैछु, अनुभव पक्कै हामीमा छ, सुरक्षित र असुरक्षित हामी रिपोर्ट दिनेछौं, तर राज्यले चासो देखाउनु पर्छ ।’नेपालको अर्थतन्त्र धान्नुमा पहिलो हिस्सा पर्यटन क्षेत्रनै हो ।

अव्यवस्थित पर्यटन क्षेत्र भूकम्पपछि झन् तहसनहस भएको छ । यथार्थभन्दा पनि हल्ला बढी भएको पाइन्छ । मिडियाले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्र ध्वस्त छ भनेर प्रचार ग¥यो । ‘यसलाई सुधार गर्नु जरुर छ’, सेभेन समिट ट्रेकिङ एजेन्सीका पर्यटक गाइड मिङतेम्बा शेर्पाले भने । उनी भूकम्पपछि पनि मकालु, गोरखा, सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र र थोरङपास लगायतमा पर्यटक लिएर गएको बताउँछन् । ‘सामान्य असर पुगेको हो, ट्रेकको लागि कुनै समस्या देखिनँ’, उनले फिल्डको अनुभव सुनाए ।मकालु आधारशिविर क्षेत्रमा भेटिएका हटिया–६ स्याक्सीलागोलाका पथप्रर्दशक गुरु भोटे, छेदर भोटे, छेण्डी भोटेको पनि अनुभव यस्तै छ । मकालु क्षेत्रमा कुनै पनि क्षति नभएको उनीहरु बताउँछन् । छ वर्षदेखि गोरखा एडभेन्चरबाट हेड कुकको जिम्मेवारी लिएर आएका ताप्लेजुङका निमाटासी शेर्पा विदेशी पर्यटक पनि फिल्डमा आएपछि क्षति नभएको भन्दै आश्चर्य मान्ने गरेका छन् । डिनर र लञ्च टाइममा कुरा गर्छ कुनै समस्या नभएको प्रतिक्रिया दिए उनले ।सात वर्षदेखि हेल्परमा काम गर्दैआएका ताप्लेजुङका छिरिङनुप्पु शेर्पा, सहायक गाइड (शेर्पा) भएर काम गर्दैआएका दोलखा खमौलीका प्रकाश गुरुङ भूकम्पअछि चारपटक मकालु हिमाल ट्रिप गरेको र पछिल्लो समयमा आउँदासमेत उस्तै देखेको अनुभव सुनाए । ‘हल्ला बढी रहेछ, हामी मजदुरले कुनै समस्या देखेका छैनौं । बाटो, पुल र क्याम्पहरु सुरक्षित नै छ’, सम्बन्धित निकाय चुप लाग्न नहुने उनीहरुले बताए ।