धरान । हास्य जनरामा निर्मित खजुरे ब्रोको प्रिमियर शो बुधबार धरानको फ्रेन्ड्ससिनेमा हुने भएको छ ।

सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै कलाकार टोलीले जानकारी दिएको छ । खजुरे ब्रो धरानवासी हुन् । उनको वास्तविक नाम भने अनिल सिंह हो ।

कलाकार दीपचन्द्र राई कान्छीका अनुसार धरानका व्यक्तित्व खजुरेको विषयमा आधाारित रहेर फिल्म निर्माण गरिएको हो । फिल्मलाई सुरज सुनुवारले निर्देशन गरेका हुन् । 

करिब २ करोडको लगानीमा निर्माण गरिएको हो । फिल्ममा धरान कलाकार प्रेम सुब्बा, रमेश राई, सतिस राई, पवन लिम्बू, बवित गुरुङ, पबी राई, सुजता राई लगायत छन् ।

वैशाख २८ गतेदेखि देशभर रिलिज हुँदै छ । फिल्ममा मुख्य कलाकार भने नीती साह, रियल राई, नवीन मानन्धर, महेस त्रिपाठी, प्रकाश भुजेल, बिनिता थापा मगर, सुस्मा निराैला, पुष्पा कार्की, शान तामाङ, मनिष राउत रहेका छन्।