धरान /  धरान उपमहानगरपालिका –४ स्थित मुनुवाटारमा एक बेवारिसे वृद्ध फेला परेका छन् ।  दशैको टिकाको भोली पल्ट स्थानीय खारखोलाको शिरमा रहेको भीरको छेउमा सुतिरहेको अवस्थामा स्थानीय कृष्ण राईले फेला पारेका थिए । दशैको बेला लुगलुग कामदै बर्को ओडेर सुतेको अवस्थामा उनको उद्धार गरिएको थियो । बोल्न नसक्ने काम पनि नसुन्ने, बोले पनि नबुझिने ६०/६५ बर्षका ती वृद्धको नाम ठेगाना खुल्न सकेको छैन् ।  उनी खान नपाएर अशक्त भएको अवस्थामा फेला परेको ४ नं. वडाका वडा सदस्य धनबहादुर राईले जानकारी दिए । उनीको परिवारको खोजीका लागि प्रहरी चौकी देउराली, इलाका प्रहरी कार्यलय धरानमा खवर गरेको उनले बताए । दशैको बेला बेवारिसे भेटिएका वृद्धलाई ४ नं. वडा कार्यालयको अनुरोधमा मंगलबारसम्म कृष्ण राईको घरमा राखिदिन अनुरोध गरेको वडा सदस्य राईले बताए । राइले ३ दिनदेखि ती वृद्धकाे स्वाहार गर्दै अाएका छन् । उनको परिवार सम्पर्कमा नआए वृद्धाश्रममा राख्ने तयारी गरिएको राईले बताए । कोही आफन्त भए देउराली प्रहरी चौकी पाचकन्या वा ४ नं. वडा समितिको कार्यलयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।