श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख २५ गते मङ्गलबार, ७ मे २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्णपक्षको चतुर्दशी तिथि ११ः५५ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र अश्विनी १५ः४४ बजेसम्म, उप्रान्त   भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः१९ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
घरखर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला । साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत गर्दा सजिलै काम बन्नेछ र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । भौतिक साधन सजिलै जुट्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । अर्थ अभाव देखापर्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सरसापट वा ऋण लिनुपर्ने हुनसक्छ । सोखले फजुल खर्च बढाउनेछ । नयाँ काम गर्ने वातावरण बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएको काम पनि सम्पादन हुनेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । कर्मयोगले नाम, दाम दिलाउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरले पछ्याउनेछ भने दिगो काममा जग बसाउने मौका छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका कामबाट पनि मनग्य लाभ हुनेछ । उठ्नुपर्ने रकम प्राप्त हुनेछ । पेसा–व्यवसायबाट फाइदा हुनेछ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय, धन र बुद्धि खर्चनुपर्ने समय छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशेष योजना सार्वजनिक नगर्नुहोला । साँझतिर स्थितिमा सुधार आउनेछ । रोकिएको काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला।