नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृत्य निर्देशक मणिकुमार लिम्बू सर्बसम्मत चयन भएका छन् ।

सुनसरी जिल्लामा रहेर नृत्य निर्देशनको क्षेत्रमा  क्रियाशील नृत्य निर्देशकहरुको शनिबार धरान-१५ महादेव चौक स्थित मनास्लु डान्स सेन्टरमा भएको भेलाले निर्देशक लिम्बूलाई अध्यक्षमा चयन गरेको हो।

उक्त भेलाबाट उपाध्यक्षद्वय सानुराजा थेगिम, लक्ष्मी समाल मगर, सचिवमा तुलसी घिमिरे, सहसचिवमा रीमा थापा मगर, कोषाध्यक्षमा सुरेश राई चयन भएका छन् । भने सदस्यहरुमा क्रमशः पवन तामाङ, सागर राई, सुरज तामाङ, प्रविण भुजेल, प्रेम चौधरी, शंकर तमाङ चयन भएका छन् । 

nirtya (2)

नृत्य निर्देशक संघ नेपाल, कोशी प्रदेशको उपाध्यक्ष ईश्वरी सिग्देलको प्रमुख आतिथ्य, देवराज खड्काको विशेष आतिथ्यमा भएको उक्त कार्यक्रममा धरान नृत्य कला प्रतिष्ठानकी अध्यक्ष नन्दा राई, सचिव सन्तोष तामाङ, गायक तथा कलाकार रोशन राई,  गरिमा डान्स सेन्टर धरानकी सदस्य मन्जु राईलगायतको आतिथ्य रहेकोे थियो।