विराटनगर रंगेलीको व्यापारिक घरनामा जन्मिएका जगदिशप्रसाद अग्रवाल नेपालका परिचित डाक्टर हुन् । २६ वर्षदेखि त्रिभुवन विश्वविद्यालको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा कार्यरत प्रा. अग्रवाल हाल राष्ट्रिय चिकित्सा शिक्षा शास्त्र अध्ययन केन्द्रको कार्यकारी निर्देशक छन् । नेपालको चिकित्सा शिक्षा समय सापेक्ष सुधार हुनु आवश्यक छ भन्ने मान्यता राख्ने चिकित्सा शिक्षाविद् डा. अग्रवालसंग ईश्वरी पौडेलले  गरेको कुराकानीको अंश :

व्यापारिक घरनाको jp-agrawalव्यक्ति मेडिकल क्षेत्रमा कसरी लाग्नु भयो ?

प्रष्ट भन्नुपर्दा डाक्टर बन्ने त्यस्तो कुनै खास कारण र उद्देश्य थिएन । हाम्रो गाँउबाट एसएलसीमा प्रथम श्रेणीमा पास हुने निकै कम हुन्थे । प्रथम श्रेणीमा पास हुँदा केहि न केहि भएजस्तो हुन्थ्यो । हाम्रो पालामा म पनि प्रथम श्रेणीमा पास भए, गाँउमा ठुलै हल्ला खल्ला भयो । टोलटोलमा मलाई  डाक्टर वनाउनु पर्दछ भन्ने चर्चा चल्न थाल्यो । गाँउलेले बुवालाई भन्न थाले । बुवाले पनि मेरो ईच्छा र चाहना भए पढ्न नरोक्ने अन्यथा पसल  सम्हाल्छ भन्न थाल्नु भयो । समाजमा डाक्टरको राम्रै प्रतिष्ठा भएको र सबैको डाक्टर बन्नुपर्छ भन्ने चाहना रहेकाले नै यतातर्फ ध्यान मोडिएको हो । खासमा डाक्टर बन्ने कुनै प्रष्ट योजना र लक्ष्य थिएन तैपनी उच्च शिक्षामा जीवविज्ञान लिएर पढ्नाले पनि थप सहजता ल्यायो ।

तपाईको अनुभवमा चिकित्सा शास्त्र अध्ययन संस्थानले कस्ता कस्ता अरोह अवरोह झेल्दै आएको छ ?

धेरै पक्षवाट हेर्दा २५ वर्षमा आईओएम ले धेरै ठुलो फड्को मारेको छ । नेपालको चिकित्सा शिक्षामा सवैभन्दा पहिलो  पोष्ट ग्रयाजुएशन डिग्रिको सुरुवात आईओएमले नै गरेको हो । अझ भन्ने हो भने त्यतीबेला नेपालमा आईओएमले मात्रै चिकित्सक उत्पादन गर्ने गथ्र्यो । समयको गतिसंगै वीर अस्पतालले पनि पोष्ट ग्रयाजुएसन सुरुवात गर्यो त्यसको पनि डिग्रि दिने काम आईओएमले नै गर्दथ्यो । तत्कालिन समयमा आइओएमको गुणस्तर पनि राम्रै थियो र एकाखालको सिष्टम बनिसकेको थियो ।
दोश्रो कुरा शिक्षण अस्पतालमा देश भरीबाट बिरामी आउने भएकाले एकातर्फ बिरामीको चाप र अर्को तिर विद्यार्थीलाई राम्रो एक्स्पोजर हुने भएकाले धेरै नै राम्रो थियो । पूर्वाधार निर्माणमा आईओएमले ठुलै फड्को मारेको भएपनि अहिलेसम्म चुनौती नै छ किनभने अहिलेको कक्षाकोठा भनेको ३० जना विद्यार्थीको लागी हो । अहिले ७५ जना विद्यार्थी हँदापनि त्यसैले काम चलाउनु परेको छ । पहिले अस्पताल २÷३ सय शैयाको थियो अहिले ६ सय सम्म पुगेको छ । धेरै विकास भएको छ तर पुरा भएको छैन ।

 नेपालको चिकित्सा शिक्षाको विकासको सन्र्दभमा चिकित्सा शास्त्र अध्ययन संस्थानको योगदान जस्तो त कसैको पनि छैन । हेल्थ असिस्टेन्टबाट  स्वास्थ्यकर्मी उत्पादन गर्न सुरुवात गरेको आईओएमको यात्रा एमविविएस, एमडि÷एमएस र पछिल्लो ५/६ वर्षदेखि डिएम/एमसिएच सुरुवात भएको छ । यि तहगत बिस्तार, भौतिक पूर्वाधारको निर्माण तथा राष्ट्रिय अन्तराष्ट्रिय छवीको कारण यसले ठुलै फडको मारेको छ ।

 अर्कोतर्फ खुल्ला अर्थतन्त्रको बिस्तारसंगै मुलुकमा निजी क्षेत्रवाट पनि चिकित्सा शिक्षा सञ्चालनको सुरुवात भयो । छोटो अवधीमा नै धेरै चिकित्सा शिक्षा अध्ययन गराउने प्रतिष्ठानहरु खुले । त्यसमा पनि आईओएमको ठुलो भुमिका छ । नेपालका मेडिकल कलेजहरुमा आधा जती त आईओएमबाटै सम्बन्धन प्राप्त छन् । निजी मेडिकल कलेजको विकाससंगसंगै चिकित्सा शिक्षा आईओमएममा मात्रै सिमति रहेन । पछिल्ला केहि वर्षदेखि गुणस्तरको सुनिश्चितता नभएको हो कि ? भन्ने अनुभव भएको छ । अर्थात नेपालको मेडिकल शिक्षामा केहि सुधार आवश्यक भएको छ भन्ने अनुभुत चिकित्सा शिक्षामा लागेका जो कसैले पनि सहजै अनुभव गर्दै आएको कुरा हो ।

 पछिल्लो समय संख्यात्मक रुपमा मेडिकल कलेजहरु बढे तर दिनप्रतिदिन गुणस्तर भने खस्किँदै गएको छ भन्ने आरोप छ । यसमा तपाईको धारणा के छ ?

हामिकहाँ आवश्यक पर्ने स्वास्थ्यकर्मीहरुको संख्या आधा पनि छैन । यो अवस्था हाम्रोमा मात्रै नभै दक्षिण एसियामा नै व्याप्त छ । यो अवस्थालाई दृष्टिगत गर्दै सन २००६ मा भएको ढाका सम्मलेनमा जसरी पनि आवश्यक जनशक्ति उत्पादन गर्ने घोषणा भयो । त्यसपछि आएका घेरै डकुमेन्टहरुले मुलत तिन कुराहरुलाई प्रथामिकता दिएको देखिन्छ । एक स्वास्थ्य जनशक्तिको संख्यात्मक वृद्धि अनिवार्य छ । दोश्रो हो गुणस्तर । तेश्रो भनेको शिक्षाको सान्र्दभिकता हो । पछिल्लो समय चिकित्सा शिक्षाको गुणस्तर र सान्र्दभिकतालाई भन्दा संख्यात्मक वृद्धिलाई जोड दिइएको छ । पछिल्लो सयम विकास भएका मेडिकल कलेज र त्यसबाट उत्पादन हुने जनशक्तिमा गुणस्तर नै नभएको भन्न मिल्दैन । तर २१ औ शताब्दिमा चिकित्सा शिक्षामा आएका नयाँ÷नयाँ आयामहरुलाई हेर्दा हामिले चिकित्सा शिक्षाको पाठ्यक्रममा धेरै नै सुधार गर्नुपर्छ ।

अहिले चिकित्सा पेशाप्रति नै गम्भिर प्रश्न उब्जिएका छन् । नक्कली डाक्टर र खस्कदो सेवाले यो क्षेत्र नै बदनाम हुने अवस्थामा पुगेको छ, यसबारे तपाई के भन्नुहुन्छ ?

हो, अहिले बिभिन्न कारणले चिकित्सा पेशामा आशंका उत्पन्न भएका छन् । क्षमता र योग्यता नभएकाले पनि डाक्टरी पढ्न थालेपछि यस्तो अवस्था आएको हो । यसलाई रोक्न सक्नुपर्छ । हामीले लड्दै आएको लडाई पनि यसै विषयमा हो । व्यक्तिगत तवरमा होस् वा संस्थागत नै किन नहोस् मेरो लडाई चिकित्सा शिक्षाको गुणस्तर सुधारमा नै केन्द्रित छ । सार्वजनिक सञ्चारका साधन मार्फत् होस वा व्यक्तिगत छलफलमा मैले उठाउने कुरा भनेको नै ‘अहिलेको चिकित्सा शिक्षा के साच्चिकै सान्र्दभिक छ ?’ भन्ने नै हो । शिक्षाको रिफलेक्सन सेवामा पर्छ । पैसा कमाउन वा बिभिन्न कारणले जसरी पनि डाक्टर बन्नु पर्छ मान्यता बिकास हुनलागेको छ । यो डरलाग्दो कुरा हो । यो त सेवा गर्छु भन्ने अठोट र त्यसका लागि सबै कुराले योग्य व्यक्तिले मात्र पढ्नु पर्ने विषय हो । शिक्षा मात्र नभएर सेवा पनि खस्किदो छ ।

मेरो बिचारमा यो अवस्थाको सृजना हुनुमा मुलत ६ कारण जिम्मेवार देखिन्छन्:
पहिलो, डाक्टर र बिरामी बिचको ‘कम्युनिकेसन ग्याप’ हो । किन ग्याप ? डाक्टरहरुलाई कम्युनिकेट गर्न नै आँउदैन । किन आँउदैन ? त्यो बारेमा पठनपाठन नै हुँदैन । यो आइओएमले सन् २००८ देखि पाठ्याक्रममा नै राखेका छौ । यसलाई अरुले पनि समेट्नु पर्यो । बिरामीले बुझ्न चाहेको र बुझाउनु पर्ने कुरा उसले बुझ्ने गरी सम्झाउन सक्नुपर्छ ।

 दोश्रो हो, कानुनको अभाव । देशमा झगडा गरेर केहि प्राप्ती गर्न सकिन्छ भन्ने मानसिकता राम्रोसंग स्थापित भएकाले पनि यो अवस्थाको सृजना भएको हो ।
तश्रो हो, अस्पतालको सेवा सुविधा । अस्पताल त खुलेका छन् तर ति अस्पताल सुविधा सम्पन्न छन्÷छैनन् ? भन्ने कुराले पनि धेरै समस्या सृजना गर्छ । जबसम्म अस्पतालमा आवश्यक प्रविधी र पूर्वाधार उपलब्ध हुँदैन तबसम्म एक्लो डाक्टरले गुणस्तरिय सेवा प्रवाह गर्न सक्दैन ।  अध्याधुनिक प्रविधी, आवश्यक पूर्वाधार, निपूर्ण जनशक्ति र चुस्त व्यवस्थापनको दृष्टिकोण भएको निपूर्ण अस्पतालमा खास समस्या आँउदैन । डाक्टरले बिरामीको आर्थिक र सामाजीक पक्ष बुझेर उपचार गर्न सक्नुपर्छ ।

 चौथो, डाक्टरहरुको अज्ञानता तथा आत्मविश्वास एवं निपूर्णताको अभाव हो । जसलाई मैले सधै प्रमुख रुपमा उठ्याईरहेको छु ।  यहि आएर नै चिकित्सा शिक्षामा सवैभन्दा ठुलो समस्या अडेको छ । कोही व्यक्ति निपूर्ण छ ÷छैन भन्नको लागि विश्वविद्यालयको परीक्षा त छ  । तर त्यो कस्तो र त्यहाँ कसरी परीक्षा हुन्छ भन्ने कुरा सबैले बुझेकै कुरा हो । अर्को परीक्षा हो, नेपाल मेडिकल काउन्सिलले लिने । जसमा केवल ज्ञानको मात्रै जाँच लिईन्छ, सिपको लिने प्रवन्ध छैन । चिकित्सा शिक्षाको पाठ्यक्रम भनेको सिपमा आधारित हो । कुनै चिकित्सकसँग कति ज्ञान छ भन्दा पनि सिपमा निपूर्ण छ÷छैन भन्ने कुराले महत्व राख्छ । यसको अर्थ ज्ञानको कुनै स्थान नै छैन भन्ने होईन । चिकित्सकले पढ्ने बेलामा कस्तो कलेजमा पढ्यो, सबै पाठ्यक्रम पढ्यो कि पढेन ? पढ्ने समयमा बिरामीको चाप कस्तो थियो ? प्रयोगात्मक शिक्षा हासिल गर्यो कि गरेन ? भन्ने कुराले खास अर्थ राख्छ ।

 पाँचौ कुरा हो, अहिले सबैको अपेक्षाहरु बढेका छन् । जनचेतना बढेको छ । बढ्दो अपेक्षा र जनचेतना अनुसारको स्वास्थ्य सेवा प्रवाह हुन सकेको छैन अर्थात चिकित्सा शिक्षा र सेवालाई आम जनताको अपेक्षासंग जोड्न सकेको छैनौं । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको मुख्य कारण गुणस्तर भएपनि सबै कारण गुणस्तर मात्र भने होईन ।

 छैठौं, मेडिकल शिक्षा । योग्यता नभए पनि डाक्टरी पढ्ने बढ्न थाले । एसएलसी वा प्लसटुको प्रमाणपत्र नक्कली बनाएरै भएपनि डाक्टर बन्नु पर्छ मान्यता बढ्दै गयो । यो समाजका लागि घातक पक्ष हो । पढेर काउन्सिलको दर्ता परीक्षा पास गर्न पनि भाडामा मानिस खोजेर परीक्षा दिन लगाएका घटना सार्वजनिक भए । यस्ता बिकृती रोक्नै पर्छ । विदेश पढ्न जान नेपालमा कुनै एक निकायको प्रवेश परीक्षा पास हुनुपर्ने व्यवस्थाले अब यस्ता बिकृती कम हुँदै जानेछन् । नियम लागू गर्न डराउनु भएन ।

नेपाल सरकारको छात्रवृतीमा अध्ययन गर्ने, सरकारी जागिर खाने तर निजी मेडिकल कलेजको वकालत गर्दै हिड्ने प्रध्यापकहरु छन्, यो कत्तिको ठिक होला ?

यदि यस्तो छ भने त्यो गलत हो, त्यसलाई रोक्नुपर्छ । त्यस्तो अवस्थालाई सुशासनमा मात्रै रोक्न सकिन्छ । सुशासन नहुँदा रोक्नै मिल्दैन र हुँदैन भन्ने होईन । गलत कुरालाई रोक्न निरन्तर प्रयास भने जरुरी हुन्छ । वेथिती र विकृती नियन्त्रण गर्ने निकायमा बसेका पदाधिकारी यी कुराहरुमा सधैं सचेत र सजग रहनुपर्छ ।

अन्तमा नेपालको स्वास्थ्य शिक्षाको सुधारको लागि लडिरहेको हैसियतमा स्वास्थ्य सेवावाट वञ्चित नेपालीलाई कहिलेसम्म गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध हुन्छ भन्न सक्नुहुन्छ ?

लडन थालेको पनि वर्षौ भईसक्यो । पछिल्लो समय जिल्लासंगको सहकार्यलाई बढाउनु पर्दछ, बाहिर जिल्लामा मेडिकल कलेज खोलिनुपर्छ र स्वास्थ्य सेवामा जनताको पहँुचलाई सहज बनाउनु पर्दछ भन्ने अवधारणाको विकास भएको छ । यदी त्यो अवधारणा जीवित रहेमा, त्यसमा कुनै वाधा व्यवधान आएन, नेपाल सरकारले आप्mना जिल्ला अस्पतालहरुलाई समय सापेक्ष स्तरोन्नती गर्न सक्यो र निजी मेडिकल कलेजहरुले पनि आप्mनो सामाजिक उत्तरदायित्व पुरा गर्न चाहेको खण्डमा मलाई लाग्छ हामी नेपालीले दक्षिण एसियामा सवैभन्दा राम्रो सेवा पाउन सक्छौ । समयकै हिसावले कुरा गर्ने हो भने इमान्दार तरिकाले काम गर्दा ५ वर्ष भित्रमा नै कायपलट गर्न सकिन्छ भन्ने लाग्छ ।स्वास्थ्य खबरबाट